सुन्दर गुरुङ
युवा शब्द नै क्रान्ति हो । जहाँबाट परिवर्तनको सुरुवात हुन्छ । युवालाई भविष्यका कर्णधार,परिवर्तनका संवाहकको रुपमा पनी सम्बोधन गर्ने गरिन्छ । युवा मानव समुदायको एक उमेर समुह हो । जो संग जोश, जाँगर सहित कर्मठ भएर कुनै पनी क्षेत्रमा योगदान गर्न सक्ने शक्ति हुन्छ । त्यसैले युवालाई शक्तिको रुपमा पनी हेरिन्छ । यसको अर्थ हो युवा भनेको त्यो मानव समुदाय हो जसलाई समाजले एक परिपक्व मानवको रुपमा विश्वास गर्ने गर्दछ । जसलाई व्यक्तिगत, पारिवारिक, सामाजिक, र राष्ट्रिय जिम्मेवारी बोक्न सक्ने मानव समुदायको रुपमा समाजले विश्वास गरेको हुन्छ ।
तर नेपालको संदर्भमा आम युवा समुदाय पनी विविध जाती,क्षेत्र, लिङ र राजनैतिक रुपमा विभक्त छन् । जस मध्य आदिवासी जनजाती समुदायका युवाहरु पनी एक हुन् । आदिवासी जनजाती पनी एक मानव समुदाय हुन् । जुन प्राचिनता र राज्यमा तीनको पहँचको आधारमा पहिचान गरिएको हुन्छ । तर आदिवासी र जनजाती भने फरक मानव समुदाय हुन् । आदिवासी भन्नाले जसको आफ्नै भाषा,धर्म,संस्कार संस्कृती भेष भुषा भएका समुदाय जुन हिन्दु वर्णश्राम नपर्ने मानव समुदायलाई भनिन्छ भने जनजाती भनेको राज्यमा आर्थीक र राजनैतिक पहुँच नभएका मानव समुदाय हुन् ।
यसरी हेर्दा आदिवासी भुमी संग सम्बन्धी विषय हो भने जानजाती विकासक्रम संग सम्बन्ध राख्ने विषय हो । नेपालको सन्र्दभमा जुन मानव समुदाय सबै भन्दा प्राचिन समयमा आएर बसोबास गरेका हुन् तीनै समुदाय राज्यको कुनै पनी क्षेत्रमा पहुँच नभएकाले आदिवासी र जनजातीलाई एकै स्थानमा राखेर हेरीएकोछ । आदिवासी पहिचान हो जुन अपरिर्वतनसिल हुँन्छ भने जनजाती पदवी हो जुन विकासक्रम संगै मेटिन्छ ।
त्यसैले नेपालको संदर्भमा आदिवासी समुदाय भित्रका युवाहरुका समस्यालाई फरक ढंगले हेरीनु आवाश्यक छ । किनकी उनीहरुको समुदायगत पहुँच राज्यमा छैन् । जसको राज्यमा पहुँच हुदैन त्यो समुदायले कहिलई पनी सुरक्षीत महसुस गर्न सक्दैन । जसको कारणले गर्दा नेपालका अदिवासी जनजाती युवाहरुको सार्माथ्य र शक्ति हुदाँ हुदै पनी राज्यबाट पाउने सेवा सुविधा र अवशरबाट संधै टाढा भए । त्यसैले आदिवासी नेताहरुले भन्ने गर्दछन् “यो देश हाम्रो हो तर राज्य हाम्रो होइन ” ।
आदिवासी जनजाती युवाको समस्या आम युवा समुदायको जस्तो रोजगार ,वेरोजगार र स्वारोजगारको समस्या मात्र नभएर समामाजिक, र राजनैतिक समस्याहरु संग पनी जोडीएको छ । नेपाल सरकारले १६ बर्ष देखी ४० बर्ष सम्मको उमेर समुहलाई युवा भनेकोछ । तर संयुक्त राष्ट्र संघले १६ देखी २४ बर्ष सम्मको उमेर समुहलाई युवा भनेकोछ । अमेरीकाले पनी १६ देखी २५ बर्ष सम्मको उमेर समुहलाई भनेकोछ भने चाइनामा १४ देखी २२ बर्ष सम्मको उमेर समुहलाई युवाको रुपमा परिभाषीत गरेकोछ । यसले के देखाउछ भने देशले लिएको नीति अनुसार फरक फरक उमेर समुहलाई युवाको रुपमा परिभाषीत गरेको पाईन्छ ।
अमेरीकाले १६ देखी २५ बर्ष सम्मका उमेर समुहलाई रोजगार दिने नीति लिएकोछ । यदी युवा अवश्थामा सम्म पनी रोजगार दिन नसके बेरोजगार भत्ता सरकारले दिनु पर्ने हुन्छ । तर नेपालको संदर्भमा १६ देखी ४० बर्ष सम्मका युवाहरुलाई बैदेशिक रोजगारको लागी विदेश पठाउने नीति लिएकोछ । युवालाई हेर्ने दृष्टीकोणको नै पलायनवादी भएका कारणले नेपालबाट दैनिक १५ सय युवाहरु वैधानीक रुपमा वैदेशीक रोजगारमा जान्छन् । जसले गर्दा नेपालको ७० प्रतिशत भन्दा बढी युवाहरु बैदेशीक रोजगारमा रहेकाछन् । त्यही बैदेशीक रोजगारमा गएका युवाहरुबाट भित्रिएको रेमिट्यान्सले नेपालको बार्षीक वजेटको १३ प्रतिशत ओगटेकोछ ।
यसको अर्थ हो राज्यले युवाहरुलाई बैदेशीक रोजगारको लागी नै उत्पादन गरिरहेको छ । यसरी बैदेशीक रोजगारमा जाने युवाहरु मध्य ८० प्रतिशत भन्दा बढी आदिवासी जनजाती, दलीत र मदेशी समुदायका युवाहरु रहेका छन् । जसले गर्दा नेपालमा अदिवासी आन्दोलन संधै कमजोर बनेकोछ / बनाईएकोछ । यदी बैदेशीक रोजगारमा गएका सबै युवाहरु नेपालमा नै भएको भए जुन राजनैतिक र आर्थीक अवश्था नेपालको छ यो भन्दा कयौ गुणा राम्रो हुन्थ्यो । तर राज्यले युवाहरुलाई उपेक्षा गर्दै राष्ट्र निमार्णमा भन्दा अरुको देशको सेवा गर्न पठाउने नीतिले युवाहरुलाई राज्यले संधै उपेक्षा गरेको पाईन्छ । त्यस माथी झन् आदिवासी जनजाती युवाहरुको त महत्वपुर्ण जिम्मेवारी रहेकोछ । नेपाल सरकारले निर्धारण गरे अनुसार १६ बर्ष देखी ४० बर्ष सम्मका उमेर समुहका आदिवासी जनजाती युवाहरुको जिम्मेवारी झन् कसिलो छ । यो उमेरमा एक युावाले व्यक्तिगत जिम्मेवारीबहन गर्नु पर्ने हुन्छ । त्यस पछी परिवारिक जिम्मेवारी बहन गर्नु पर्ने हुन्छ । यो उमेरमा नै एक युवा वैवाहिक सम्बन्धमा बाँधीन्छ । यो उमेरमा नै एक युवाले सामाजिक र राष्ट्रिय जिम्मेवारी पनी पुरा गर्नु पर्ने हुन्छ । तर नेपालको वर्तमान अवश्थाको कारणले गर्दा एक युवाले व्यक्तिगत र पारिवारीक जिम्मेवारी भित्र नै आम युवाहरु हराएका छन् ।
पारिवारिक जिम्मेवारी बहन गर्न एक युवा रोजगार भएको हुनु आवाश्क हुन्छ तर नेपालका युवाहरु वेरोजारछन् रोजगार भएकाहरु बैदेशीक रोजगारमा छन् ।जसले गर्दा अधिकाश युवाहरुले सामाजिक र राष्ट्रिय जिम्मेवारी बहन गर्नबाट धेरै टाढा छन् । जसको प्रत्यक्ष वा परोक्ष फाईदा नेपालका पुरातन र भ्रष्ट्र नेताहरुलाई फाईदा पुगेकोछ । नेपालका आदिवासी युवाहरु त झन् प्रयोगका लागी प्रयोग मात्र गरिएकोछ । अधिकांश विदेश पलायन भएका छन् अलिअलि नेपाल भित्र भएकाहरु भने विविध राजनैतिक दलमा विभक्त भएका कारण आदिवासी आन्दोलन झन् कमजोर बनेकोछ । आदिवासी जनजातीहरुले सामाजिक आन्दोलन मार्फत समानुपाती प्रतिनिधीत्व,आदिवासी जनजातीका भाषा,धर्म , संस्कृती,मनाउने चाड पर्वलाई राष्ट्रियकरण गर्ने,बहुभाषिक विश्व विद्यालयको विषय, संघीयता,धर्म निरपेक्षता, लगाएत विविध माग राख्दै नेपालका आदिवासी जनजातीहरु आन्दोलित छन् ।
अहिलेको संविधान सभा १८० जनाको हाराहारीमा आदिवासी जनजातीहरुका सभासद हरुले प्रतिनीधित्व गरेकाछन् । तर गएको संविधान सभामा २१९ जना आदिवासी जनजातीहरुको सभासतले प्रतिनिधीत्व गर्दा दुई तीहाई सभासतहरुले पहिचान सहितको संघीयताको पक्षमा संविधान सभामा हस्ताक्षर बुझाउदा समेत संविधान जन्मन नसकेको उदाहरण हाम्रो सामु छ । यस्तो राजनैतिक अवश्थामा नेपालका आदिवासी जनजातीहरुको भुमिका के हुने भन्ने विषय निर्धारण गर्न सजिलोनै छ । तर विविध विचार र दलमा भएका आदिवासी युवाहरुले एक मत भएर एक स्थानमा आउन सक्ने आँट गर्न सक्नु आवाश्यक छ । युगामा एक पटक आउने संविधान सभा नेपालमा दुई पटक जन्मेको छ । तर यो अन्तिमम पटक हो । यदी यो पटक आदिवासी जनजातीहरुको मागलाई सम्बोधन गराउन सकिएन भने आगामी धेरै बर्ष पछाडी परिनेछ ।
त्यसैले आदिवासी जनजाती युवाहरुको जिम्मेवारी भनेको संविधान सभा मार्फत पहिचान सहितको संघीयता,धर्म निरपेक्षता, जातीय जनसंख्याको आधारमा समानुपातीक प्रतिनीधित्व जस्ता मुद्दालाई सम्बोधन गराउन संविधान सभाभित्र भएका पहिचानवादी सक्तिहरुलाई थप बल पुग्ने गरी सबै राजनैतीक दल,जातीय संघ संस्था र मानव अधिकारकर्मीहरु सहितको मोर्चा बन्दी गरी संघर्ष गर्नुको विकल्प छैन । त्यसैले यो मुलुकको आमुल परिवर्तन गर्न कुनै एक स्थान सरकार ,व्यवश्थापिका भित्रको समिकरण मात्र परिर्वतन नभएर सम्पुर्ण राज्य व्यवश्था परिवर्तन हुन आवाश्यक भएकाले सम्पुर्ण आदिवासी जनजाती युवाहरुको वृहत मोर्चा बनाएर संघर्ष गर्नु जरुरीछ ।
यसरी वृहत मोर्चा बनाएर जाना सकेको खण्डमा आदिवासी जनजाती युवाहरुले सामाजिक र राष्ट्रिय जिम्मेवारी बहन गर्ने सक्ने ढोका खोल्नेछ । जसले आदिवासी युवाहरुलाई राष्ट्रिय नेत्रित्वको रुपमा पहिचान, र स्थापित गर्न सहयोग गर्नेछ । राज्यले युवाहरुलाई पलायनवादी नीति लिएको छ । तर यसको लागी पुराना पुस्ताको विकल्प नयाँ पुस्ताले दिन सके मात्र पुराना पुस्ता विस्तापित र नयाँ पुस्ता स्थापित हुन सक्छन् । तब मात्र युवाहरुलाई देशमा नै स्थापीत गर्ने योजना ल्याउन सक्छौ । जसले नयाँ नेपालको मार्ग चित्र कोर्ने छ । यो अवशर नेपालका आदिवासी जनजाती युवाहरु माझ छ । सबै एक स्थानमा आएर शक्तिको रुपमा आफुलाई चिनाउने र आफ्नो नेत्रित्व स्थापित गर्ने । अर्को विषय भनेको के पनी हो भने आन्तरीक रुपमा सबै समुदाय संग प्रतिस्पर्धा गर्न सक्ने गरी आफुले आफैलाई तयारी गर्न पनी जरुरीछ । देश भित्रै आफ्नो भविष्य बनाउन प्रण लिन पनी आवाश्यक छ । कर्मठ र जुझारुपले मात्र आदिवासी जनजाती युवाहरुको भविष्य यो मुलुकमा निर्धारण गर्दछ ।
(लेखक : राष्ट्रिय युवा मोर्चाका केन्द्रिय महासचिब हुन )