श्रीनगर एफ.एम ११ बर्षमा प्रबेश

Read Time:5 Minute, 42 Second

    www.rajyasatta.com परिवारको तर्फबाट श्रीनगर एफ.एम  ११ बर्षमा प्रबेश गरेको सुभ अवसरमा श्रीनगर एफ.एम  प्रालिका स्टेशन म्यानेजर देब पचभैया लगाएत उहाँका स्टाफ र श्रीनगर एफ,एमलाई उत्तोरतर प्रगतिको साथमा बधाई तथा सुभकामना दिन चहान्छौ ।

 

देब पचभैया

पाल्पा चैत्र १३ गते – श्रीनगर एफ.एम ९३ दशमलब २ मेगाहर्ज पाल्पा बिहिबार देखि १० बर्ष पुरा भई ११ बर्षमा प्रबेश गरेको छ । २०६० साल चैत १३ गते श्रीनगर एफ,एम ले प्रसारण आरम्भ गरेको थियो ।

   बिहान ५ बजे बाट बेलुकी ११ बजे सम्म १८ घण्टा प्रशारण भैरहेको श्रीनगर एफ.एम हजार वाटको क्षमतामा छ । तानसेन ७ कैलाशनगरमा रहको यस एफ,एम ९३ दशमलब २ मेजाहर्जमा पाल्पा,स्याङ्गजा, गुल्मी, अर्घाखाची, पर्बत, बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग ,रुपन्देही, नवलपरासी, कपिलबस्तु, चितवन,लमजुंग, भारतको गोरखपुर लगाएत २८ बढी जिल्लामा सुन्न सकिन्छ भने ईन्टरनेट अनलाईनको www.shreenagarfm.com मार्फत संसारभर प्रतक्ष्य रेडियो सुन्न र समाचार पढ्न सकिन्छ ।

सुचना, शिक्षा, स्वास्थ्य र मनोरञ्जनका कुरालाई  समाचार तथा कार्यक्रममा प्राथमिकता दिदै आएको श्रीनगर एफ,एम गरिवी न्युनीकरणको लागी पहल गर्न शासकहरुलाई जनउत्तरदायी बनाउदै सुशासन कायम गर्न पनि अग्रसर छ । हरेक समय र क्षण , क्षणमा देश बिदेश अनि गाउटोलमा घटेका घटना लाई तत्काल स्रोता माझ पुर्याउन तल्लीन श्रीनगर हाईलाईट निकै लोकप्रिय छ ।

दुरदराज तथा कुनाकन्धरामा रहेका आवाज विहीनहरुको आवाज निती निर्माताहरु सम्म पुराउन र  निर्माताले बनाएका निती नियमको जानकारी सर्वसाधारलाई दिन रेडियो प्रभावकारी बनेको छ ।

श्रीनगर एफ,एम  ११ बर्षमा प्रबेश गरेको सुभ अवसरमा प्रालिका स्टेशन म्यानेजर देब पचभैयाले सबै स्रोता, बिज्ञापन दाता, सुभेच्छुक, लगानीकर्ता तथा कर्मचारीहरु प्रति खुशि ब्याक्त गर्दै आगामी दिनमा पनि थप सुझाब, सल्लाहा र सहयोगको अपेक्षा गर्नु भएको छ ।

सरकारले रेडियो स्टेशन संचालन गर्दा लिइने लाइसेन्स तथा अन्य शुल्कको केहि प्रतिशत यस क्षेत्रको विकास संगै संचार क्षेत्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धी गर्न कल्याण कारी कोषमा खर्च गर्ने ब्यबस्थाको हुनुपर्नेमा जोड दिदै प्रालिका स्टेशन म्यानेजर पचभैयाले रेडियोको कुल आयमा लगाईएको  रोयल्टी पुर्ण तया खारेज गर्न माग गर्नुभएको छ ।

श्रीनगर एफ,एम ११ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा  सुभकामना दिदै उहाले बार्षिक नविकरण शुल्क न्युन हुन पर्ने, सुचना तथा संचारमन्त्रालय  शासन मुखी नभई , सेवा मुखी हुन पर्ने र सरकारबाट प्रदान गरिने लोक कल्याण्कारी विज्ञापन रेडियोको क्षमता  र  प्रभावकारीताको आधारमा हुनु पर्छ भन्नु भएको छ ।

यसै बिच श्रीनगर एफ,एम प्रालिले १० बर्ष पुरा गरी ११ बर्षमा प्रबेश गरेको शुभउपलक्ष्यमा पाल्पाका सबै सभासद एबं पुर्ब सभासदहरुले बधाईका साथ थप प्रगतिको कामना गरेका छन् ।

श्रीनगर एफ,एमले शान्ती र संबिधानको लागी जन खबरदारी  गर्दै स्थानिय बिचार र सोचलाई स्थापित गराउने सवालमा सधै अग्रपंगिमा रहेर आफ्ना समाचार र कार्यक्रमलाई अगाडि बढाउनु पर्नेमा उनिहरुले जोड दिएका छन् ।

नया नेपाल निर्माणको लागी नया संबिधान बन्दै गरेकाले शान्ती, संबिधान र संघियताका बिषयमा स्थानिय रुपबाट उठाउनुपर्ने आवाजलाई बुलन्द गर्न आग्रह गर्दै पाल्पाका राजनैतिक दलका प्रमुख हरु, पत्रकार महासंघ पाल्पाका सभापति , पाल्पाका प्रमुख जिल्ला अधिकारी , स्थानिय बिकास अधिकारी, सबै सरकारी कार्यालयका प्रमुख एबं नागरिक समाजका सदस्य हरु, शिक्षा बिद, समाजसेवी हरुले पनि श्रीनगर एफ,एम लाई बधाई तथा सुभकामना दिएका छन् । उनिहरुले श्रीनगर एफ.एमले सामाजिक उत्तर दायित्वलाई राम्ररी बहन गरेको बताउदै थप प्रगतीको कामना गरेका छन ।

बार्षिक उत्सबको अवसरमा रेडियोले आज दिउसो बिबिध कार्यक्रम आयोजना गरेको छ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %