मिस नेवाको ताज रुचीलाई

Read Time:2 Minute, 25 Second

मनोज घर्तीमगर / पोखरा

 

पोखरा, ३ चैत्र – चौथो सँस्करणको मिस नेवाः पोखरा–११३४ को ताज रुची श्रेष्ठले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको अन्तिम प्रतिस्पर्धामा ९ जनालाई पछि पार्दै उनले ताज जितेकी हुन् । रुचीले ताजसँगै ४० हजार रुपैंयासहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाइन् । उनले बेस्ट पर्सनालीटी र बेस्ट फोटोजेनिक सबटाइटल पनि आफ्नै पोल्टामा पारिन् ।

फष्ट रनर–अपमै चित्त बुझाएकी नेहा बिजुक्छले २५ हजार, क्राउन र विभिन्न पुरस्कार पाइन् । भ्यूअर  च्वाइस टाइटलसहित सृष्टी नापित सेकेण्ड रनर–अपल भइन् । उनलले सेकेण्ड रअनरअपको १५ हजार र भ्यूअर  च्वाइसको ५ हजार गरि २० हजार पुरस्कार, क्राउन र आर्कषक गिफ्ट ह्याम्पर पाईन् ।

प्रतियोगितामा कृषु रञ्जित वेष्ट कम्प्लेक्सन र सुस्मिता श्रेष्ठले मिस ट्यालेण्टेडको अवार्ड जितेको मिडिया संयोजक सुरज श्रेष्ठले जानकारी दिए । 

नेवा खलः कास्कीले नेवारी भाषा , संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने भन्दै नेपाल सम्बत ११३१ (बि.सं. २०६७) देखि लगातार मिस नेवाः पोखरा गर्दै आएको छ । मिस नेवाः पोखराले नयाँ पुस्तामा नेवारी भाषा र संस्कृतिप्रति आकर्षण गराउन केही हदसम्म सफल भएको आयोजकको दावी छ । प्रतियोगिता अवधिभर सहभागी नेवार सुन्दरीले सकारात्मक सोच, व्यक्तित्व विकास, महिला सशक्तिकरण, पर्व र रितुअनुसार नेवारी खानाका परिकार,पर्यटन, उद्योग व्यवसाय, नेवारी भाषा, बासुरीवादन, नेवारी संस्कृति रितिरिवाज र परम्परा लगायत विषयमा प्रशिक्षण लिएर खारिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %