खिनु गुरुङ
भैरहवा ,चैत्र १० – भैरहवा स्थित सुकदेव पार्कमा सोमवार एक कार्यक्रमका गरि १३७ औ शुकदेव दिवस मनाईएकोछ । जाँहानिय राणा शासन विरुद्ध संघर्ष गर्दा गर्दै आजिवन काराबास पछी १९३३ चैत्र १० गते जेल भित्र नै षड्यन्त्र पुवर्क मारिएका अग्रणी शहिद शुकदेव गुरुङको स्मृतीमा सुकदेव दिवश मनाउने गरिन्छ । कार्यक्रममा बोल्ने बक्ताहरुले अग्रणी शहिद शुकदेव गुरुङ शहिद हुँदा हुदै पनी राज्यले बेवास्ता गरेको आरोप लगाएका थिए । साथै बक्ताहरुले शहिद राष्ट्रको गौरव र शान भएकाले साम्प्रदायीक रुपमा कसैले पनी हेर्न नहुने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको आशानबाट बोल्दै तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङले ओझेलमा पारिएका धेरै आदिवासी शहिदहरुको खोज बाँकी रहेको भन्दै राज्यले शहिद शुकदेव गुरुङलाई शहिद घोषण गरि सम्मान गर्नु पर्ने बताएका थिए । कार्यक्रममा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका संरक्षक परिषदका केन्द्रिय सदस्य क्या. टेक बहादुर गुरुङले भैरहवा स्थित वडा नं. ७ मा रहेको शुकदेव पार्कलाई व्यवश्थित बनाउन सडक विभाग र स्थानीय प्रशासन संग माग गरेका थिए ।
नेपाल मगर संघका जिल्ला अध्यक्ष दलबहादुर विरकट्ठा, तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अनुगमन समितिका लेख प्रसाद गुरुङ, तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका जिल्ला सल्लाहाकार झमबहादुर गुरुङ,सुकदेव अध्ययन समितिका संयोजक सुन्दर गुरुङ लगाएतले बोलेका थिए ।
उल्लेख्य रुपमा जनसहभागीता रहेको कार्यक्रमा गुरुङ साँस्कृतीक झाँकीका साथै सहिद शुकदेव गुरुङको शालिकमा माल्यापण र मौनधारण पनी गरिएको थियो ।
कार्यक्रम तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा मदन गुरुङको संचालन रहेको थियो ।