पौरखी राजकुमार

Read Time:6 Minute, 51 Second

-कमल चौधरी  / बुटवल

समाजमा आफुलाई स्थापित बनाउने काम गाह्रै हो । अपाङगको कुरा गर्ने हो भने, त झनै कठिन हुन्छ । यस्ता सबै कुरा आफ्नो पक्षमा नभए पनि सफलता चुम्न आफैमा गर्वको कुरा हो । यस्तै गर्विलो व्यक्ति बनेका छन् सिक्टहन–८ कदमिपुरका रामकुमार चौधरी । अपाङ्ग  भए पनि उनले सपाङगलाई एकचोटी सोच्न बाध्य बनाएका छन् । २०२६ सालमा बाबु चिनक थारु र आमा वनिया थारुको कोखबाट जन्मिएका उनी सफल व्यवसायीका रुपमा चिनिन्छन् । उनको यो सफलता प्राप्त गर्नु अघि जीवनका भोगाईहरु धेरै नै कष्टप्रद रहेको उनी बताउँछन् । ‘हाम्रो समाजमा मानिसहरु विभिन्न तरिकाले हेपिएका हुन्छन् । कि त जातिको रुपमा, कि त शारीरिक रुपमा, कि लिंगको रुपमा’ उनले भने,‘ अपाङ्ग भएकै कारण म समाजबाट हेपिएको थिएँ । आज समयले कोल्टे फेरेको छ ।’ साँच्चै यतिबेलो उनी कसैको बोझ नभएर आफ्नै पौरखमा बाँचेका छन् ।

  जन्मदै अपाङग रामकुमार चौधरी सानोमा पाहुना घरमा आउँदा लुकेर बस्थे  । बताउन्छन् । जब उनलाई दाजुले छोट्की रामनगर मावि. नारायणपुरमा लगे । त्यतिखेर उनको खुट्टा देखेर सबै स्कुलका विद्यार्थीहरुले होच्याएको उनी सम्झन्छन् ।  ‘म आफू मात्रै अपाङग रहेछु जस्तो लाग्थ्यो । अपाङग भएर अरुको भरमा बाच्नु पर्ने म पृथ्वीको बोझ भएछु जस्तो लाग्थ्यो’ उनी आफ्नो तितो अनुभव सुनाउदै भन्छन् । दिदी गोलिया थारुको प्रेरणा, सहयोग र मद्दतले रामकुमार विद्यालय जान र आउन थाले ।  बिस्तारै बिस्तारै पढाईतिर ध्यान दिए । विसं. २०४० सालमा जिल्लास्तरीय परिक्षा जिल्ला प्रथम भएपछि ठूलो सफलता मिलेको अनुभव उनले गरेका थिए त्यति बेला । यसले पढाई प्रतिको रुचि झनै बढेको महसुस गरे उनले । यही चाहना र साथीहरुको प्रेरणाले उनी आदर्श मा.वि. नवलपरासी विद्यालयमा भर्ना भए । तर आथिर्क, शारिरिक आदि विविध् कारणले गर्दा उनको शिक्षा एसएलसीमै खुम्चियो ।  

वि.सं. २०४४ साल घर छोडी भारत गएको १६ वर्षसम्म एउटा कपडा कम्पनीमा नै काम गरी बिताए । यता घरमा उनका चार भाई मध्ये तीन भाई नै अपाङग थिए । उनका सपाङग दाजुले उनीहरुलाई सहयोग गर्नुको सट्टा अपाङग भएकै कारण हेलाको दृष्टिले छुट्याइदिए । भारतमा दुःख गर्न नसकेपछि उनी फर्किए । वि.सं. २०६० सालमा परिवर्तनको लागि कार्यक्रममा सहभागी भएर पाएको सकारात्मक सोचले उनको जीवनमा नयाँ मोड लियो ।  ‘मेरो सोचाई पृथ्वीको बोझ मात्रै हुँ जस्तो लाग्थ्यो । म केही गर्न सक्दैन जस्तो लाग्थ्यो तर त्यस कार्यक्रममा सहभागी भए पछि धेरै अन्य म जस्तै साथीहरुसँग परिचय गर्ने मौका पाए’ उनी भन्छन्, ‘त्यसले पनि ममा एक किसिमको मानिसक, बौद्धिक र शरीरिक रुपमा आफुलाई बलियो भएको पाए । र आफु जस्तै साथीहरुको निम्ति केही गर्नु पर्छ भन्ने सेवा भाव मनमा पलायो ।’

आफू जस्ताको पीर आफैलाई थाहा हुन्छ र त्यसको समाधान पनि आफैले नै खोज्नु पर्छ भन्ने असफल विचार बोकेका चौधरीले वि.सं. २०६६ सालमा अपाङग एकीकृत विकास केन्द्रको स्थापना गरे । सो संस्थाले अपाङगलाई सी.वि.आर जानकारी गर्ने, अपाङग सम्बन्धी तालिम दिने, अपाङगहरुको परिचय पत्र बनाइदिने, विभिन्न संघ संस्थास“ग सहकार्य गरी अपाङगहरुलाई उनहिरुको आवश्यकता अनुसार चाहिने सामाग्री जस्तै ह्वलचियर, ट्रइसाइकल, छडी, कृतिम हात खुट्टा, नयाँ जीवनको लागि हातेमालो गरी उपलब्ध गराउनु कार्य गरेको बताए । यसरी उनको अग्रसरतामा गाउँका महिलाहरुलाई संगठित गराएर सम्झना महिला समूह गठन गरेको र युवाहरुलाई संगठित गरेर बौद्ध क्लब स्थापना गरेको बताए । उनले युवा क्लब र महिला समूहको नाममा गाउ“मा दुई पोखरीमा माछा पालन गरेर व्यवसाय गर्ने गरेको बताए ।  

यसबाट भएको आम्दानीले थारु पूजाआज गर्ने विवाहको सरसमान किन्ने र सामाजिक कार्यमा आवश्यक सामान तथा पूर्वाधारहरुको निर्माणमा सहयोग गर्ने गरेको उनले बताए । यसरी अपाङग भएर पनि एक उदाहरणीय काम गरेका रामकुमार चौधरीले आङ्खनो सम्पूर्ण जीवन नै समाजिक कार्यमा नै लगाएर सफल जीवन व्यतित गरेका छन् । उनी भन्छन् – ‘मानिस ठूलो उसको कामले हुन्छ न कि उसको शरिरिक बनावटले’ ।  

त्यसकारण उनले जीवनमा सकारात्मक सोचका साथ संघर्ष गर्नुपर्छ भन्छन् । उनी एकीकृत विकास केन्द्र रुपन्देहीका उपाध्यक्षको पद समेत समलिसकेका छन् । उनी आफु पनि माछा पालन गर्दछन् र यसबाट वार्षिक १ लाख सम्म आम्दानी हुने गरेको उनी बताउछन् । त्यस्तै कुखुरा पालनबाट मासिक ३० देखि ३५ हजार आम्दानी भएको चौधरीले बताए । उनले आङ्खना भाई माधव चौधरीलाई कुखुरा पालन गर्ने र मासु काट्ने जिम्मेवारी दिएका छन् । यसको साथै उनले आठ कठ्ठामा तरकारी खेती समेत गरेका छन् । यसरी उनले एक सफल उद्यमीका साथै आङ्खनो जीवन पहिला भन्दा सम्मानित र सफल भएको कुरा हसिलो अनुहारमा व्यक्त गर्दछन् ।

(कमल  अर्धसाप्ताहिक संघीय एक्सप्रेस बुटवलका कलमबिर हुन् )

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %