नेपालको नर्सरीमा उम्रेका गन्धा फुलहरू

Read Time:16 Minute, 58 Second

अमर दीप मोक्तान

  दोस्रो संविधान सभा निर्वाचन भएको तिन महिना वितिसक्दा समेत संविधान सभाले पूर्णता न पाउनु काँही प्रथम संविधान सभा जस्तै हुने हो की भन्ने मा नेपाली जनता संशकित भएका छन् । वर्तमान नेपालको अवस्था अस्थिर अवस्था माछ , न यता न उता । नयाँ नेपालको निर्माणका लागि जनचाहना बमोजिमको संविधान निर्माण कार्यलाई द्रुतता दिनु पर्ने हो तर किन हो कनि जून जोगी आए पनी कान चिरेको भने जस्तै वर्तमान सरकार पनी आफ्नो मात्रै धूनी जगाउने कार्यमा लिप्त देखीएको छ । राष्ट्रलाई हमेशा यस्तै प्रकारले अस्थिर अवस्थामा राख्दा राष्ट्र नै धरापमा पर्ने गम्भीर खतराबाट मुक्त भएको ठान्नु नै भयंकर भूल हो ।

नेपाल तथा नेपाली जनताको दूर्भाग्य नै भन्नु पर्छ नेपाली राजनिति देखी सर्वव्यापी रुपमा नर्सरी का फूलहरु शोभायमान भएको कारण राष्ट्रमा कुनै परिवर्तन न देखिएको हो । नर्सरी को फुल देख्दा अति सून्दर तथा मनमोहक देखिन्छ तर त्यस फुलमा वास्तविक सुगन्ध हुँदैन । नर्सरीको फुललाई जिवीत, सून्दर तथा मनमोहक बनाउन रात दिन माली तैनाथ रहन्छन् । माली ले नर्सरी को फुललाई आँधी हुरी, बतास, गर्मी, जाडो, बर्षा बाट जोगाउन केही कोर कसर बाँकी राख्दैनन् किनभने मालीले राम्ररी बुझेको छ नर्सरीको फुलको क्षणिक सुन्दरता नै बिकाउ हुन्छ ।

नेपालका डाँडा, काँडा वन जङ्गल, अनकन्टार भिर पहरा तथा वज्र जस्तो घुर्ती सँग युद्ध गरी आफ्नो अस्तित्व को लडाईमा विजय प्राप्त गरी प्रस्फुटित हुने थुप्रै फुल नेपालमा छन तर असल फुल को न त कुनै वास्ता गरीएको छ न त कदर जबकी यो जूझारु सौन्दर्यवान फुल प्रति मुग्ध नहुन विरलै होलान । आफ्नो मेहेनत, परिश्रम तथा जुझाएपनले प्रकृतिमा छटा विखेर्ने स्वावलम्वि फुलको कुनै कदर नहुने तर गमलामा मात्रै स्थान दिनु पर्ने नर्सरीका फुललाई जहाँ तँही शुसोमीत गर्ने कार्यले गर्दा नेपाल अस्थिर अवस्थामा पूगेको हो । नर्सरीका फुल तथा स्वतफूर्त उत्पन्न हुने फुलमा वास्तविक भिन्नता के हो भने कृत्रिममा क्षणीक सौन्दर्य हुन्छ तर सौन्दर्यको समय सिमा अल्प हुन्छ विभिन्न बाधा, अवरोध सँग युद्ध गर्दै प्रथम पूरुष झै शिर ठाडो पारी गर्वका साथ उम्रीने फुलको सौन्दर्य तथा सुगन्धको छटा धेरै समय सम्म मन्त्र मुग्ध गर्ने हुन्छ । वर्तमान नेपालका प्रधानमन्त्रि शुशिल कोइराला तथा मन्त्रिगण, सेनापति, प्रहरी, प्रमुख लगाएत शोभायमान भएका अधिकांसहरु नर्सरी उत्पादीत फुलहरु हुन् । संक्रमणकालीन तथा संकटग्रस्त नेपाललाई अन्धकार बाट उज्यालो तर्फ डोर्याउन सबै कुराले परिपूर्ण कृष्णरुपी सारथी को आवश्यकता थियो ।  तर नेपालीहरुको दुर्भाग्य केही संचार माध्यमद्धारा संत शब्दको अपमान गर्दै संत शब्दले विभूषित कोइराला वंश परम्परालाई अगाडी बढाउने जर्जर शुशिल कोइराला को हातमा सत्ताको वागडोर पूगेको छ । पूरातन नेपाल बाट नयाँ नेपालमा रुपान्तरण गर्न शुशिल कोइराला जस्ता सारथी देशका लागि आवश्यक हो की संकटमूक्त नेपालको निर्माण गर्न कुशल, योजनाकार, दुरदृष्टि ले भरीएको जोशिलो यूवा प्रधानमन्त्री को आवश्यकता हो राष्ट्रलाई ?

