दिपा आलेमगर
काठमाडौं , चैत्र ९ – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले अगामी योजना र प्रस्तावमा छलफल गरी घोषणा पत्र समेत जारी गरेको छ ।
कार्यक्रमको उ्दघाटन सत्रमा बोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले अब बन्ने नयां संविधानमा मगर जातीको पहिचान लेखिनु पर्ने बताए । मगर जाती मुलुकको भूमिपुत्र भएतापनि राज्यले सौतेला ब्यवहार गरेको बताए । बहुजाती, बहुभाषीक, बहुसांस्कृतिक पहिचान बोकेको देशमा राज्यसत्तामा बसेका सत्ताधारीले सबैको भावना नसमेटेकोमा दुःख ब्यक्त गरे । अधिकार प्राप्तीकालागि आम मगर समुदाय एकजुट भई देशको विकासमा लाग्नु पर्ने बताए ।
उ्दघाटन सत्रमा बोल्दै नेपाल मगर विद्यार्थी संघका संस्थापक उपाध्यक्ष बालकृष्ण काउचामगरले मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न राज्यलाई दवाव दिनु पर्ने बताए । एकल जातीय संरचनाले गर्दा मगर समुदाय राज्यको निर्णायक तहमा नपुगेको बताउंदै अब देश विदेशमा बसोबास गर्दै आएका आम मगर समुदाय आफ्नो अधिकारकोलागि सक्रिय भएर लाग्नु पर्ने धारणा राखे । मगरात राज्य मगर समुदायले पाउनु पर्ने बताउंदै यदि राज्यले मगरात समुदायको भावनालाई सम्बोधन नगरे आन्दोलनमा उत्र्रिन समेत पछि नपर्ने बताए ।
नेपाल मगर संघका पूर्व अध्यक्ष क्याप्टेन एमबहादुर बुढाथोकीले मगर समुदायको मगरात भूमि प्राप्त गर्न आम मगर समुदाय एकजुट हुनु पर्ने बताए । राज्यको कार्यपालिका, न्यायपालिका, ब्यवस्थापिका क्षेत्रमा मगर समुदायको पहुंच हुनु पर्ने बताउंदै मगर समुदायका युवाहरुले उच्च शिक्षा हासिल गर्नु पर्ने धारणा ब्यक्त गरे ।
मगर विद्यार्थी संघका निःबर्तमान सल्लाहकार एवं महिला नेत्री बम कुमारी बुढामगरले मगर भाषा, संस्कृति, पहिचानलाई युवा पिढिले बचाउदै लग्नु पर्ने बताए । मगर विद्यार्थीहरु हरेक क्षेत्रमा अगाडि बढ्नु पर्ने बताउंदै युवा मगर शक्तिहरु आफ्नो अधिकारकोलागि सधै जुझारु सक्रिय हुनु पर्ने बताए ।
आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई बधाई दिर्दै उद्घाटन सत्रमा अधिवक्ता गौबहादुर आलेमगर, नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्षद्वय भोजविक्रम बुढामगर, माधव दर्लामी मगर, निःवर्तमान अध्यक्ष रेनुका काउचामगर, महासंचिव बलविर बुढामगर, लगायतले बोलेका थिए । सांगठनिक प्रतिबदेन महासचिव गोम बहादुर रानामगर, आर्थिक प्रतिबेदन कोषाध्यक्ष कोकिल अस्तामीमगर, विधान संसोधीत सचिव विशाल रानामगरले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा देशैभरिबाट आएका प्रतिनिधि केन्द्रिय सदस्यहरु मांझ ब्यापक छलफल भएको थियो ।
संघका अध्यक्ष दिपा आलेमगरको अध्यक्षमा सम्पन्न उद्घाटन सत्रमा कार्यक्रमको सहजिकरण महासचिव गोमबहादुर रानामगरले गरेका थिए भने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष कमल थापामगरले गरेका थिए ।
नेपाल मगर विद्यार्थी संघको प्रथम पूर्ण बैठकको उद्घाटन सत्र समापन भएपछि दोस्रो चरणमा आठौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरु मांझ संघको कार्य योजना, प्रस्तावमाहरुमा छलफल गरी निर्णय गरियो । जसमध्ये महाधिवेशनको समिक्षा, संशोधित विधान पदपूर्ति, कार्यविभाजनमा सचिवालय गठन, राज्यसमिति इन्चार्जहरुको बांटफांड, विभागिय प्रमुख, केन्द्रिय समितिको कार्यक्षेत्र निर्धारण संघको बेवसाइट र इमेल संञ्चालन, सल्लाहकार समिति गठन, नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको संघीय परिषद सदस्य, आगामी कार्ययोजना, नेपाल मगर संघको स्थापना दिवस फागुन १५, नेपाल मगर विद्यार्थी संघको स्थापना दिवस फागुन २७, मातहतको समितिहरु अधिवेशन, पुनर्गठन, संगठन विस्तार नभएका अञ्चल, जिल्ला, विश्वविद्यालय, क्याम्पस, उच्चमावि, माविहरुको संगठन विस्तार, प्रशिक्षण (सांठनिक तथा मगर समुदायसंग सम्बन्धीत तत्कालिन तथा दिर्घकालीन मुद्धाहरु), प्रकाशन क्यानेन्डर, परिचय पत्र मगर आवाज, भाषा कक्षा सञ्चालन, नेपाल मगर विद्यार्थी संघको भवन निर्माणार्थ कोष स्थापना, मगर भाषा शिक्षा, मगर भाषा गोष्ठी अन्तरक्रिया, लोकसेवा आयोग कक्षा सञ्चालन, मिडिया डायरी लगायतका विषयमा छलफल गरी बैठकले पारित गरेको छ ।
बैठकमा राज्य समिति इन्चार्जहरुमा लिम्बुवान राज्य उमेश पिटाकोटीमगर, मैथली मधेश राज्य रवि रानामगर, किरांत राज्य, सन्तोष मगर, ताम्सालिङ्ग राज्य मुना थापा, नेवा राज्य अमर रेश्मीमगर, मगरात राज्य, विष्णु थापामगर, तमुवान राज्य समर थापामगर, थरुहट राज्य मनिष तारामीमगर, खसान राज्य इमानसीं रानामगर, अवध भोजपुर राज्य समिति भूमि पुन मगर चयन गरी बैठकले पारित गरेको छ ।
त्यसैगरी विभागीय प्रमुख बांडफांडहरुमा प्रशिक्षण तथा अनुशासन विभाग, कमल थापामगर, आर्थिक विभाग कोकिल अस्थामीमगर, जनसम्र्पक तथा कार्यालय ब्यवस्थापन विभाग सरिता रानामगर, प्राविधिक विभाग, राजेन्द्र रानामगर, तथ्यांड्ढ विभाग, हिमाल घर्तिमगर, अतिरिक्त क्रियाकलाप विभाग दिपक गरौजा मगर, भाषा तथा सांस्कृतिक विभाग विनु मस्यांङ्गीमगर, स्ववियू समन्वय विभाग निर्मा श्रीस मगर, शैक्षिक विभाग श्याम रानामगर, विदेश विभाग जीवन थापामगर, प्रचार प्रसार विभाग फरेन्द्र थापामगर, संगठन विभाग मेक आले मगर सन्देश, महिला विभाग संगिता थापामगरलाई बैठकले पारित गरेको छ ।
५९ जनाको नया कार्यसमितिको पदपूर्ति सम्बन्धमा अध्यक्षको मातहतमा मनोनित केन्द्रिय सदस्य जोगलाल बुढामगर, लुम्बिनी अञ्चलन बागपुरा रोकामगर, कोशी अञ्चल मनिष सुर्यमगर, प्राविधिक शिक्षालय राजेन्द्र रानामगर लाई चयन गरेको छ भने दुई अञ्चल नारायणी र मेची अञ्चलबाट दोस्रो बैठकमा चयन गरिनेछ । त्यसैगरी नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको प्रथम पूर्ण बैठकले बम कुमारी बुढामगर, गौबहादुर आलेमगर, महेन्द्र थापामगर, रामबहादुर थापामगर, बालकृष्ण काउचामगर, झकेन्द्र घर्तिमगर, भोजविक्रम बुढामगर, माधव दलार्मीमगर, उमा थापामगर, रेणुका काउचामगरलाई सल्लाहकारमा चयन गरेको छ ।
नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको संघीय परिषद सदस्यमा संघका अध्यक्ष दिपा आलेमगरलाई पारित गरेको छ ।
प्रथम पूर्ण बैठकमा संघका निःवर्तमान अध्यक्ष रेणुका काउचामगरले संघको सम्पूर्ण कागजात वर्तमान अध्यक्ष दिपा आलेमगरलाई हस्तारत्रण गर्दै कार्यकालको शुभकामना बधाई दिएका थिए । संघको दोस्रो पूर्ण बैठक मोरङमा हुनेछ ।
(दिपा आलेमगर नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको वर्तमान अध्यक्ष हुन्)