रमेश कनौजेमगर, कतार
कतार, १६ मार्च – नेपाल प्रवासी मगर संघ दोहा कतारले २०१४ मार्च १४ तारिकका दिन संघका केन्द्रिय सदस्य तथा सांस्कृतिक बिभागका संयोजक भुपेन्द्र रिखाम मगरलाई एक कार्यक्रमका बिच बिदाई गरियो । संघका केन्द्रिय अध्यक्ष शरण थापामगरको अध्यक्षता तथा महासचिव रमेश कनौजेमगरको सञ्चालनमा भएको उक्त कार्यक्रममा बिदाईका पात्र भुपेन्द्र रिखाम मगर प्रमुख अतिथी थिए भने बिशिष्ट अतिथीहरुमा कतारबासी मगरहरुको २०१४/१५ का राजा केशव रानामगर र संघका केन्द्रिय समितीका प्रमुख सल्लाहकार भिम तरामुमगर थिए ।
त्यस्तैगरी अतिथीहरुमा केन्द्रिय समितीका सल्लाहकार सदस्यहरु देव ब. रानामगर, जनक थापामगर, गिरी काउछामगर, संघका मानार्थ सदस्य टेक ब. रसाइली, नेपाली कला केन्द्रका उपाध्यक्ष अजय कुमार लिम्बू, संघका पुर्व सल्लाहकार सदस्य डि. एन. पाङमीमगर, नेपाल प्रवासी मगर वचत कोषका अध्यक्ष लिलम्बर चिदीमगर, दोहा एरिया समितीका अध्यक्ष विवेक पुलामीमगर, सनैया ए एरिया समितीका अध्यक्ष मिन ब. मगर, अबुहमुर एरिया समतीका अध्यक्ष चित्र ब. मगर थिए । कार्यक्रममा संघका बिभिन्न समितीको र अन्य जनसमुदायको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमकै शिलशिलामा उहाँको योगदानको उच्च कदर गर्दै संघको तर्फबाट बिशिष्ट अतिथी तथा प्रमुख सल्लाहकार भिम तरामुमगरले खादा ओढाई दिनुभएर र मगर बाङ केशव रानामगरले फेटा बाँधिदिनुभएर सम्मान गरेका थिए। अतिथी देव ब. रानामगरले संघको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए भने, अध्यक्ष शरण थापामगरले कदर पत्र हस्तान्तरण गरेर उहाँले संघलाई दिनुभएको योगदानको कदर गरिएको थियो । कार्यक्रममा उहाँलाई बिशिष्ट अतिथी द्धय भिम तरामुमगर र केशव रानामगरले उहाँको नवौं केन्द्रिय कार्यसमिती देखी हाल सम्मको यात्राको दौरानमा उहाँले संघमा बिशेष गरेर सांस्कृतिक लगायत अन्य क्षेत्रमा योगदान गरेको कुराहरुको स्मरण गर्दै त्यस समयमा भएका, गरेका, सिकेका कुराहरुको चर्चा गरेका थिए ।
त्यस्तैगरी प्रमख अतिथी रएका बिदाई भएर जाने रिखामगरले कतारको मगर संघमा अझ केही गर्ने चाहना हँदा हुँदै आफु स्वदेश जानु परेकोमा र संघका साथीहरुलाई छोडेर जानुपरेकोमा दुःख ब्यक्त गर्दै मगर संस्कृती, मगर संघ र मगरहरुको पहिचान तथा हक अधिकारको लागी बिश्वको जुनसुकै कुनामा रहे पनि आफु संघर्षशिल रहने कुरा बताए । त्यस्तैगरी कार्यक्रमका सभापती थापामगरले नेपाल जादै गर्दा उहाँको अभावको महशुस संघलाई भएको र संघ प्रतिको मायालाई सम्मान गर्न उहाँको योगदानको पाठ सिक्दै हामीले अझ लगनशील भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । अन्तमा अध्यक्षले उहाँको ब्यक्तिगत र सामाजिक जिवन सफलताको शुभकामना सहित शुभयात्राको कामना गर्दै कार्यक्रमको अन्त्य गरेका थिए ।