(Hero by Mistake) अर्थात मूलवशतः नायकहरु नै वर्तमान नेपालमा हालीमूहाली भएको स्पष्ट रुपमा देख्न सकिन्छ । खलनायकहरुलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । हृदय ले अविस्कार गरेतापनी खलनायकलाई नायकको रुपमा स्विकार गर्नु पर्ने नेपाली जनताको नियती तथा बाध्यता बनेको छ । प्रथम संविधान सभाको निमर्म हत्या तथा दोस्रो संविधान सभाको चूनाव सम्पन्न भएको तिन महिना उपलब्धि विना खेरो गएको छ । तर पनि जनतालाई मूर्ख बनाउन एक बर्ष भित्र संविधान निर्माण गरेर नै छाड्ने कृत्रिम घोषणा गर्न रति भर लज्जाबोध महशुस गरेका छैनन शुशिल कोइराला सरकारले ।

सरकार संचालन तथा संविधान निर्माण कार्यले गति लिन सकेन भनी आफ्नै कांग्रेस पार्टी का सभासदहरुद्धारा संविधान सभामा प्रधानमन्त्री विरुद्ध खनिएका छन् । सरकार को गती शुशिल कोइराला जस्तै सुस्त भएको भनी सर्वत्र आलोचना भई रहेको छ । तर शुशिल कोइराला लाई त्यस्ता आलोचना को कुनै वास्ता नभएको देखीन्छ कीन की नेपाली राजनिति को ठूला नाम भएको कोइराला नर्सरी उत्पादीत फुल हुन शुशिल कोइराला । विभिन्न देशहरुमा रिक्त रहेको राजदूत नियुक्ति ए.आई. जी बढुवा लगाएतका कार्य रोकीएको हुनाले नेपालको प्रतिष्ठामा धव्वा तथा सुशासन कायम गर्न व्यवधान उत्पन्न भइरहेको छ । सरकार  प्रमुख नै सुस्त भएका कारण ढिलाई भएको एक प्रमुख कारण हो भने कांग्रेस, एमालेद्धारा नियुक्ति तथा बढुवामा आफ्ना अनुकुलको नर्सरी का फुलको खोजी पूर्ण नभएको कारण ढिलाई भएको भन्दा अन्यथा हुने छैन ।

आज भोली दिन विराएर काठमाण्डौ प्रहरी प्रमूख रमेश खरेलको जयगान, गुणमान संचार माध्यममा व्याप्त छ । जून प्रकारले रमेश खरेल लाई महिमा मण्डीत गर्ने समय चयन गरीएको छ । यसले निश्चित रुपमा ए.आइ.जी. पश्चात हुने डि.आइ.जि. बढुवामा पूर्व योजना अनुसार रमेश खरेलको पद्धोन्नति सरल बनाउनका लागि हो भन्ने बुझिन्छ । साधारण सिपाही बाट जून उचाई तथा संचार माध्यममा स्थान प्राप्त गर्न सफल भएका छन यसले पनी रमेश खरेल साना तिना नर्सरीका फुल होइनन भन्ने प्रमाणीत भएको छ । प्रहरी एक अनुशासन युक्त संस्था हो । स्मरण रहोस्  एस.पीको रुपमा काठमाण्डौ प्रहरी प्रमुखमा रहदा एस.एस. पी बढुवा मा रमेश खरेलको नाम नपर्दा आक्रोसित भएर काठमाण्डौ जस्तो संवेदनशिल स्थानमा कर्यारत भन्ने कुराको वेवास्ता गर्दै एक महिनाको विदा लेखेर कार्यालय अनूपस्थित भएर अनुशासनहिनता गरेका थिए । तर रमेश खरेलद्धारा गरिएको अनुशासनहिनताका लागि दण्डीत गर्नको सट्टा बारम्बार राम्रो स्थामा सरुवा  गरी पुरस्कृत कीन गरीएको छ ? भन्ने कुराले पनी रमेश अरेल चानचूने नर्सरी बाट उत्पादीत फुल होइनन भन्ने संकेत हो ।

