अञ्जना भइन् ‘मिस मगर हङकङ’

Read Time:2 Minute, 35 Second

मनोज घर्तीमगर ,पोखरा

‘मिस मगर हङकङ २०१४’ को उपाधी अञ्जना चोचाङगी पुनले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा मौखिक र लिखित राउण्ड पार गर्दै १६ बर्षिया अञ्जनाले उपाधी हात पारेकी हुन् । उपाधीसँगै उनले मगर महिलाले लगाउने सुनको जन्तर, ज्याप फोटो स्टुडियोबाट ३ हजार हङकङ डलर बराबरको फोटो सेसनको अवसर पाएकी छिन् ।

पोखराकी अञ्जना हङकङको डेलिया मेमोरियल हिप्पोमा फर्म ४ मा अध्ययनरत छिन् । यस्तै चितवनकी पूजान रानाले भिवर्स च्वाइस, रामेछापकी निता थापा मगरले मिस ट्यालेन्ट, तनहु“की मनिषा थापामगरले बेस्ट ड्रेश, गुल्मीकी बिशाल थापामगरले मिस क्याट वाक, तनहु“की एलिना थापामगरले मिस फोटो जेनिक र स्याङजाकी सपना पुलामीमगरले बेस्ट स्माइल  तथा बेस्ट स्किनको उपाधी पाइन् ।

मिस मगर हङकङ २०१३ कि बिजेता कमला पुनले कोर्डिनेटर, डाण्सर टिना मगरको कोरियोग्राफी रहेको प्रतियोगितामा मगर संघ हङकङको नौमती समुहले पञ्चे बाजा बजाएर दर्शकलाई खुब मनोरन्जन दिए । मगर रोष गुमुस्ठा हङकङका कलाकारले कौडा नाँच देखाए भने पुन मगर समाजका आमा समुहको तर्फबाट पनि कौडा प्रस्तुत गरिएको थियो । त्यस अवसरमा मगर संघ हङकङले २०१४ सालको मगर बर्ष पुरुष मगर संघ हङकङका सल्लाहकार हर्क रानामगर र मगर बर्ष नारी २०१४ जमुना श्रीसमगरलाई घोषणा गर्दै संघले सम्मान गर्यो ।

 

हरेक बर्रष मगर समुदायको लागि योगदान दिने महिला र पुरुषलाई यस्तो सम्मान गरिने अध्यक्ष चन्द्रज्योती आलेमगरले बताइन् । कार्यक्रमको  प्रमुख अतिथी ७९ बर्षिया नरमाया थापा मगर र बिशेष अतिथी हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबि थापा मगर थिए भने कार्यक्रम संघका महासचिव बोधबिक्रम थापा मगरले सन्चालन गरेका थिए ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %