दीपा आले
नेपालगन्ज , ३० चैत्र – नेपाल पत्रकार महासंघ बांकेको १० औ अधिवेशनबाट रुद्र सुवेदीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । सुवेदीले निकटतम प्रतिद्वन्दी राकेश मिश्रलाई पराजीत गरेका हुन् ।
निर्वाचन समितिले दिएको मत परिणाम अनुसार महासंघको उपाध्यक्षमा गोविन्द शर्मा, सचिव तिलक गाउंले, सहसचिव चन्द्र खनाल र कोषाध्यक्षमा विश्वराज पछलड्ङया विजयी भएका हुन् । कार्यसमितिका सदस्यहरुमा काशीराम शर्मा, कमल डांगी, प्रियास्मृति ढकाल, प्रेरणा तामाङ्ग, हेमन्त चौधरी, विनय दिक्षित, राजेश मिश्र, हेमन्त विक, अमृता केसी, सकिल खान सकिल कादरी र कृष्ण चौधरी निर्वाचित भएका छन् ।
अधिवेशनले हेमन्त, कर्माचार्य, निरज गौतम, नरेन्द्रजंग पिटर, पूर्णलाल चुके, शिव डोटेल,, झलक गैरे, शरण कर्माचार्य, रुद्र खड्का, सिराज खान, प्रेम केसी, कृष्ण अधिकारी, जनक नेपाल, दामोदर भण्डारी, शुक्रऋषि चौलागाई, कृष्ण खनाल, दीपा आलेमगर, सृजना आचार्य, उमा थापामगर, जयनारायण शाह, सुरेन्द्र काफ्ले, रुपन ज्ञवाली, डिल्ली विसी, ठाकुरसिंह थारु, अछरी पोख्रेल, तुला अधिकारी, मोहम्द हारुन, गोपी बुढामगर, दुर्गा रोकाय, कुमार श्रेष्ठ र ऋषि गैरे केन्द्रिय पार्षदमा निर्वाचित भएका छन् ।
यस अधिवेशनबाट कार्यसमिति र केन्द्रिय पार्षदमा जनजाति पत्रकारहरु १२ जना निर्वाचित भएका छन् ।