मगर महिलाले भेला गरे सबै मगर सभाषदलाइ एकैठाउं

Read Time:5 Minute, 38 Second

दिपा आलेमगर  

काठमाडौं , चैत्र १८ – नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले पहिचानको मुद्धा दलीय मुद्धा नभएर आवाज विहिनको मुद्धा भएको बताए ।  

 नेपाल मगर महिला संघ केन्द्रिय समितिले आज आयोजना गरेको नव निर्वाचित संविधान सभा सदस्यहरुलाई बधाई तथा नयां संविधानमा महिलाहरुको अधिकार सुनिश्चितताका लागि सभासदहरुसंग अन्तरक्रिया कार्यक्रमा बोल्दै उनिहरूले  यस्तो कुरामा जोड दिएको हो ।

उनले  पहिचान सहितको अधिकार प्राप्त गर्न जुनसुकै पार्टी आबद्ध भए पनि पहिचानको मुद्धा एकजुट भएर अगाडि बढ्नु पर्ने धारणा राखे । राज्यदेखि पछाडि पारिएका, अधिकार देखि बञ्चित गराईएका र आवाज विहिन गराईएका पीडित समुदायको अधिकारलाई स्थापित गर्न पहिचानको मुद्धा अबको संविधान सभा लेखिनु पर्ने बताए ।

मगर समुदायको हकअधिकार स्थापित गर्नकालागि संयुक्तमगर मञ्च एकजुट भई घोषित नीतिहरु तय गरेको बताउंदै अध्यक्ष थापामगरले त्यसलाई कार्यान्वयन गर्न पहल भइरहेको बताए । मगर समुदायको अधिकारलाई स्थापित गर्न विभिन्न पार्टीमा भएका मगर सभासदहरु गम्भीर हुनु पर्ने उनको भनाई थियो ।

सभासदसंग गरिएको अन्तरक्रियामा विभिन्न पार्टीका मगर सभासदहरु नेपाली कांग्रेसका विन्दा आलेमगर, नेकपा एमालेका लिलामगर, एकिकृत नेकपा माओवादीका सिर्जना तारमु मगरलगायतले आ आफ्नो पार्टीले मगर समुदायको पहिचानकोलागि सक्दो पहल गर्ने र पहल गर्न आफूहरुले दवाव दिने बताएका थिए । त्यसैगरी नेपाल मगर संघ पूर्व अध्यक्ष क्याप्टेन एम बहादुर बुढाथोकीमगर, नेपाल मगर महिला संघका संस्थापक अध्यक्ष बम कुमारी बुढामगर, राष्ट्रिय महिला आदिबासी जनजाति महासंघका अध्यक्ष शान्ति जिरेल लगायतले मगर समुदायको पहिचान, भेषभुषा, कलासंस्कति, भाषाको संरक्षण र संविधानमा लेखिनु पर्ने बताएका थिए ।  

  नयां संविधानमा महिलाहरुको अधिकार सुनिश्चितताका लागि सभासदहरुको भुमिका विषयक कार्यपत्र अधिवक्ता इन्द्रा श्रीषमगरले पेस गरेका थिए भने कार्यपत्रमाथि टिप्पणी जनमुक्ति पार्टीका सभासद एवं नेपाल मगर संघका पूर्व महासचिव शिवलाल थापामगरले गरेका थिए । सभासद शिवलाल थापामगरले कार्यपत्रमाथि टिप्पणी गर्दै मगर समुदायको पहिचानकोलागि विभिन्न पार्टीमा रहेका मगर समुदाय एक जुट भएको बताए । उन भने समुदायको पहिचान र अस्त्तिवकोलागि जुनसुकै पार्टीमा भएपनि सदनमा निर्णय गर्दा एकजुट हुनुपर्छ होइन भने मगर समुदाय राज्यसत्तामा कहिल्यै पुग्न सक्दैन । उनले सम्म राज्यसत्तामा पुग्न सकिदैन तबसम्म पछाडि परेका समुदायको अधिकार सुनिश्चित हुंदैन । राज्यको हरेक निकायमा पहुंच बनाउनकोलागि राज्यसत्तामा पुग्न आवश्यक रहेको उनको धारणा थियो ।

संघका अध्यक्ष गंगा खासुमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर समुदायबाट सभासद भएका २१ जना सभासद मध्ये ११ जना मगर सभासदलाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण महासचिव हिरु रानामगर र स्वागत मन्तब्य अठारमगरात उपाध्यक्ष श्रीत्रिपला बुढामगरले गरेका थिए ।११ बुंदे घोषणा पत्र समेत जारी गरेको छ ।

घोषणा पत्र यस पत्रकार रहेको छ :

राज्यको हरेक नीति निर्माणमा जातीय पहिचान सहित जनसंख्याको आधारमा प्रतिनित्वि सुनिश्चत गर्नु पर्ने ।

मगर महिलाको प्राकृतिक स्रोतमाथिको अधिकार सुनिश्चित गर्नु पर्ने ।

लखन थापामगरलाई प्रथम सहित घोषणा गरिनु पर्ने ।

मगर महिलाको परम्परागत समानताको आधारमा पैतृक सम्पत्ति माथिको अधिकार सुनिश्चित हुनु पर्ने ।

मगर महिलामा हुने जातीय तथा सबै प्रकार लैंगिक हिंसाको अन्त्य हुनु पर्ने ।

मगर महिलाको मातृभाषामा शिक्षा तथा सुचनाको अधिकार सुनिश्चित हुनु पर्ने ।

आत्मनिर्णयको अधिकार सहित मगरात्त स्वायत प्रदेश घोषणा गर्नु पर्ने लगायतको ११ बुंदे घोषणा पत्र जारी गरिएको थियो । 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %