मनोज घर्तीमगर
नेपाली फिल्म भन्ने बित्तिकै ठूला पाखुरा । आर्यन अनुहारको छाया आउँछ । तर यतिबेला पोखरामा आँखा चिम्सा भएका मंगोलियन अनुहार पनि पर्दामा नायकत्व देखाईरहेका छन् । चिम्सा आँखा । मझौला कद र मांगोलियन अनुहारका मगरहरु बिस्तारै पर्दामा जम्दैछन् । विसं २०४६ को जनआन्दोलनपछि राजनीतिक र सामाजिक परिवर्तन भए । कला सँस्कृतिको संरक्षण र पहिचाको आन्दोलन पनि सुरु भयो । त्यही क्रममा स्थानी स्तरमा बनेका विभिन्न मातृभाषका फिल्मले आफ्नो परम्परा, भाषा, धर्म, रितिरिवाज र सँस्कृतिको उठान गरे । त्यतिबेला देखि नै मगर फिल्म पनि विस्तारै उकालोरित लाग्यो ।
विसं २०५१ सालमा ‘लङ्घन’ फिल्म निर्माण भएपछि मगर फिल्मको इतिहास शुरू भएको हो । युवराज मास्की रानामगरको निर्देशन, हिमालयन कल्चर मुभिजको ब्यानरमा निर्माण भएको फिल्म डिबि.पुलामी मगरले लगानी गरेका थिए । यहि इतिहासलाई निरन्तरता दिँदै यतिबेला मगर भाषा र सँस्कृतिमा आधारित फिल्म बनाउँन तछाडमछाड चलिरहेका छ । केही वर्ष पहिलेसम्म मगर फिल्म सदरमुकाममा मात्र प्रदर्शन भईरहेको थियो । त्यो पनि केवल च्यारिटी शो मात्रै । अहिले मगर फिल्मले गाउँस्तरसम्म आफ्नो बजार जनमाएको छ । बसोबासको हिसाबले पूर्व मेचीदेखि पश्चिम महाकालीको कुनाकुनामा मगर जाति फैलिएको हुँदा सबै क्षेत्रमा फिल्म देखाउन पनि सजिलो छ । विभिन्न विदेशी मुलुकमा समेत प्रर्दशन हुन थालेपछि मगर फिल्मकर्मी झन् हौसिएका छन् ।
पछिल्लो समय पोखरा र यस आपासमा मगर कथानक नेपाली भाषाका फिल्म तथा मगर भाषाका फिल्महरु धमाधम बनिरहेका छन् । पोखरा र यस आसपासमा धमाधम मथ। फिल्म बनेपछि फिल्म भन्ने बित्तिकै ठूला पाखुरा, अग्लो न अग्लो आर्यान अनुहारको छायाँ देख्ने दर्शकको बुझाईमा पनि फरकपन आएको छ । कोही आफ्नो भाषा, सँस्कृतिलाई फिल्मका माध्यमबाट सम्बद्र्धन गर्ने भन्दै हाम फालेका छन् । कोही रहरले फिल्म लाइनमा आएका छन् । कोही समाज रुपान्तरणमा योगदान दिने भन्दै फिल्को सहारा लिइरहेका छन् । कोही भने पर्दामा देखिने रहर पूरा गर्न र कलाकारको रुपमा दर्ज हुन फिल्ममा आएका छन् । केही यस्ता व्यक्ति छन् जसले फिल्म बुझेर लागेका छन् । जे भए पनि पछिल्लो समय पोखरा र यस आसपासका धेरै व्यक्तिमा मगर फिल्म बनाउने भूत सवार भएको छ । जसले रातारात कसैलाई नायक, कसैलाई नायिका अनि कोही निर्माता त कोहीलई निर्देशक बनाईदिएको छ । फिल्म निर्देशक / छायाँकार सन्तोष पिठाकोटेमगर फिल्म बन्ने क्रम बढ्नुलाई स्वाभाविक ठान्छन् । उनले मगर फिल्म बन्ने लहर चलिरहेको बेला धेरैजसो व्यक्ति लहलहैमा, केही व्यक्ति रहरले यो क्षेत्रमा प्रवेश गरेको सुनाउँछन् । ‘कोही बुझेर आएका छन् । कोही नबुझेर आएका छन्’ उनी भन्छन्, ‘तर, बजार अझै पनि सुरक्षित छैन, बुझेर मात्रै फिल्ममा लाग्दा राम्रो हुने मेरो सुझाव छ ।’
