महेन्द्र था पामगर /दोहा
कतार , २८ मार्च २०१४ – “आजको थोपा थोपा वचत—सुनौलो भविष्यको बलियो आधार” भन्ने मुल नाराको साथमा नेपाल प्रवासी मगर संघ, दोहा कतारको मातहतम रहेको नेपाल प्रवासी मगर वचत कोष, कतारले २०१४ मार्च २८ शुक्रवारका दिन दोहा स्थित होमल्याण्ड रेष्टुरेन्टमा कोषका अध्यक्ष लिलम्वर चिदिमगरको अध्यक्षता, नेपाल प्रवासी मगर संघ, दोहा कतार (केन्द्रिय समिति)का अध्यक्ष शरण थापामगरको प्रमुख आतिथ्यमा तथा कतार वासी मगरहरुको वाङ(राजा) केशव रानामगर, नेपाल प्रवासी मगर संघ, दोहा कतार(केन्द्रिय समिति) का प्रमुख सल्लाहकार भिम तरामुमगर विशेष आतिथ्यमा र कोषका सचिव महेन्द्र थापामगरको सञ्चालनमा मगर वचत कोषको परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अतिथिहरुमा केन्द्रिय समितिका सल्लाहकार सदस्यहरु देववहादुर रानामगर, जनक थापामगर, संघका दोहा एरिया समितिका अध्यक्ष विवेक पुलामीमगर, सनैया ए एरिया समितिका अध्यक्ष मिन वहादुर थापामगर, सनैया बि एरिया समितिका सल्लाहकार सदस्य कृष्ण चुहानमगर,नेपाल प्रवासी मगर संघ, दोहा कतारका मानार्थ सदस्यहरु बबिन राई र टेकबहादुर रसाईली थिए । अतिथीहरुलाई केन्द्रिय समितिका महिला सदस्य खगी पुनमगरले खादा लगाई दएिका थिए । कार्यक्रममा बचत कोषमा रहनु भएका सदस्यहरु, कला तथा सांस्कृतिक बिभागका कलाकारहरु, केन्द्रिय समितिका सदस्यहरु सम्पूर्ण एरिया समितिका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमको शिलशिलामा प्रमुख अतिथि र सभाध्यक्षबाट दियो वालेर उद्घाटन गर्दै शुभारम्भ गरेका थिए । कार्यक्रममा उपस्थितहरुमा ऋण ब्यवस्थापन विभागका संयोजक कृष्ण रानामगरले कार्यक्रमको वारेमा जानकारी तथा मन्तव्यद्धारा स्वागत गरेका थिए । त्यसपछी उपस्थित सम्पूर्णमा परिचयात्मक कार्यक्रम पछि कोषका कोषाध्यक्ष केशव रानामगरवाट डिसेम्वर मार्च २०१४ सम्मको आर्थिक गतिविधि तथा कोषको लगानीको वारेमा जानकारी गरेका थिए ।
त्यस लगत्तै वचत कोषको प्रशिक्षण दिएका प्रशिक्षक शरण थापामगरले बचतको परिभाषा, यसको महत्व, बचत सञ्चालन प्रकृया, बचत गर्ने विधि, बचतको हिसाव गर्ने विधि, आय ब्यय, लगानी, ब्याज, लाभांस बितरण लगायत अन्तिम हिसाब निकाल्ने बिधीको वारेमा प्रशिक्षित गरेका थिए । प्रमुख अतिथि शरण थापामगरले बचत गर्नुको औचित्य तथा यसको महत्वको वारेमा र दोहावासी मगर दाजुभाई तथा दिदिबहिनीहरुमा मगर संघमा आवद्ध भई बचत गर्नु वानी बसाल्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा सभाध्यक्ष लिलम्वर चिदिमगरले बचत कोषमा स्थापना काल देखि योगदान दिनुभएका देववहादुर रानामगर, भिम तरामुमगर, शरण थापामगर, महेन्द्र थापामगर, कृष्ण रानामगर, रमेश कनौजेमगर, केशव घर्तिमगर, बिवेक पुलामीमगरलाई उहाँकै प्रायोजनमा पुरस्कृत गरेका थिए । अन्त्यमा, वचत कोषलाई यहाँ सम्म ल्याउदा परेको बिभिन्न आरोह अवरोह तथा आगामी दिनको योजनाको बारेमा जानकारी दिदै सहयात्री सम्पुर्णमा धन्यवादका साथमा कार्यक्रम सफल बनाइदिनका लागी उपस्थिती सम्पूर्णमा हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।