नेपाल पत्रकार महासंघ
बेलायत शाखा, लन्डन
३० मार्च २०१४ – नेपाल पत्रकार महासंघले ५९औ स्थापना दिवस भव्यरुपमा मनाइरहेको छ ।
नेपालभर (आज चैत १६ गते) संविधानसभा मार्फत एक बर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा हाम्रो अभियान, भन्ने नाराका साथ स्थापना दिवस भव्य रुपमा मनाइरहेको हो ।
यसै सन्दर्भमा, बेलायतलाई मुख्य कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहनु भएका र पत्रकारिता मार्फत लोकतान्त्रिक संविधान निर्माण र स्वतन्त्रता रक्षाका लागि भुमिका निर्वाह गर्नुहुने यहास्थित पत्रकार मित्रहरुलाई स्थापना दिवसका अवसमा महासंघ बेलायत शाखा शुभकामना व्यक्त गर्न चाहान्छ ।
यस अवसरमा आफ्नो अन्य जिम्मेवारीसगै बेलायतमा पत्रकारितालाई अघि बढाउने तपाईहरुको समर्पण र इच्छा शक्तीको उच्च मुल्याकंन गर्दै व्यवसायिक पत्रकारिता प्रति थप प्रतिवद्धताको अपेक्षा गर्दछ ।
साथै आगामी ३ मेमा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरिने जानकारी गराउदै उक्त चियापानमा यहाँहरुको गरीमामय उपस्थितिको अपेक्षा महासंघ बेलायत शाखाले गरेको छ ।
श्याम लुईटेल
महासचिब
नेपाल पत्रकार महासंघ बेलायत शाखा , लन्डन