राज्यसत्ता ब्युरो ,बेलायत
लन्डन , ९ मार्च २०१४ – नेपाल पत्रकार महासंघ बेलायत शाखाको दोश्रो अधिबेसनले देव राज आचार्य चिरनको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समिती चयन गरेको छ । अध्यक्ष लगायतका सम्पूर्ण सदस्य प्रकृयागत रुपमा सहमितियमै चयन भएको थियो । तर कोषाद्क्ष्य पदको लागि ३ जनाको उम्मेद्बारी परेकोले अन्तिम समय सम्म पनि सहमतिमा पुग्न नसके निर्वाचन प्रकृयामा जाने निर्वाचन मन्डलको तर्फबाट जनाइए पनि अन्तिममा स्पस्टीकरण सहित उक्त पदका दावेदार देवेन्द्र खेरेस र मिलन शर्माले उम्मेद्बारी फिर्ता लिएका थिए । नयाँ कार्य समितिका वरिस्ठ उपाद्क्ष्य नरेश खपाङी मगर ,उपाद्क्ष्य धर्म राज अधिकारी ,महासचिव श्याम कुमार लुइतेल ,सचिव लीलामान शेर्पुन्जा ,कोषाद्क्ष्य देवी प्रशाद गौतम , सदस्य हरुमा छत्र वनेम ,राज्कुमार थापा ,शिव भण्डारी ,किरण लिम्बु ,शिवराम तिवारी ,निर्पेश उप्रेती र धुर्व अर्याल निर्बिरोध निर्वचित भएका छन ।
कार्यक्रम निवर्तमान अध्यक्ष नविन पोखरेल्को अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा निर्वाचन समितिका सल्लाहकार तथा नेपाल पत्रकार महासंघको प्रतिनिधित्वो गर्दै बि. बि .सि नेपाली सेवाका बरिस्ठ पत्रकार भागीरथ योगिले नेपालमा पनि नेत्रित्वो चयनको दौद धुपभै रहेको र यहाँ पनि दोश्रो अधिवेसन सम्पन्न हुन गैरहेको माथि प्रकाश पार्दै पत्रकारहरुले समाजमा सकारात्मक भूमिका प्रती खेल्नु पर्ने धारणा व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकाना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको बन्द सत्रको घोषणा सँगसङै महासचिव नरेश खापाङी मगरले संघको संगठनिक प्रतिवेदन प्रस्तुत गरी त्यस्माथी टिप्पणी गरिएको थियो ।
संस्थाको आर्थिक प्रतिबेदन कोसाध्यक्ष लीला मान शेर्पुन्जाले प्रस्तुत गरेका थिए । त्यस्लगत्तै कार्यक्रमको अध्यक्षता गरेका नविन पोखरेलले आफ्नो मन्तव्य समापन सँगै पुरानो कार्य समिती विघतन भएको घोषणा गरे पस्चात निर्वाचन मन्दलका सन्योजक अधिवक्ता राजु थापाले नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारी हरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका गरी नव निर्वाचित पदाधिकारी हरुलाई सपथ ग्रहण गराइएको थियो ।
उक्त कार्यक्रम्को पर्मुख अतिथी बेलायतका लागि नेपाली राज्दुत तेजबहादुर छेत्री ,बिशेष अतिथी एन. आर .एन. आ. ई .सि.सी अध्यक्ष शेश घले,नेपाल पत्रकार महासंघका प्रतिनिधि वरिस्ठ पत्रकार भागीरथ योगी लगायत अन्य अतिथी हरुमा एन .आर. एन. यु .केका अध्यक्ष योगेन छेत्री ,एन .आर. एन .आ. सि .सि सम्रक्षक हित्मान गुरुग , नेपाल टेलिविजन यु के का प्रबन्धक विजया थापा आदीको सहभागीता थियो ।