मिस मगर हंगकंगको ताज अन्जनालाई

Read Time:1 Minute, 42 Second

२३ फेब्रवरी, हंगकंग, मगर संघ हंगकंगले ३२ औं मगर दिवस मिस मगर हंगकंग छनोट गरी याउ मा तेइ कम्यनिटी हलमा भब्य रुपमा सम्पन्न गरेको छ । सात जना प्रतियोगीलाई पछाडि पार्दै अन्जना पुन मगरले ताज पहिरीन सफल भएकी छिन । मिस स्माइल र बेस्ट स्कीन सपना थापा मगर, मिस क्याट वाक विशाल थापा मगर, मिस फोटो जेनिक एलिना थापा मगर, मिस ड्रेस मनिसा थापा मगर, मिस ट्यालेण्ट निता थापा मगर र मिस भिउअर च्वाइसको टाइटल पुजन राना मगरले जितेकी थिइन । बिजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरीएको थियो । उनानब्बे बर्षिय बयोबृद्ध नर माया थापा मगरको प्रमुख आतिथ्यमा अध्यक्ष चन्द्रज्याति आले मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बिशेष अतिथिहरुमा हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर र आदिवासी जनजाति महासंघका अध्यक्ष एम वि थापा मगर रहेका थिए । अन्य अतिथिहरुमा बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए । उपाध्यक्ष प्रेम थापा मगरले स्वागत मन्तब्य र महासचिब बोध विक्रम थापा मगरले औपचारीक कार्यक्रम सञ्चालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %