पत्रकार महासंघमा राज्यसत्ताका यी जुझारु

Read Time:9 Minute, 6 Second

राज्यसत्ता सम्बादाता

देशको पुनर्संरचना गर्न सम्पन्न संविधानसभामा तुलनात्मक रुपमा यसपटक पहिलो संविधानसभा जति जनजाति प्रतिनिधिको प्रतिनिधित्व हुन नसकेपनि नेपाली राजनीतिपछि सबैभन्दा चासो र महत्वपूर्ण ठानिने पत्रकारहरुको स्थानीय चुनावहरुमा भने जनजाति पत्रकारहरुले राम्रो भूमिका खेलिरहेकाछन् ।

अघिल्लो चुनावको तुलनामा राम्रो उपस्थिती हुन गएकोछ । सबै जिल्ला र विदेशमा समेत संगठन रहेको नेपाल पत्रकार महासंघका जिल्ला अधिवेशनबाट आदिवासी जनजाति पत्रकार महासंघले बार्गेनिगं गरेरै त्यसरी सदस्यहरुलाई स्थान दिलाएको देखिन्छ । पहिचान विमर्शमा बर्षो देखि हस्तक्षेप गर्दै आईरहेको राज्यसत्ता डटकमका सहधर्मीहरु पनि आ-आफ्ना ठाँउमा सम्मानजनक पदमा बिजयी भएकाछन् ।

नेपालगंज , बाँकेमा भएको हालैको अधिवेशनबाट पनि कार्यसमिति र केन्द्रिय पार्षदमा जनजाति पत्रकारहरु १२ जना निर्वाचित भएका छन् । राज्यसत्ता परिवार उहाँ हरूको उतोत्तर प्रगतिको कामना गर्दै हार्दिक बधाइ तथा शुभकामना दिन चहाँन्छौ ।

तल ति बारे संक्षिप्त जानकारी दिईएकोछ :

देब पचभैया (पाल्पा)

१८ फागुनमा तानसेनमा सम्पन्न पत्रकार महासंघ पाल्पाको नवौ अधिबेशनमा आदिबासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल क्षेत्रिय संयोजक समेत रहेका देव पचभैया मगर, नेपाल पत्रकार महासंघ केन्द्रिय सभासदमा निर्बाचित भएका छन् ।

पत्रकारितामा प्रवेश गर्नु अघि पचभैया स्थानिय कलाकार थिए । स्कुले जिवन र कलेजमा गित गाउंदै हिंड्दा निक्कै पुरस्कार हात पारेको स्मरण सुनाउने उनि एकल लोकगीत र सालैजो गीत बजारमा ल्याउने तयारीमा छन् । भलिबल र तेक्वान्डोमा राम्रै संग जमेका पाल्पाका पचभैया तेक्वान्डोका ब्ल्याक बेल्ट धारक हुन् ।

२०६० सालमा श्रीनगर एफएम स्थापना भए देखि हाल सम्म निरन्तर आवद्ध छन् । सोहि एफएमका स्टेशन म्यानेजर उनी राज्यसत्ता डटकमका पाल्पा सम्बाददाता हुन् । पचभैया नयाँ राज्यसत्ता साप्ताहिकमा समेत आवद्ध थिए ।

मनोज घर्तीमगर (पोखरा)

 

नेपाल पत्रकार महासंघ कास्की शाखा नवौ अधिबेशनमा ४२ केन्द्रिय पार्षदको लागि ८९ जनाको उमेदवारी परेको थियो । मनोज घर्तीमगरले अत्याधिक मत लिएर केन्द्रिय पार्षदमा बिजय हाशिल गरेका छन् ।

मगर रिपब्लिका दैनिक , नागरिक दैनिक र साप्ताहिक सुक्रबारका पोखरा सम्बाददाता हुन् । यस अघि उनि रेडियो सारङकोटमा स्टेशन म्यानेजर ,एबिसी टेलिभिजन र नयाँ पत्रिका दैनिकमा समेत काम गरिसकेकाछन् ।

कलाकारितामा समेत परिचित उनलाई नाटक र सिनेमाको पर्दामा समेत नज़र गर्न सकिन्छ । पोखरामा भएको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीको सातौं अन्तराष्ट्रीय लोक सांस्कृतिक महोत्सवमा ‘टोकन अप लव’ बाट पनि सम्मानित भएका छन् ।

ईतिहासमा रुचि राख्ने उनको बृटिस गोर्खा सैनिकमा मगर ,गुरूङ र अन्य जनजाति लाइ किन गोर्खा बनाइएको? भन्ने खोज मुलक  ईतिहास सम्बन्धमा एउटा पुस्तक अर्को महिना बजारमा आँउदैछ । उनी राज्यसत्ता डटकमका पोखरा सम्बाददाता हुन् ।

भैरव आङ्ला ( धरान)

भर्खरै नेपाल पत्रकार महासंघ सुनसरीको नवौं जिल्ला अधिवेशनवाट केन्द्रिय सभासद निर्वाचित भएका अर्का जनजाति पत्रकार हुन भैरब आङ्ला । उनि आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष पनि हुन् ।

सुनसरीको धरानलाई कर्म थलो वनाएर डेढ दशक देखि पत्रकारितामा आवद्ध राज्यसत्ता डटकमका पुर्वाञ्चलका सम्बाददाता आङ्ला सप्तकोशी एफएमका कार्यक्रम संयोजक पनि हुन् । एविसी टिभीसंग पनि उनको आवद्धता छ ।

हालै धरान नगरपालिकाको नगर विकास पत्रकारिता पुरस्कारवाट समेत सम्मानित आङ्लाले आफ्नो फेशबुक स्टाटसमा लेखेका छन् -‘यो पुरस्कारले अझ एउटा स्वतन्त्र र निष्पक्ष पत्रकारितावाट समाजलाई सुसुचित गर्ने जिम्मेवारी वोध भएको छ ।’

सन्त गाहा मगर (काठमान्डु )

 नेपाल पत्रकार महासंघ हिमालमिडिया शाखाको १९ फागुनमा सम्पन्न अधिवेशनले अध्यक्षमा सन्त गाहा मगर लाई निर्विरोध निर्वाचित गरेको छ ।

हिमाल साप्ताहिकका उनी विशेष संवाददाता हुन् । राज्यसत्तामा उनी स्थापानाकाल देखि नै प्रत्यक्ष/अप्रत्यक्ष संलग्न छन् । राज्यसत्ता डटकमको माउ प्रकाशन नयाँ राज्यसत्ता साप्ताहिकबाट उनले पत्रकारिता शुरु गरेकाहुन् । त्यसको सहप्रकाशन राज्यसत्ता द्वैमासिकमा पनि उनले लामो समय काम गरे । केहि समय अघि सम्म उनी राज्यसत्ता डटकमका सम्पादक पदमा रहि काम गरेकाथिए ।

दिपा आलेमगर ( नेपालगंज )

 

नेपाल पत्रकार महासंघ बाँके शाखाको फागुन २८ गते सम्पन्न १०औ जिल्ला अधिबेशनबाट महासंघको केन्द्रिय प्रतिनिधि अर्थात सभासदमा निर्बाचित भएका दिपा राज्यसत्ताका नेपालगंज सम्बाददाता हुन् ।

सो पद उनले चुनाव लडेर प्राप्त गरेकि हुन् । सगरमाथा टेलिभिजन नेपालगंजका संबादाता उनी राष्ट्रिय दैनिक र स्थानिय पत्रपत्रिकामा समेत आवद्ध छन् ।

दिपाको भूमिका कलम चलाउनेमा मात्रै सिमित छैन , उनि समाज सेवामा पनि उत्तिकै सक्रिय छिन् । गत माघ १८ गते पोखरामा सम्पन्न नेपाल मगर विद्यार्थी संघको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा निर्वाचित भएकिछन् ।

बिभिन्न पुरस्कार बाट सम्मानित भैसकेका आलेमगरले लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चाको लड़ाकूको रुपमा समेत परिचित छिन् । २०६९ साल जेठ ७,८ र ९ को जनजाति आन्दोलनमा उनी सख़्त घाईते भएकि थिईन् ।

 

जगन शर्मा ( काठमान्डु)

  टिभी र अनलाईन पत्रकारितामा राम्रो अनुभव बनाएका राज्यसत्ता डट कमका पूर्व काठमान्डु संवाददाता जगन शर्मा ( आत्रेय) सिन्धुपाल्चोकबाट केन्द्रिय पार्षदमा छानिएकाछन् । हाल उनी माउन्टेन टि.भीमा कार्यरत छन् ।

 

 

 

 

डा. चजिन्द्र राना ( बेलायत)

  

पेशाले डाक्टर भएपनि लेखन कलामा सिद्धहस्त हुँदै गैरहेका राज्यसत्ता डटकमका बेलायत ईन्चार्ज राना त्यहाँ यहि महिना सम्पन्न नेपाल पत्रकार महासंघ, बेलायतको अधिवेशनबाट शाखाको सदस्यमा चयन भएकाछन् ।

बिभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्न जुझारु कार्यकर्ताको रुपमा समेत उनी परिचित छन् । नेपाल आदिवासी जनजाती महासंघ बेलायतको सल्लाहकार समेत रहेका राना मगरले मगर संघ हङकङको मूखपत्र ‘कानुङइम’ मा समेत प्रधान सम्पदकको जिम्मेवारी निभाइ सकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %