मनोज घर्तीमगर
पोखरा , फागुन १८ – नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा रामकृष्ण ज्ञवाली निर्वाचित भएका छन् । महासंघ कास्कीको नवौ अधिबेशनले ३ बर्षको लागि ज्ञवालीको अध्यक्षमा १६ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
तीन छुट्टा छुट्टै प्यानल सहित चुनाबी मैदानमा उत्रिएको भएपनि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको प्यानलबाट ज्ञवाली सहित अधिकांशको बर्चश्व देखिएको छ । २ सय ९१ मतदाता रहेको कास्कीमा ज्ञवाली एक सय १७ मत सहित बिजयी हुदा निकटतम प्रतिद्धन्दी प्रेस युनियनका राजबहादुर गुरुङले एक सय ४ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यसी स्वतन्त्र पत्रकार संघका हिमनिधि लौडारीले मात्र ३३ मत प्राप्त गरे ।
उपाध्यक्षमा प्रेस युनियन र क्रान्तिकारी पत्रकार महासंघको प्यानलबाट राजेन्द्र अधिकारी एक सय १३ मत सहित निर्बाचन भए । उनका निकटतम प्रतिद्धन्दी प्रेम नारायण न्यौपानेले एक सय ८ र कमल पौडेल अथकले ३४ मत प्राप्त गरेका छन् ।
महासंघको सचिबमा यसअघिका सचिब त्रिभुवन पौडेल पुन दोहोरिएका छन् । उनले प्रतिद्धन्दी युनियनका डोलराज पोखरेललाई ७० मतअन्तरले पराजित गरेका हुन् । पौडेले एक सय ४४ मत प्राप्त गर्दा पाखरेलले मात्र ७४ मत ल्याएका छन् । त्यस्तै दिपक के श्रेष्ठ ३६ मत मात्र ल्याई पराजित भएका छन् । सहसचिबमा चौतारीको तर्फबाट कृपा भण्डारी एक सय १९ मत सहित बिजयी भएकी छिन् । अर्का प्रत्यासी रुद्र श्रीस मगरले ८४ र शिला गुरुङले ४७ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्षमा पनि चौतारी र संघको प्यानलबाट क्रान्तिकारीका रामप्रसाद तिमल्सिना ९४ मत सहित बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी दुर्गा अधिकारीले ८० र प्रदिप पौडेलले ७७ मत प्राप्त गरे ।
कार्यसमितिका अन्य सदस्यमा महिलातर्फ रोश्नी गुरुङ, जनजातिबाट मिना गुरुङ निर्बाचत भए । दलित तर्फ भने महेश कुमार खाति सर्बसम्मत चयन भएका छन् । खुल्ला सदस्यमा जमुना बर्षा शर्मा, हिमाल लम्साल, अर्जुन गिरी, बिमला भण्डारी, देबिजंग गुरुङ, शिशिर पौडेल, दिनानाथ बराल र दिपक परियार निर्बाचित भएका छन् ।
८ खुल्ला सदस्यको लागि २४ जनाको उमेदवारी परेको थियो । यसैबिच केन्द्रिय पार्षदमा राज्यसत्ताका मनोज घर्तीमगर, एम.बी. आस्था , दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल, विभु भुसाल, श्यामनाथ कुँवर, नवीन सिग्देल, विनोद लामिछाने, राम गुरुङ, गंगाधर पराजुली, प्रशान्त लामिछाने, श्रीराम सिग्देल, वद्रिविनोद प्रतीक, सरस्वती गुरुङ, राजु भण्डारी, पुण्य पौडेल, कूलचन्द्र न्यौपाने, कृष्णमणि बराल, ईश्वरी न्यौपाने, रतन गुरुङ, वासुदेव मिश्र, शिव शर्मा चञ्चल निर्बाचित भएका छन् ।
त्यस्तै गणेशमान गुरुङ, एकराज गिरी, सन्देश श्रेष्ठ, रुद्रबहादुर थापा, हेमराज बराल, नवराज सापकोटा, केशवशरण लामिछाने, गोमा घिमिरे, भरत कोइराला, नवराज सुवेदी, भीमपाणि बराल, सञ्जय मल्ल, शिरोमणि बराल, रमेश पौडेल, रविन्द्र बाँस्तोला, कोमलनाथ बराल, ईन्द्रप्रसाद पौडेल, घनश्याम पाण्डे, हुमबहादुर तमु, हरि बाँस्तोला निर्बाचत भएका छन् । ४२ केन्द्रिय पार्षदको लागि ८९ जनाको उमेदवारी परेको थियो ।