अरुण बराल
बाहुनबाद शोषक बर्गमा जहांसुकै छ । जनजातिमा पनि बाहुनबाद छ । स्वामी प्रपन्नाचार्य जातले बाहुन हैनन् , तर बिचारले उनी पनि ब्राह्मणबादी नै हुन । यस अर्थमा हामीले ब्राह्मणबाद शब्दको प्रयोग गर्नुपर्ने हुन्छ । कुनै दलितजातिको मान्छे शोषकखालको छ भने ऊ पनि ब्राह्मणबादी हो ।
‘ब्राह्मणबाद’का रुपमा सबैभन्दा बढी यो पदावलि भारतमा प्रयोग भएको पाइन्छ ।ब्राह्मणबादको नेपाली रुपान्तरण बाहुनबाद हो जस्तो लाग्छ । ब्राह्मणलाइ सबैभन्दा माथि क्षेत्री भन्दा पनि माथि राखिएको छ । यसको मूल जरो ब्राह्मण ग्रन्थहरु नै हुन् । ब्राह्मण ग्रन्थमा ऋषिमुनिहरुले जुन बिचारको बिकास गरे , समाजमा उनिहरुले उपल्लो बर्गको पक्षमा , गरिब , महिला , दलित र बैश्यहरुको बिपक्षमा जुन नियम बनाए ,त्यसको पराकाष्टा मनुस्मृति अथवा मनुसंहिता हो ।सबै भन्दा कट्टर पनि यहि ग्रन्थ छ । यस हिसाबले भारतबाट यो पदावलिको बिकास भएको पाइन्छ ।
‘ब्राह्मणबाद’ भनेर जुन भनियो , यो बादको रुपमा अलि पछि प्रयोग भए जस्तो लाग्छ । ब्राह्मण शब्द अगाडि नै प्रयोग भएको पाईदैन । यो शब्दको बढी प्रयोग दलित मुक्ति आन्दोलन , जातीय मुक्ति आन्दोलन र कतिपय अबस्थामा कम्युस्टिहरुले समाजबादी आन्दोलनमा पनि प्रयोग गरेको पाइन्छ । ब्राह्मणबाद शब्दको यसरी प्रयोग त भो ,कति ठीक हो र कति बेठीक हो भन्ने अर्कै कुरा हो ।
ब्राह्मणबादले कुन बिचारधारको प्रतिनिधत्व गर्छ ? सीधै कुरा यसले सामन्तबादी बिचारधाराको प्रतिधित्व गर्छ । तर सबै सामन्तबादी बिचारधाराको प्रतिनिधित्वको भने यस्ले गर्न सक्दैन । जस्तो भनौ – बुद्ध धर्ममा पनि कट्टरता छ । शंकरार्चायको अद्धैत बेदान्त दर्शनमा पनि हामीले ब्राह्मणबाद पाउन सक्छौ र त्यहीं नपाउन पनि सक्छौ । भारतमा सामन्तबादहरुका कट्टर प्रतिनिधिहरु मुस्लिम पनि छन् । यी समग्रतालाई ब्राह्बादले पकड्न सकदैन । त्यसैले ब्राह्मणबाद शब्द सामन्तबादी बिचारधाराको पूरा प्रतीक भने होइन , सामन्तबादी बिचारधारा यो भन्दा अझ ब्यापक छ । ब्राह्मणबाद भन्दा ब्राह्मण जातिजस्तो मात्रै भयो । भारतकै सन्दर्भमा सारा शोषण गर्ने , ठग्ने खाने क्षेत्रीहरु छन् , अनि भनिन्छ ब्राह्बाद । यो सन्दर्भ पनि त्यति मिल्दैन । नेपालको सन्दर्भमा भारतको दलित आन्दोलन , भारतकै कम्युनिष्ट आन्दोलन र जातीय मुक्ति आन्दोलनको बीचबाट यो ब्राह्मणबाद भन्ने पदावलि आएको हो । यसलाइ हाम्रो सन्दर्भमा कसरी हेर्ने ? यसलाइ सामन्तिबादी बिचारधाराको एउटा रुप हो भन्ने अर्थमा बुझ्दा ठीक होला जस्तो लागछ ।
बाहुनबाद सामन्ती बिचारधाराको एउटा रुप हो ।तर, नेपालको सन्दर्भमा पनि यसले सबै सामन्तबादी बिचारधाराको प्रतिनिधित्व गर्छ भन्ने चांहि होईन । नेपालमा पनि सामन्तबाद सित सम्बन्धित बौद्ध धर्म होला ,अरु जाति जनजातिका धर्महरु होलान् । मैले साथीहरु सित कुरा गर्ने गरेको छु , हामी ब्राह्मणबादी राज्यसत्ताभछौ , तर खाएको छ क्षेत्रीले , गाली गरिन्छ बाहुनलाई । यो पनि बैज्ञानिक छैन भन्ने अर्थमा हो मेरो टिप्पणी ।तर, ब्राह्मणबादी बिचारधाराले जुनहद सम्म सामन्तबादको प्रतिनिधित्व गरेको छ , बाहुनबाद पदावलिले त्यो सामन्तबादी राज्यसतता माथि ठोक्छ । अर्को अर्थमा यसले जहां पनि बाहुन छन् , राजनीतिमा पनि बाहुन छन् भनेर जातीय कुरा उठाउंछ । त्यो सच्चा जातीय मुक्ति आन्दोलन पनि हैन ,राजाबादी खालको जातीय मुक्ति आन्दोलन हो । खाने राजाले , दोष दिने बाहुनलाई । यस अर्थमा ब्यापक्ताका दृष्टिले बाहुनबादले बैज्ञानिक क्षेत्र ओगट्दैन ।
तर पनि प्रतिकात्मक अर्थमा , साहित्यमा भनिन्छ नि अविधाले त पकडेन लक्षणा र ब्यञ्जनाले के पकडनु पर्यो भने बाहुनबादको प्रक्रिया लामो छ ,ब्यापक छ र यसले सामन्तबादलाई प्रहार गर्छ । क्षेत्रीको सत्तामा यसलाई पुरोहितबाद भनेर ग्रहण गर्दा हुन्छ । पोपहरुले पनि राज्यसत्तामा यसै गरी हस्तक्षेप गर्थे ।
मनुस्मृतिबाद आदिको बिरोध गर्नु सम्म त ठिकै छ , तर ब्राह्बादको कुरा गरेर क्षेत्रीलाई बचांउने र बाहुन माथि जातीय बिभेद गर्न खोज्ने जुन प्रबृत्ति छ , त्यसलाई पनि हान्नु पर्ने हुन्छ । मूलभूत कुरा चांहि के हो भने फेरि हामीले ब्राह्मणबाद , बाहुनबादको बिरोध गर्नै पर्छ । मैले बाहुनबादको बिरोध पटक्कै गर्नु हुदैन भनेको होइन , बिरोध गर्नु पर्छ ।
बाहुनबाद शोषक बर्गमा जहांसुकै छ । जनजातिमा पनि बाहुनबाद छ । स्वामी प्रपन्नाचार्य जातले बाहुन हैनन् , तर बिचारले उनी पनि ब्राह्मणबादी नै हुन । यस अर्थमा हामीले ब्राह्मणबाद शब्दको प्रयोग गर्नुपर्ने हुन्छ । कुनै दलितजातिको मान्छे शोषकखालको छ भने ऊ पनि ब्राह्मणबादी हो । ब्राह्मणबादलाई संकीर्ण घेराबाट हटाएर ब्यापक परिधिभित्र सामन्तबादी बिचारधारा बराबरको अर्थमा प्रयोग गर्नु पर्छ भन्ने मलाई लाग्छ । ब्राह्मणबादको पदावलिले पकड्न लागेको पनि यही हो । ब्राह्मणबादको अर्थ अैले सीमित पारिएको छ , हामीले यसलाई अलि ब्यापक अर्थमा प्रयोग गर्दा ठीक होला जस्तो लाग्छ । ब्राह्मणबाद जहासुकै हुन्छ । ब्राह्मणबादको सार मूलरुपमा सामन्तबादी बिचारधारा नै हो । हिन्दुधर्मको कुरा गर्ने हो भने पूरै हिन्दु धर्म ब्राह्मणबादी छ ।बैष्णव धर्मकै कुरा गर्दा शुरुमा जातपात र छुवाछुतबिरोधी बैष्णव धर्म पनि पाइन्थ्यो । गोरखनाथ पन्थको कुरा गर्ने हो भने कैयौ राम्रा पक्षहरु पनि पाईन्छन् । तर , पछि गएर फेरि त्यो पनि ब्राह्मणबादी भयो । यसकारण हिन्दु धर्मको पनि ऐतिहासिक कालखण्डका आधारमा मूल्यांकन गरिनु पर्छ ।
श्रमजीबी बर्गका गरिब बाहुनहरुलाई हामीले त्रसित बनाउनु हुंदैन । माथि ताप्लेजुंगतिर जानु भयो भने बाहुन लखेटिन्छ ।त्याहां बाहुन उत्पिडीत छ । बाहुन गरिब पनि छ ।त्यसकारण हामीले बर्गीय दृष्टिकोणका आधारले हेर्नु पर्ने हुन्छ । दलितजातिका मान्छ पनि बाहुन हुन सक्छ ।बाहुन त शोषक बिचारको प्रतिक हो । हाम्रो हिमाली महाद्धीपमा बाहुनबाद उत्पीडनकारी बिचारधाराको प्रतीक हो ।
हाम्रो नेपाली सन्दर्भमा ब्राह्मणबादले सामन्तबादी राज्यसततालाई पुरै जोगाउने काम गरेको छ । क्षेत्रीको सत्ता जोगाउने सवालमा ब्राह्मणबादको अन्योन्याश्रीत सम्बन्ध रह्यो । यूरोपमा राज्यसत्ता र धर्मसत्ता बीच थुप्रै संधर्षहरु चले , हाम्रो चांहि पुरै राजाको स्तुति गाउने, भजन गाउनेमा बाहुनहरु लागे ।
सामन्तबादको बिशेषता नै के हुन्छ भने सामाजिक चेतनाका सबै रुपहरु धर्मका अधीनमा हुन्छन् । सामन्तबादमा राजनीति पनि धर्मको अधीनमा हुनछ । धर्मको अधीनबिरुद्ध संधर्ष गर्ने रतर्कशास्त्रको कुरा गर्नेलाई मनुस्मृतिले डण्डा लगाएको छ । हेतुशास्त्री ,तर्कशास्त्रीलाई ठोक्नु पर्छ भनेको छ । बाहुनहरु तर्कशास्त्रका पूरै बिरोधी हुन्छन् । सामन्तबादी संस्कृतिबिरुद्ध संधर्ष गर्नैपर्छ । तर , तपाईले बाहुनबादीमात्रै भन्न थाल्नु भयो भने एकदम अन्याय हुन्छ । सामनतबादी बिचारधाराको एउटा रुप भन्नुभयो भने चांहि मिल्छ । नत्रभने बाहुनको बिरुद्ध लड्नुपर्ने रहेछ भन्ने भान पर्न सक्छ । हामीले त सामन्तबादका बिरुद्ध लड्ने हो ।
यो ब्राह्मणबाद पदावलिको ब्याख्या गर्नै पर्दछ ।अन्यथा क्षेत्री जाती जति बदमास भए पनि सुरक्षित रहने भो , बाहुन चांहि जति गरिब भए पनि उसलाई ठोक्ने कुरा आयो । यसकारण बाहुनबाद पदावलिको ब्याख्या गर्न जरुरी छ , अन्यथा एकदम साम्प्रदायिकता फैलिन्छ । बाहुनबादलाई सामन्ती बिचारधाराको एउटा रुपको अर्थमा हामीले प्रस्तुत गर्नुपर्छ । सामनतबाद समग्र रुख हो भने बाहुनबाद त्यसको एउटा हांगो हो । बाहुनबादको बिरोध गर्नु हुन्न भनेको हैन , बिरोध गर्नुपर्छ । तर, बाहुनबाद केहो भन्ने कुराको ब्याख्या गर्नैपर्छ । बाहुनबाद वा ब्राह्मणबाद मात्रै भन्दाखेरि अलिकति भ्रम पैदा हुन सक्छ । पढेलेखेका तपाई हामीले त बुझ्छौ तर सामान्य जनताले बाहुनबाद भन्दा सबै बाहुनलाई ठोक्ने भनेर बुझ्छन् र सामन्तहरु चांहि जोगिन सक्छन् । गरिब बाहुनले कुटाई खाने अनि सामन्तहरु चांहि जोगिने अवस्था आउन हामीले दिनुहुदैन ।
(माओबादी अध्यक्ष मोहन बैध (किरण) संग २०६५ बैसाख १२ गते , लेखकसितको कुराकानीमा आधारित)