युवा स्ट्राइकर विमल घर्तीमगर ट्रायल दिन बेल्जियम जाने

Read Time:1 Minute, 57 Second

मनोज घर्तीमगर

यू – १६ फुटबल टोलीका कप्तान एवं सिनियर टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ट्रायल र प्रशिक्षणका लागि बेल्जियम जाने भएका छन् ।

  बेल्जियमको उच्च डिभिजनको क्लब ‘एन्डरलेच्ट’ मा प्रशिक्षक लिने र ट्रायल पनि दिने भएका छन् । विमलले बेल्जियम जान बिहीबार प्रवेशाज्ञा समेत पाइसकेका छन् । मंगलबार बेल्जियम प्रस्थान गर्ने तयारीमा रहेको विमलले बताए । विमलले ‘एन्डरलेच्ट’ मा दुई महिना प्रशिक्षण गर्नेछन् र त्यसपछि व्यवसायिक खेलका लागि ट्रायल समेत दिनेछन्।

विमललाई यस्तो मौका बंगलादेशी टोलीका डच प्रशिक्षक कोस्टर रेनेले मिलाइदिएका हुन्। यसअघि पनि विमललाई कोस्टर रेनेले नै नेदरल्यान्ड्सको उच्च डिभिजनको क्लब ‘एफसी ट्वेन्टे’ मा ट्रायलको व्यवस्था मिलाई दिएका थिए। विमल गत मंसिरमा ट्वेन्टेमा ट्रायलका साथै १२ दिन प्रशिक्षण लिएर फर्किएका थिए। काठमाडौंमा सम्पन्न यु-१६ साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका विमल सोही प्रतियोगितापछि अन्य राष्ट्रका प्रशिक्षकको आँखामा परेका थिए। प्रदर्शनकै आधारमा विमललाई साफ च्याम्पियनसिपमा सिनियर टोलीमा ‘डेब्यु’ गराइएको थियो।

सिनियर टोलीमा पाकिस्तानविरुद्ध अन्तिम समयमा विमलले गोल गरेपछि नेपालले सेमिफाइनलको बाटो तय गरेको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %