मोना हङकङ अध्यक्षमा ईन्द्र (एलजी) थापामगर

Read Time:3 Minute, 8 Second

हङकङ  

जोर्डन, ९ मार्च – म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको छौठौ अधिवेशनले ईन्द्र एलजी थापामगरको नेतृत्वमा  १५ सदस्यी कार्यसमिति निर्वाचीत भएको छ।  

  हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा विशेष अतिथि मोना आइसीसीका संयोजक प्रकाश पुन, भूपू अध्यक्ष तुल्मराज रामजाली र अतिथिहरुमा पुन मगर समाजका अध्यक्ष राजु गर्बुजा,मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योति आले मगर ,गुल्मी समाजमा अध्यक्ष नेत्र पहराई, थकाली समाजका अध्यक्ष तथा मोना हङकङका सल्लाहकार हर्क नारायन तुलाचन,बाग्लु समाजका अध्यक्ष देवानसिहं पुन,फियोना हङकङका अध्यक्ष गणेश गुरुङ,पर्वत पुन मगर समाज कल्याणकारी कोषका प्रतिनिधि जस बहादुर चोचाङगी, मोना हङकङका सल्लाहकारहरु रुप प्रसाद पुन, हर्कमान मगर र राजेन्द्र  श्रेष्ठ थिए । अतिथिहरु सबैले अधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए।

संघका अध्यक्ष दल सेर्बुजाको अध्यक्षतामा स्वागत मन्तव्य सदस्य तथा महिला विभाग प्रमुख विना पुनले र सह सचिव रुपा चोचाङगीले संचालन गरेका थिए ।

ई.हर्क मान मगरको अध्यक्षमा ३ सदस्यी अध्यक्ष मण्डलमा सदस्यहरु राजु गर्बुजा र राजेन्द्र श्रेष्ठ थिए । कार्यप्रतिवेदन सह सचिव रुपा चोचाङगीले प्रस्तुत गरिएको कार्यप्रतिवेदन उपर व्यापक छलफल भै विशेष गरि प्रस्तावित प्रस्तावहरु कार्यसमितिलाई नै जिम्मा दिने गरी पारित भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष कर्ण पुनले पेश गरेका थिए । उक्त प्रतिवेदन पनि समान्य छलफल भै पारित भएको थियो। त्यस पश्चात निर्वाचन गरिएको नयाँ कार्यसमितिमा अध्यक्ष ईन्द्र एलजी थापामगर, उपाध्यक्ष  पदम् शेरचन,सचिव प्रमोद गिरी,सहसचिवआशा पुन,कोषाध्यक्ष ज्ञानेन्द्र थापा  र सदस्यहरु रेणु थापा मगर,शिला जुग्जाली,दमाया पुन,जेबेन्द्र फगामी,लिल रोका,नारायण पुन,हरि पुर्ज,दिलीप पुन,घन बहादुर राना र मोहन रोका निर्वाचित भएका थिए भने सपथ ग्रहण अध्यक्ष मण्डलका अध्यक्ष ई. हर्क मान मगरले गराएका थिए।

ईन्द्र (एलजी) थापामगर

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %