मनोज घर्तीमगर/पोखरा
लोकदोहोरी गायक रामजी खाँड युरोपका विभिन्न देशमा आयोजना गरिने सांगीतिक कार्यक्रममा व्यस्त छन् । विश्व मगर संघ बेल्जियमले लुभानमा आयोजना गरेको माघे सक्रान्ति मेला २०१४ मा सहभागी भए लगत्तै खाँड फ्रान्सको पेरिस पुगेका छन् । नेपालमा रहेका अनाथ, असाहय बालबालिका, बृद्ध, मृगौलापीडितलाई सहयोग गर्न मेला आयोजना गरिएको हो ।
पेरिसपछि पोर्चुगल, स्पेन लगायत ठाउँमा गरिने सांगीतिक कार्यक्रममा सहभागी हुने गायक राजमी खाँडले बताए । उनीसँगै लोकदोहोरी गायिका जानकी तरामीमगर र आधुनिक गायक त्रिलोक रानामगर पनि छन् । यूरोप कार्यक्रम सकेर फेब्रुअरी २७ मा नेपाल फर्कने कार्यक्रम छ ।