दोहा
कतार ,१० मार्च – बिश्व भर छरिएर रहेका मगरहरुले मगर दिवस भब्य रुपमा मनाउने क्रममा कतारमा पनी नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा ३२ औं मगर दिवस केन्द्रिय समितीका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरको संयोजकत्व तथा केन्द्रिय समितीका अध्यक्ष शरण थापामगरको अध्यक्षता र महासचिव रमेश कनौजे मगरको सञ्चालनमा मार्च ७ तारीकका दिन समाल पब्लिक गार्डेनमा ११०० जना भन्दा बढीको सहभागीतामा मनाइएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष विनेश तामाङ, बिशिष्ट अतिथीमा मगर संघका प्रमुख सल्लाहकार भिम तरामुमगर र एन आर एन ए (एन. सी. सी.) कतार च्याप्टरका कोषाध्यक्ष द्रोण बस्नेत थिए ।
त्यस्तैगरी अतिथिहरुमा किराँत राई यायोक्खाका अध्यक्ष धिरज चाम्लिङराई, किराँत याक्थुङ चुम्लुङका का. बा. अध्यक्ष मन कुमार लिम्बू, तमु सेवा समाजका अध्यक्ष कृष्ण तमू, नेपाल प्रवासी तामाङ सेवा समाजका महासचिव दिलदोर्जे तामाङ, थारु कल्याणकारिणी सभाका उपाध्यक्ष सियाराम चौधरी, प्रवासी नेपाली मञ्चबाट का. बा. अध्यक्ष चाणक पोख्रेल, नेपाली जनप्रगतिशिल मञ्चका महासचिव प्रेम लामा, नेपाली एकता समाजका केन्द्रिय सदस्य उद्धव मगर, मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष नरेन्द्र कुमार लिम्बु, खोटाङ सेवा समाजका अध्यक्ष मनि प्रसाद आचार्य, बाग्लुङ सेवा समाजका सल्लाहकार सदस्य मिल के.सी., गुल्मी सेवा समाजका कोषाध्यक्ष बुद्ध पाण्डे, नेपाली कला केन्द्रका सुवास गजमेर, अन्तर्राष्ट्रिय राजधानी सप्ताहिकका पत्रकार प्रेम कुमार लामा, नेपाल प्रवासी युवा समाजका अध्यक्ष छम परियार थिए ।
अतिथी कै क्रममा संघका संस्थापक उपाध्यक्ष, पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य सुनिल पुनमगर, संघका संस्थापक सचिव तथा पुर्व अध्यक्ष दिलिप रानामगर, संघका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य देव बर रानामगर, सल्लाहकार सदस्यहरु जनक थापामगर, गिरी काउछामगर, संघका मानार्थ सदस्य बबिन राई, टेक ब. रसाइली, नेपाल प्रवासी मगर वचत कोषका अध्यक्ष लिलम्बर चिदीमगर, दोहा एरिया समितीका अध्यक्ष विवेक पुलामीमगर, सनैया “ए” एरिया समितीका अध्यक्ष मिन ब. मगर, सनैया “बी” एरिया समितीका अध्यक्ष मदन आलेमगर, अबुहमुर एरिया समितीका अध्यक्ष चित्र ब. मगर, साहनिया एरिया समितीका उपाध्यक्ष दिल कु. मगर, वक्रा एरिया समितीका सचिव अमृत मगर, सइलिया एरिया समितीका सचिव दिल ब. पुनमगर थिए ।
अतिथीहरुको आशन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथी र अध्यक्षद्धारा संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे पछी नेपालका प्रथम सहिद लखन थापामगरको विशेष सम्झना गर्दै र अन्य सम्पूर्ण देशभक्त ज्ञात अज्ञात सहिदहरु प्रती सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमकै शिलशिलामा राष्ट्रिय गान र मगर गान गाईसकेपछी संस्थाका प्रथम उपाध्यक्ष महेन्द्र थापामगर द्धारा स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी दिएको थियो । त्यस्तै मगरहरुको संस्कृतिको बारेमा सांस्कृतिक विभागका संयोजक भुपेन्द्र रिखाम मगरले जानकारी गराएका थिए । मन्तव्यको क्रममा कतारमा रहेका संघ संस्थाहरुको तर्फबाट एन. आर एन ए (एन सी सी) कतार च्याप्टरका कोषाध्यक्ष द्रोण बस्नेत, विशिष्ट अतिथी भिम तरामुमगरद्धारा र प्रमुख अतिथीद्धारा शुभकामना मन्तव्य दिएका थिए । उनिहरूले मन्तव्यको क्रममा मगर दिवस मनाउन ब्यापक उपस्थितीमा खुसी व्यक्त गर्दै मगरहरुले अझ एक भएर हरेक कुराहरुमा अगाडी बढ्नुपर्ने आवश्कता औंल्याए । बिश्वका मगरहरुले किन मगर दिवस मनाउँछ र बिगतमा एकात्मक ब्यबस्थाले हामी नेपालका सम्पूर्ण आदिवासी जनजातीहरुमा परेको असरबारे प्रष्ट पारेका थिए ।
मगर बाङ केशव रानामगर घोषित
३२ औं मगर दिवस कार्यक्रममा कार्यक्रमको रुप परिवर्तन गर्दै खाना खाए पछी डोरी तान्ने, हाँडी फोर्ने (महिला मात्र), तातो आलु (अतिथी र महिला मात्र) डौड प्रतियोगीता (मगर संघको कुनै पनि समितीमा रहेर काम गरिरहेको/गरिसकेको मात्र), जस्ता खेलकुद प्रतियोगीता गरिएको थियो ।
उक्त खेलहरुमा डोरी तान्नेमा ८ टिम मध्ये सइलिया टोली भुवन मगर, टेक प्रसाद, पुरन प्रसाद, सुर्य मगर, नवराज ढेंगामगर रहेको टिमले विजय प्राप्त गरेको थियो । हाँडी फुटाउनेमा १२ जना मध्ये कुमारी रानामगर विजयी भएका थिए । त्यस्तैगरी तातो आलु खेलमा २३ जना मध्ये सरिता आचार्य र डौडमा प्रथम केशव रानामगर र द्धितीयमा रविन मगर विजय भएका थिए । सधैं झैं यस पटकको ३२ औं मगर दिवसमा पनि एक बर्षे सांस्कृतिक बाङ छनौट गर्दा डौड प्रतियोगीतामा प्रथम भएर केशव रानामगरले २०१४/१५ को लागी कतारबासी मगरहरुको बाङ आफ्नो पोल्टामा पारेका थिए । खेलकुद कार्यक्रमको संयोजकमा कृष्ण रानामगर थिए ।
सांस्कृतिक कार्यक्रमको रौनक
मगरहरु कला र संस्कृतीमा धनी रहेको जाती हो । हामीमा रहेको संस्कृती संरक्षण र सम्बर्धन गर्नुपर्छ भन्ने अभिप्रायले सधैं झैं यस कार्यक्रममा पनि मारुनी, कौडा, सालैजो हुर्रा, डिंग्रे लगायत दर्जन भन्दा बढी बिभिन्न मगर संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम गरिनुका साथै बिभिन्न कमेडी, आधुनिक र चलचित्रका गीतहरुमा गाएर, नाचेर कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरायका थिए । उक्त कार्यक्रममा गीतहरुको भुपेन्द्र रिखाममगर, जनक थापामगर र विजय मिरिङचिङमगरले नृत्य निर्देशन गरेका थिए । मध्य पश्चिम तिर नाचिने सोरठी नाच र झ्याउरे नाचको वाहवाहीले दर्शकहरुले भरिपुर्ण सन्तुष्ट लिएका थिए । त्यस्तैगरी पुर्वमा ब्यापक रहेको हुर्रा र पश्चिम भेगमा रहेको डिंग्रे नाचले सांस्कृतिक कार्यक्रमको रौनक नै उत्कृठ बनाईदिएको थियो । उता कौराहा, मारुनी र सालैजोमा कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु छमछमी नाच्न बाध्य भएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली तारा २०१३ कतार, विरेन्द्र श्रेष्ठको प्रस्तुती र गैर आवासीय नेपाली नृत्य तारा २०१३ कतारका दिपक मगरको प्रस्तुतीले कार्यक्रमको स्तरीयता उच्च बनाएको थियो । सांस्कृतिक कार्यक्रमका सञ्चालक डि. एन. पाङमीमगरले पेट मिची मिची हँसाउँदै कार्यक्रमलाई रौनक बनाइएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजकमा भुपेन्द्र रिखाममगर थिए ।
गैर आवासीय नेपाली नृत्य तारा २०१३ कतारलाई सम्मान
तमु समाज कतारले आयोजना गरेको सांगितीक मेला २०१३, १७ अक्टोबर २०१३ बाट शुभारम्भ भएको र २०१४ जनवरी १७ मा भएको ग्राण्ड फिनालेमा नेपाल प्रवासी मगर संघ दोहा कतारको तर्फबाट सहभागी भएका मान पकडी – ५, रुपन्देहीका दिपक बुढा मगरले ५९.७५ प्रतिशत मत ल्याएर गैर अवासीय नेपाली नृत्य तारा २०१३, कतारको उपाधी जितेकोले उनलाई बधाईका साथ आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको शुभकामना सहित मगरहरुको नाम उँचो बनाउन सफल भएको प्रगतीलाई प्रोत्साहन प्रदान गर्दै पगरी गुथेर सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
राहत कोष संकलन
विभिन्न भैपरी समस्याहरुमा संघले आवश्यकता अनुसार राहत दिनको लागी संघले ३२ औं मगर दिसको अवसरमा राहत कोष स्थापना गरेको छ । राहत कोषमा दान दिन इच्छुक महानुभावहरुबाट संकलन गर्ने परिपाटी रहेको उक्त राहत कोष संकलन कार्यक्रमका अध्यक्षद्धारा शुभारम्भ गरिएको थियो । कार्यक्रममा आतिथ्य आउनुभएका तथा सहभागीबाट ३३२२ कतारी रियाल राहत कोषको लागी सहयोग संकलन भएको थियो ।
कार्यक्रममा पुरस्कृत
३२ औं मगर दिवस कार्यक्रमको लागी विनेश तामाङ र भिम घलेबाट मुख्य प्रायोजन गरेका थिए । अन्य प्रायोजनमा पानिको लागी लोकेन्द्र पिठाकोटेमगर , यातायात तर्फ गणेश बञ्जाडे, झबिन्द्र आचार्य, होम घले, अर्जुन पाइजामगर, मिन ब. मगर, डिल्ली कुमार सुवेदी, रोशन यादवले यातायातमा प्रायोजन गरेका थिए । ब्यानर प्रायोजनमा मन ब. पुनमगरले गरेका थिए । अन्तमा स्वयमसेवक र प्रायोजकहरुलाई प्रशंसा पत्र र खेलमा विजेताहरुलाई प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो । कलाकार र मुख्य प्रायोजकहरुलाई भने समयाभावले प्रशंसा पत्र वितरण पछी गरिने जानकारी दिइएको थियो । त्यसपछी सभापती शरण थापामगर द्धारा उपस्थिती सम्पुर्ण अतिथि , खेलाडि सबैलाइ धन्यबाद सहित कार्यक्रमको अन्त्य गरेका थिए ।
रमेश कनौजेमगर, दोहा कतार