सिपाहीमा भर्ना भएको मिति देखि ३० बर्ष कार्यकाल लाई गणना गर्ने हो भने रमेश खरेल  अवकाशको समय लगभग आउन लागेको छ । तर प्रतिष्ठित नर्सरीका फुल भएका कारण रमेश खरेल लाई समय सिमाले पनी छेक्न सकेन । अवकासको संन्निकट पुग्नु पर्ने रमेश खरेल ताल ठोकेर प्रहरी महानिरिक्षक बन्ने छु भनी संचार माध्यममा दम्मका साथ हुँकार भरी रहेका छन् । शुशिल कोईराला प्रधानमन्त्रि निर्वाचित भए लगत्तै प्रथममा छिमेकि मित्र राष्ट्र बाट शुभकामना प्राप्त भयो । भारतको शुभकामनाले शुशिल कोईराला यति सम्म प्रफुल्लताले गदगद भएकी नेपालगंजको एक सभामा नेपालि भुमि टनकपुर भारतको हो भनि वक्तव्य दिए । शुशिलको भनाई प्रति काग्रेंस पार्टि लगाएत विभिन्न स्तरवाट आलोचना भयो । तर शुशिल कोईराला आफ्नो गलत भनाई प्रति पश्चाताप वोध समेत गरेनन् । नेपालका सार्वभौमता माथि कसैले कुदृष्टि देयाए त्यस्तालाई कठोरताका साथ जवाफ दिने नेपाली सेनाका वर्तमान सेनापतिले आफ्नो देश भन्दा भारतको सैनिक प्रवक्ता झै भएर वक्तव्य दिएका छन् । सेना प्रहरी जस्ता अनुशासित संस्थामा स्वस्थ, फुर्तीलो लाई प्राथामिकता को सुचिमा राख्ने गरिन्छ । तर विभिन्न समाचारमा प्रकाशित समाचार अनुसार अपाङ्ग (आँखाको दोष) भएता पनी प्रहरी हुने मापदण्डमा अयोग्य  ठहरिएका उपेन्द्र कान्त अर्याल प्रहरी महानिरिक्षकको रुपमा विराजमान भएका छन् ।

एउटा कुरा स्पष्ट भएको छ नेपालमा नर्सरी उत्पादित फुललाई जस्तो सूकै कठोर नियमले पनी छेक वार गर्न नसक्दो रहेछ । शास्त्रकी प्रकाण्ड विद्धान विधोत्तमा लाइ पराजित गराई मूर्ख कालिदास लाई विजय बनाइएको कुटिल षड्यन्त्र जस्तै नेपालका अधिंकास संचार माध्यमद्धारा विभिन्न समयमा खलनायक लाई नायक बनाउने कार्य ले न त राष्ट्र सवल हुन सक्छ नत जनता । नेपालमा कानूनी शासन (Rule of Law) मात्र कानूनी पुस्तक सम्म सिमीत रहेको देखीन्छ, कानुनको अक्षरसः पालना को सट्टा कानुनको खुले लाम धज्जि उडाइएको छ । कानूनको अक्षरस पालना ले मात्रै देशमा शान्ति तथा सुरक्षाको प्रत्याभूति हुन सक्दछ तर दूर्भाग्य कानूनको दृष्टिमा सबै वरावर को भान नेपाली जनताले अनुभव गर्न पाएका छैनन ।

