मनोज घर्तीमगर
पोखरा ,२० फागुन – पोखरामा आज मंगलबारदेखी सुरु भएको १२ औं आहा रारा गोल्डकपमा शसस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ । एन्फा यू–१६ बिरुद्ध कठिन जित हात पार्दै एपिएफ क्वाटरफाईनल प्रबेश गरेको हो । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बिभागिय टिमलाई एक सय २० मिनेट सम्म रोकेको युवा खेलाडिले टाईब्रेकरको शिबार भयो ।
एपिएफले एन्फा यू–१६ लाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित समय एक/एक गोलको बराबरीपछि थपिएको समयमा पनि दुबै तफर्लबाट गोल नहुँदा खेल टाईब्रेकरमा पुगेको थियो ।
एन्फा यु –१६ का कप्तान बिमल घर्तीमगर र अञ्जन बिष्ट पेनाल्टी सुटआउटमा चुकेपछि नतिजा एपिएफको पक्षमा गयो । एपिएफका गोलकिपर अमृत चौधरीले उत्कृष्ठ बचाउ गर्दै टिमलाई अर्को चरण प्रबेश गराए । खेलको १५ औं मिनेटमै एन्फा यु–१६ ले अञ्जन बिष्टको गोलबाट अग्रता लिएपनि ३४ औं मिनेटमा अञ्जनकै दाजु रञ्जन बिष्टले एपिएफलाई बराबरीमा पुर्याए ।
भर्खरै लिगमा खेलेर लयमा रहेको बिभागिय टिमलाई रोक्न सक्नु उत्कृष्ट खेल भएको एन्फा यु–१६ का प्रशिक्षक बालगोपाल महर्जनले बताए । एपिएफले क्वाटरफाईनलमा फागुन २४ गते आयोजक सहारा क्लबसंग खेल्नेछ । छैटो आहा गोल्डकपको उपबिजेता एपिएफ त्यस यता फाईनल पुग्न सकेको छैन । तीन दिन अघि काठमाण्डौमा सम्पन्न ए डिभिजन लिगमा शसस्त्र प्रहरीको एपिएफ छैटौ भएको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबार खेल धरान फुटबल क्लब र नेपाल आर्मी क्लब बिच प्रतिस्पर्धा हुनेछ । चैत्र १ गते सम्म चल्ने प्रतियोगितामा आयोजक, तीन बिभागिय, एक बिदेशी सहित १२ टोलि सहभागि छन् । प्रतियोगिताको बिजेताले ३ लाख ५१ हजार र उपबिजेताले २ लाख एक हजार रुपैया हात पार्नेछन् । त्यस्तै प्रत्येक खेलमा जित्ने र हार्ने दुबै टिमलाई बाटो खर्च रकम प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडिले टिभिएस मोटरसाईकल प्राप्त गर्नेछ भने सर्बाधिक गोलकर्ताले नगद १५ हजार हात पर्नेछ । त्यस्तै उत्कृष्ट प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, स्ट्राईकर, फरवार्डलाई जनही १० हजार सहित ट्रफि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
तस्वीर :M juskon.com