एकपछि अर्को धमाधम फिल्म बन्न थालेपछि चिम्सा आँखा, मझौला कद भएका मंगोलियन अनुहार भएका नायक / नायिकाहरु ह्वात्तै बढेका छन् । यतिबेला फिल्म बनाउनका लागि प्रतिस्पर्धा चलेको छ । स्थानीयस्तरमा बनेका फिल्मको बजार पनि फराकिलो हुँदै गएकोले फिल्म बन्ने क्रम ह्वात्तै बढेको मगर चलचित्रकर्मी संघका महासचिव मेजन पुनमगरको भनाई छ । ‘धमाधम मगर फिल्म बन्नुको पछाडी बजार विस्तार हुनु मुख्य कारण हो, पहिले पोखरामा मात्रै चल्थ्यो । अहिले नेपालका विभिन्न जिल्ला र विदेशमा पनि फिल्म चल्छ’ महासविच पुनगमर भन्छन्,‘फिल्मबाट नाम मात्रै हैन, दाम पनि आउन थाल्यो । यसले झन् हौसला थपेको छ ।’ फिल्मको माध्यमबाट बन्नु रा
विसं २०६२ / ६३ को जनआन्दोलपछि उठेको पहिचानको मुद्धालाई पछिल्लो समयमा बनेका मगर फिल्ममले प्राथमिकतामा राखेका छन् । फिल्मले भाषा, धर्म र सँस्कृतिको उठान बढी गरेका छन् । त्यो बाहेक लाहुरे सँस्कार सम्बन्धी फिल्म पनि धेरै बन्ने गरेका छन् । डिजिटल प्रविधिको विकास स्थानीय स्तरमा बन्ने यस्ता फिल्मका लागि वरदान भएका छन् । अधिकाशं फिल्म ५ देखी २० लखको हाराहारीमा बन्छन् । यस्ता फिल्म नाफा कमाउन भन्दा पनि सँस्कर र संरक्षण गर्न र मगरातप्रति जनमत बनाउन बनाईएका छन् । केही फिल्म त मगरातको राजनितिक मिसनमा आधारित छन् । ‘पछिल्लो समय आदिवासी जनजातिमा पनि चेतनाको लहर बढ्दै गयो, उनीहरुले पहिचानको मुद्धालाई समेट्न फिल्मको सहयोग लिन थाले’ राजनीतिक मिसनमा आधारित फिल्म घावनाङखनर नितार्मता एवं नेपाल मगर संघका महासचिव नविन रोकामगर भन्छन्, ‘केहीले फिल्मलाई सामाजिक जागरण, समाज रुपान्तरणका लागि गतिलो माध्यम पनि ठानेका छन् ।’
मगर फिल्महरु कुनै ऐतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामुलक त कुनै शुद्ध मनोरञ्जनको लागि निर्माण गरिएका छन् । फिल्मले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण / सचेतना ल्याउने समेत गर्छ । पछिल्लो सयम आफ्नो संस्कृति, परम्परा र भाषाहरूको संरक्षण र संवद्र्धन गर्ने भन्दै धमाधम मगर फिल्म बनिरहेका छन् । सुरुमा सस्कृतिसँग मात्र जोडिएका फिल्म बने पनि पछिल्लो समयमा शहरी जनजीवन र आधुनिक शैलिमा फिल्म निर्माणको क्रम बढेको छ । ‘आफ्नो कला, सँस्कार, भाषा र पहिचानका लागि पनि मगर फिल्म बन्न जरुरी छ’ मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्कीमगर भन्छन्,‘पहिलेको तुलनामा केही बढे पनि जनसंख्याको अनुपात अनुसार मगर फिल्म अझै बन्न सकेका छैनन् । मगर फिल्महरु अझ धेरै बन्नुपर्छ ।’
आधुनिकतासँगै फिल्मका लागानी पनि बढी हुने गरेको छ । कसले पहिले फिल्म बनाउने भनेर प्रतिस्प्रर्धा भएपछि कलाकारलाई निकै फाईदा पुगेको छ । फिल्म बन्ने क्रम बढेपछि नयाँ अनुहारले पनि पर्दामा जम्ने मौका पाएका छन् भने पूराना कलाकारलाई अभियन गर्न भ्याईनभ्याई भएको छ । संघका महासचिव मेजन पुनमगरका अनुसार अहिलेसम्म करिब ५० जति मगर फिल्म बनिसकेका छन् । यस्तै झन्डै २५ वटा डकुमेन्ट्री छन् । तीमध्ये झन्डै ३० वटा फिल्म संघमा दर्ता भएका छन् । गत वर्ष छिनिङ पिहिन, म्यारमिन, गाउँला, यूपा फिल्म बनिसकेका छन् । यी फिल्महरु अब धमाधम प्रर्दशन हुँदैछन् । यति मात्रै हैन निकै चलेका निर्देशक माओत्से गुरुङको दुरविन राजेश गुरुङको, युग गुरुङको माँ, कर्मरेखा लगायतका फिल्महरु सुटिङको तयारीमा छन् । यसअघि सालीज्यू, ङऊ कर्म, ङौ आरमिट्मा, एजु, बाराहीपुत्र, यानीमाया, हरपलको बाध्यता, आशे, लीसरा पनि निर्माण गरिएका छन् ।