नेपाली मिडियाको अग्निपरिक्षा

Read Time:6 Minute, 53 Second

निश्चल काउचा  

२०६८ बैशाख ७ गते कान्तिपुर दैनिकले ”धन्य अनुजा ! जसले भेट्टाएको ९१ लाख फिर्ता दिईन” शिर्षकमा हर्ष सुब्बाको समाचार मुख्यपुष्ठमा छापे पछि राष्ट्रपति रामवरण यादवले देशमा नैतिक खडेरी परेको बेला तिमीले ईमान्दारिता देखायौ भन्दै फोन गरेर स्याबासी दिए । अन्तत त्यो समाचार झुट साबित भए पछि कान्तिपुरले आफ्नै समाचारको खण्डन गर्दै माफि माग्यो ।

(यिनै हुन् दिलशोभाले फोनमा कुरा गरेकी राधिका मानन्धर , जसलाई स्याहार्न ‘आमा घर’ की सञ्चालक दिलशोभा श्रेष्ठले धर्मकुमारी थापालाई पठाएकामा ‘यौन दुराचार’ को अपुष्ट आरोप लगाइएको थियो । दिलशोभामाथि ‘यौन दुराचार’ को आरोपमा आफ्नो समेत नाम मुछिएपछि रोजीरोटी नै गुमेको धर्मकुमारी थापाले बताइन् ।

‘अनावश्यक लाञ्छनाले गर्दा चरित्रहत्या त भयो/भयो, दैनिक गुजारा गरिरहेको जागिरसमेत गुम्यो । यसको क्षतिपूर्ति कसले दिन्छ ? मेरी छोरी कसले पढाउँछ ?’ राधिका मानन्धरलाई सहयोग गर्न आफूलाई दिलशोभाले पठाएको बताउँदै धर्मकुमारी थापाले भनिन्, ‘१७ वर्षकी छोरी कीर्तिपुरमा होस्टल बसेर सहिद स्मारक उच्च माविमा कक्षा ११ मा पढ्दै छे । उसको होस्टलको ६ हजार पाँच सय र कलेजको फी -शुल्क) गरी मासिक आठ हजार बुझाउनुपर्छ ।  यो घटनाले मेरो मात्रै होइन, मेरी छोरीको भविष्यमा समेत असर पर्ने भयो । छोरी सात महिनाकी हुँदा श्रीमानले अर्की श्रीमती लिएर हिँडेका थिए । धर्मकुमारीले यसरि बिलौना पोखे ।)

(क्यान्सर पीडित राधिका मानन्धरलाई घर बाहिर डोर्‍याउँदै धर्मकुमारी थापा)

 

पत्रकारिता राज्यको चौथो अंग हो । समाजमा रहेको बिकृति र विसंगतिको बिरुद्ध कलमले खोतल्दै आमजनतालाई सहि सुचना दिनु र जागरुक बनाउनु सच्चा पत्रकारिताको धर्म हो । यस्तै बिकृतिको बिरुद्ध कलम चलाउदा पत्रकार उमा सिह , डेकेन्द्र थापाले आफ्नो जीवन नै आहुति दिई सकेका छन् ।  

पक्कै पनि समाजमा रहेका बिकृतिको बिरुद्ध कलमले साचो कुरा जनमानस सामु उदाङ्गो बनाउनु पर्छ । कलमको निभबाट निस्कने शब्द यति शक्तिशाली हुन्छ कि नायिका श्रीषा कार्कीको नाङ्गो तस्बिर एउटा सिने पत्रिकाले छापे पछि आत्महत्या गरिन । त्यस्तै नायिका जेसिका खडकाको गायक प्रकाश ओझासंगको अस्लिल भिडिओ सार्बजनिक भए पछि अन्तत सात वर्ष पछि उनले पनि आत्महत्याकै बाटो रोजिन ।  

नँया पत्रिका दैनिकले नायिका नम्रता श्रेष्ठ र डिजे तान्त्रिकसंगको अस्लिल भिडिओ सार्वजनिक भए पछि पत्रकारिता जगतमा ठुलै हलचल मच्चिएको थियो ।  

अर्काको निजि जीवनको बारेमा लेख्न हुने कि नहुने ? यदि नम्रता श्रेष्ठले आत्महत्या गरेको खण्डमा जिम्बेवारी को हुने थियो भनेर गरमागरम बहस चलेको थियो । धन्न बलियो मुटु भएकी नम्रताले संघर्ष गरेर अगाडी बडिन अहिले कला जगतमै सक्रिय छिन ।  

२०७० फाल्गुन १४ गते नागरिक दैनिकले ”दिलशोभालाई यौन दुराचार आरोप” शिर्षकमा पत्रकार के पी  दुङ्गना र सन्तोष न्युपानेको समाचार देश , विदेश डडेलो सरि सल्कियो ।  त्यो समाचार कसैले पत्याए कसैले बिश्वास नलागेको प्रतिक्रिया दिए ।  आफ्नो दुई छाकबाट अलिकति काटेर आमाघरलाइ सहयोग गर्नेहरुले मन अमिलो बनाए ।  

सो समाचार बाहिर आएकै दिन आमाघरबाट बालकल्याण समितिले मापदण्ड नपुगेको भन्दै ३४ जना बालबालिका उद्धार गर्यो । जबकि बालकल्याण समितिले नै आमाघरमा बालबालिका बस्नको लागि सिफारिस गर्ने गरेको तथ्य खुलिसकेको छ ।  

आमाघरमा काम गर्ने दुई किशोरीहरु अप्सरा गुरुङ र आनी संगिता तामाङ्ले रेकर्ड गरेको एक तर्फी कुराकानीको अडियो क्लिपलाइ हवाला दिएर आमाघरमा यौन दुराचार हुने गरेको कुटिल आरोप लगाईएको छ । यौन दुराचारमा नाम जोडिएकी धर्म कुमारी थापा (मिरा ) ७९ बर्षे बृद्धा राधिका मानन्धरसंग सुत्ने जाने गरेको खुलासा भए पछि झन् यो काण्डले अर्कै मोड लिएको छ । 

अहिलले यो केश अनुसन्धान प्रक्रियामा नै छ ।  यदि यौन दुराचारको पुष्टि भएमा दिलशोभा सजायको भागिदार त हुनेनै छिन । कुनै पनि पत्रकारलाइ कसैको चरित्र हत्या गर्ने गरि लेख्ने अधिकार छैन । यदि पुष्टि भएन । मानहानीको मुद्धा हालेर ति पत्रकार महोदयले सजाय त पाउलान । नागरिकका सम्पादक प्रतिक प्रधानले  कुन मुखले  दिलशोभालाइ क्षतिपूर्ति देलान हेर्न बाँकीनै छ । थिचोमिचो गर्नेलाइ बाकी नराख्ने हुकार दिने गृहमत्री बामदेव गौतम र खरो खरेल अर्थात रमेश खरेल पनि काठमाण्डौ प्रहरी प्रमुख छन । सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही होस् । 

अन्यथा नेपाली जनताको पत्रकारिता माथि जनबिश्वाश गुम्ने त छदै छ भविष्यमा जन्मिने हजारौ दिलाशोभाहरुको गर्वमै हत्या हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %