दीपा आले
नेपालगन्ज , बाँके ,१७ फागुन – प्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका कोइरालाले एक वर्षभित्र संविधान निर्माणसंग विकास र शान्ति सरकारको प्रमुख प्रथामिकता भएको बताए । उनले भने अब एक वर्षभित्र संविधान निर्माण भएरै छाड्छ, कुनै पनि तागतले संविधान बनाउन रोक्न सक्दैन । नेपाल प्रेस युनियन बांके शाखाले आज विहान नेपालगन्ज स्थित कोइराला निवासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले संविधान सभामा रहेका र बाहिरका दलहरुलाई मिलाएर सहमतिका आधारमा एक वर्षभित्र संविधान निर्माण गरी जनतालाई सुम्पीने बताए ।
सरकारको पहिलो प्राथमिकता संविधान निर्माण भएतापनि भ्रष्टाचार, अशान्ति र विकास निर्माणमा ढिला सुस्तीलाई टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिर्दै सरकारले अबका दिनमा अमनचयन, शान्ति र विकासलाई उच्च प्राथमिकमा राखेको बताए । प्रधानमन्त्री कोइरालाले भ्रष्टाचार गर्ने र शान्ति सुरक्षामा खलल् पुराउने तथा तोडफोड जस्ता कार्यमा लाग्नेलाई सरकारले कुनै पनि हालतमा नछोड्ने बताउदै कांग्रेसले जो बोल्छ त्यो गरेर देखाउछ । अबको एक वर्षभित्र देशले नयां संविधान पाउनुका साथै शान्ति, विकास र युवा शक्तिलाई स्वदेशमै रोजगार दिने अवसरका ढोकाहरु खुल्ने दावी गरे ।
कोइरालाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय शासनले तानाशाह जन्माउने बताउदै उनले भने बहुदल मान्ने र बहुलवाद नमान्ने प्रवृत्ति गलत हो, शासकीय स्वरुपका विषयमा प्रत्यक्ष राष्टपति चुन्ने प्रस्ताव कांग्रेसलाई अस्विकार्यछ । यदि त्यसो भएमा पुनः देशमा अर्को तानाशाहको जन्म हुने भएको हुंदा चेक एण्ड ब्यालेन्सको नीति अपनाउनुको विकल्प नै छैन ।
मध्यपश्चिम क्षेत्र संग मुलुकको समग्र विकासका लागि जलविद्युतको विकास हुनु पर्ने बताए । त्यसैगरी विकास निर्माणका कसैले खेलवाड गर्नु हुंदैन, केही दलले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विरोध गरिरहेको सन्दर्भमा प्रधानमन्त्री कोइरालाले भने शान्ति र विकास विरोधीहरुलाई अब जनताले आफै लखेटन्छन । स्थानीय निकायमा जनप्रतिनिधिको अभावमा मुलुकमा वर्षेनी अरबौं रुपैयाको भ्रष्टाचार भइरहेको बताउदै सरकार चांडो भन्दा चांडो स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा रहेको बताए । सरकारको चाहना यही बैशाख जेठमा स्थानीय निकायको निर्वाचन गर्नेछ, प्रधानमन्त्रीले भने अब छिटै निर्वाचनका लागि निर्वाचन आयोग र राजनीतिक दलसंग सहकार्य र समन्वय गरिनेछ । कोइरलाले संविधानका २६ सदस्यहरुको मनोनित कार्य छिटटै हुने बताउंदै त्यसभित्र सबैलाई समेटिएर लगिने समेत बताए । साना साना कुरामा विवाद, असहमति र एकअर्काको खुटटा तान्ने प्रवृत्तिका कारण देश धेरै पछाडि परिसकेको विश्लेषण गर्दै अब मुलुकमा सहमति, सहकार्य र विकासमा एकजुट भएर लाग्नुको विकल्प राजनीतिक, दल र नेताहरुसंग नभएको प्रष्ट पारे ।
त्यसैगरी प्रधानमन्त्री कोईलासमक्ष प्रेस युनियन शाखाले ७ बुंदे ज्ञानपन पत्र बुझाउदै अब बन्ने संविधानको प्रस्तावनामै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विषयमा ग्यारेन्टी गरियोस्, पत्रकारहरुको ब्यवसायिक , भौतिक सुरक्षाको ग्यारेन्टी गर्ने तर्फ राज्य थप गम्भिर होस् । कोहलपुर स्थित नेपाल टेलिभिजनको यथाशीघ्र संचालन गरियोस् , सुचनाको हकलाई अझ प्रभावकारी बनाउन आवश्यक कदम गरियोस्, नेपालगन्जका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको नाममा नेपाल प्रेस युनियन बांकेले स्थापना गरेको पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार कोष संचालन गर्न सरकारको तर्फबाट सहयोग होस, बांकेको विकास, सीटी हल, विश्वविद्यालय जस्ता विषयमा यहांका नागरिक समाजले उठाएको विषयमा नेपाल प्रेस युनियन बांके ऐक्यवबद्धता दाहोरयाउदै यी विषयमा सरकारले यथासक्य चांडो पहल गरोस् र नेपालन्ज नगरपालिका लाई उपमहानगर पालिका घोषणा गरियोस् विषयमा ज्ञानपन पत्र प्रधानमन्त्री संग बुझाएका थिए ।
साथै नेपाल पत्रकार महासंघ बांके शाखाले कोहलपुर टेलिभिजनलाई चांडो भन्दा चांडो सञ्चालनमा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।