नेपाल एक साझा फुलवारी भएता पनी सर्वत्र नर्सरी उत्पादिन फुलको मात्र वोलवाला तथा हालिमूहाली देखिन्छ । प्रधानमन्त्री शुशिल कोइराला, लगायत अधिकांस मन्त्रि, अख्तियार प्रमुख, सेना प्रमुख, प्रहरी प्रमुख नर्सरीमा जतनका साथ उमारीएका फुलहरु हुन् । नर्सरीको फुलको स्थान फुल गमला सम्म त ठीक हो तर सर्वत्र स्थापित गर्नुको कारण कुनै दिन राष्ट्रनै धरापमा नपर्ला भन्न सकीन्न । संकट ग्रस्त नेपाललाई विश्वमान चित्रमा गर्वका साथ शिर उच्च पारेर आफ्नो सौन्दर्यले सबैलाई मन्त्र मुग्ध गर्ने लाली गुँरास लगाएतका फुलहरुको पनि अति आवस्यकता लाई वारम्वार वेवास्ता गर्नु वेईमानीका साथ घातक हुनेछ । बास्ना नभए पनि, अल्पायू भएपनि सदा नर्सरी उत्पादिन फुललाई मात्र शुषोभित गर्ने परम्परा को अन्त नभए सम्म नेपाल सबल तथा शक्रियताशाली तथा विकाशमा द्रुत गति ले चलायमान देश बनाउँछौ भन्नु निरर्थक सावित हुने छ ।

नेपालको प्राकृतिक सुन्दरताको अनुपम वर्णन गर्दा नर्सरी उत्पादित फुलको टाढा टाढा सम्म नाम सुनीदैन, नेपालको प्रशिद्धी तथा पहिचान वन जंगल, भिरपहरा अनकन्टार तथा हिमालमा स्वतन्त्रतापूर्वक पवनसँग ठट्यौली गर्ने आँधी, हुरी सँग युद्ध गर्ने, वज्र जस्तो घर्ति सँग मल्ल युद्धमा विजय प्राप्त गर्दै उच्च शिरका साथ हमेशा मन्द मन्द मूस्कान विखेर्ने लाली गुराँसका कारण सम्भव भएको हो । जब सम्म प्रथम पूरुषरुपी लाली गुँरास लगाएतका फुलहरुको कदर तथा सम्मान हुँदैन , तव सम्म नेपाल विकशित राष्ट्रको रुपमा कल्पना गर्नु मुर्खता वाहेक केही होइन ।

संकटग्रस्त नेपाललाई स्वनिर्मित, स्वयम प्रस्फुटित तथा नर्सरी उत्पादित फुल दुवैको आवश्यकता छ । Right (Man in Right Place) सही व्यक्ति सही स्थानको सिद्धान्त विपरीत कांग्रेस, एमालेका मिलिजुली सरकारले , नर्सरीको फुल लाइ मात्रै सर्वत्र स्थापित गर्ने कार्य रोकीनु पर्दछ , नरोकिए भविश्यमा ठुलो घातक सिद्ध हुनेछ । संविधान सभाको पूर्णताका लागि गणतन्त्रको मुल मर्म तथा भावना अनुरुप २६ जना मनोनयनमा सबै फुलको भावनालाई समेटीने छ भन्नेमा संदेह छ भन्ने कुरा वर्तमान असमावेशी, असन्तुलित, मन्त्रीमण्डल को स्वरुपले स्पष्ट पारेको छ । नर्सरीका फुलहरु संकुचित क्षेत्र (गमला) मा उम्रेको हुनाले संकुचित मनोवृत्ति त्याग्न सकेको छैनन् । परिवर्तनको आवाजलाई वहिरो भएर सून्न सकेको छैनन । समय अनुकुल ढल्न नसक्नु नर्सरीका फुलहरु को हठधर्मीता हो । यस प्रकारका हठधर्मीता ले ठूलो क्रान्ति लाई आमन्त्रण गर्नु हो ।

बहुसंख्यक नेपाली जनता नर्सरीका फुल देखी वाक्क दिक्क भई सकेका छन । नर्सरीका फुलहरु नेपाली जनताको दृष्टिमा असफल तथा चतुर ठग क्रमशः सावित भएका छन् । तसर्थ नेपालको परिबेसमा फुल उत्पादन गर्ने माली बेठिक कि , नर्सरी ? 

अन्तमा भूतपूर्व प्रहरी महानिरिक्षक तथा माननीय मन्त्रि स्व. डि.वि. लामा को निधन भएको छ । नेपाल प्रहरीले प्रहरी इतिहास मा लाली गुँरास जस्तो सौन्दर्यले भरीएको एक अभिभावक कुशल प्रहरी लाई गुमाएको छ । स्वनिर्मीत, स्वयम् प्रस्फुटित स्व.डि.वि लामाको आत्माले चिर शान्ति पाउन तथा नर्सरीका फुलहरुलाई इश्वरले सम्वृद्धि प्रदान गरुन भनी कामना गर्दछु ।

डाँडाखर्क , दोलखा  नेपाल

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %