फोटो फिचर सहित दीपा आले मगर
काठमाडौ
ललितपुर , २४ फागुन – मगर समाज सेवा केन्द्र ललितपुरको नवनिर्मित समाज घरको आज एक भब्य कार्यक्रम गरी उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री वर्षमान पुनमगरले सो समाज घरको उद्घाटन गरे ।
नवनिर्मित भवनको उद्घाटन गर्दै समाजमा नमुना समाज घर बन्न सफल भएकोमा शुभकामना ब्यक्तगरे । उनले अब बन्ने संविधानमा राज्यदेखि दविएका, हेपिएका जनताको भावना लेखिनु पर्ने बताए । राज्यले मगर समुदायलाई राज्यको मूलधारमा समेट्न नसकेको बताउंदै अब स्वम मगर समुदाय नै आफ्नो हक अधिकारको लागि एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । साथै मगर समुदायले आफ्नो पहिचानलाई संरक्षण गर्दै अगाडि बढनु पर्ने पनि बताए ।
२०५२ सालमा सुरु भएको मगर समाज सेवा केन्द्रको भवन निर्माणमा कुल रकम ९४ लाख, ८६ हजार ७ सय ५७ रुपिया लागेको समाजका अध्यक्ष मिनबहादुर बलालम गरलेबताए । भवन दुई तले रहेको छ । भुई तलामा ६ कोठा २ टवाइलेट २ स्टोर र हल रहेको छ भने दोस्रो तलामा ३ कोठा सहितको भवन निर्माण भएको छ ।
कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापामगर, नेपाली कांग्रेसका सभासद डा. कृष्ण बहादुर छन्ताल थापामगर, क्याप्टेन जमानसिंह रानामगर लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा मगर भाषाका गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो । पछिल्लो समय यता मगर समुदायमा जनचेतनाको विकासले गर्दा कार्यक्रममा मगर समुदायको संख्या बढ्दै गईरहेको सहभागीहरुले बताए ।