पोखरामा अन्तराष्ट्रिय लोक लोक साँस्कृति महोत्सव

Read Time:2 Minute, 39 Second

मनोज घर्तीमगर

पोखरा, २० फागुन – पोखरामा सभागृहमा सोमबार सातौं अन्र्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । महोत्सवमा नेपाली कला र संस्कृतिसहित विभिन्न राष्ट्रहरुको कला र संस्कृतिलाई एकै थलोमा पोखरेलीले अवलोकन गरे ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी र कास्कीको संयोजन र एभरेष्ट नेपाल कल्चरल गु्रपको सहयोगमा गरिएको  कार्यक्रममा नेपालसहित विभिन्न १० मुलुकका झण्डै सय कलाकारले आआफ्नो देशका मौलिक कला, सँस्कृति, भेषभुषा र फरकखाले नृत्य हेर्दा पोखरेलीले खबु तालि बजाए । मञ्चमा उत्रिएका कलाकारलाई उनीहरुले चर्को हुटिङले साथ दिइरहे । एकै थलोमा बसेर विभिन्न देशको फरक–फरक संगीत सुन्न र नृत्य हेर्न पाउँदा उनीहरु खुब हौसिए ।

महोत्समा नेपालसहित बंगलादेश, इन्डोनेशिया, इजरायल, कोरिया, जर्मनी, श्रीलंका, भारत, मेक्सीकोका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । आआफ्नै देशका पहिरनमा सजिएका उनीहरुले विभिन्न बाजागाजका साथ नृत्य प्रदर्शन गरेका थिए । नेपाली लोक संस्कृति र विदेशी लोक सँस्कृति आदानप्रदान गर्न कार्यक्रम कगरिएको लोक दोहोरी प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष जीवन दाहलले जानकारी दिए ।

  महोत्सवमा नेपाली कला र संस्कृति झल्कने कौरा, जातीय भेषभूषा, शास्त्रीय संगीत, लोकदोहोरी, सारङगी र मादलले धुनले दर्शकलाई थप मनोरञ्जन दिएको थियो । यसअघि देशीविदेशी कलाकारले आफ्नै जातीय भेषभूषासहित बाजागाजा बजाएर पोखराका सडकमा झा“की प्रदर्शन गरेको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङले बताए । महोत्सव कार्यक्रमको संचालन नेपाली भाषामा घनश्याम रिजाल र अंग्रेजीमा शंहर विरही गुरुङले संचालन गरेका थिए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %