बेलायत
फानब्रो , २२ फेब्रोरी – बेलायतमा मगर पर्ब एैतिहासिक फागुन १५ गते ३२ औं मगर दिवस भब्यताकासाथ सम्पन्न भएकोछ । नेपालको बिभिन्न जातजाती मध्य मगर जाति पनि एक प्रमुख जाति हो। नेपालको बिभिन्न भुभागमा बस्तै नेपालको आर्थिक, सामाजिक, राजनैतिक बिकासमा यस जातीले महत्वपुर्ण भूमिका निर्बाह गर्दै आएको छ। यतिमात्र नभएर बिदेसमा पनि आफ्नो भेस भुसा र परम्परालाई कायमै राख्दै मगर सङठनहरू स्थापना भएका छन् ।
यसै सन्दर्भमा मगर् संघ यु केले ३२ औं मगर् दिवस नेपालबाट पाल्नुभएका लोकदोहरी कलाकारहरूको साथमा एक भब्य सास्क्रितिक साँझको आयोजना गरेर मानायो । बिक्रम सम्बत २०३९ साल फाल्गुण १५ मा दमौलिमा आयोजित नेपाल मगर संघको प्रथम रास्ट्रिय महाधिवेसनको दिनलाई मगरहरुले आफ्नो दिवस मान्दै आइरहेका छन् ।
मगर् संघ यु के का अध्यक्ष दुतबहादु पुनमगरको सम्योजनमा सम्पन्न मगर दिवसमा मगर संघ यु केका पूर्व अध्यक्षद्वय र मुख्य अतिथिहरूबाट पानसमा दियो प्रजलन गरि नेपाल् मगर् संघका आजसम्मका अध्यक्षहरुको फोटोमा माल्यार्पण गर्दै उदघाटन गरियो । कार्यक्रममा बेलायतमा अवस्थित बिभिन्न सामाजिक र जातिय सङठनका प्रतिनिधी पाहुनाहरूको पनी उपस्थिती थियो।
सस्थाका सस्थापक अध्यक्ष थर्क रानाम गरले प्रमुख अतिथिको आसन ग्रहण गरेका थिए । महासचिव बम थापा सुर्यबंशी मगरले सन्चालन गरेको उक्त कार्यक्रम बेलुकाको ठिक ५ बजे राट्रिय धुन बजाएर सुरुगरिएको थियो । त्यसपछि अध्यक्षको मगर दिवस सम्बन्धी इतिहास र यसको महत्वको बारेमा छोटो चर्चा राख्दै आमन्त्रित अतिथि तथा उपस्थित मगर समुदायलाई हार्दिक स्वागत गरेका थिए । नेपाल् मगर् संघका पुर्ब अध्यक्षहरूलाई सम्झिदै आजको मगर संगठनलाई एकताबद्द गर्न सँस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको उल्लेखनिय भूमिका रहेको दुतबहादु पुनमगरले बताए ।
संघकी साँस्कृतिक सचिव अनिता रानामगर द्वारा सम्योजित र सन्चालित साँस्कृतिक कार्यक्रममा बिलन थापा, कल्पना श्रिपाल्, जमुना सनम्, बिष्णु गुरुङ ले सबै नेपालिहरूले मनपराउने लोक दोहोरी पस्केर उपस्थित तिनसय भन्दा बढी पाहुँनाहरू लाई भरपुर मनोरन्जन दिलाएका थिए । साथै मगर् संघ यु के का बिभिन्न इकाइ समितिहरूका नृत्य कलाकारहरूले सोरठि, हुर्आ र कौडा नाच प्रदसन गरेका थिए। त्यसैगरी क्याप्टेन बिरबहादुर थापाले नेत्रुत्व गर्नुभएको मगर संघका सांगितिक टोलीले बुद्दलाई सम्झिने खालको मगर भासाका गीतहरू गाएर दर्सकलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रमको अन्त्यतिर बुद्द मुर्ती खरिद र मगर भवन परियोजनाको जानकारि पनि गराइएको थियो। मगर भवन् खरिदलाई भनि स्विन्डन इकाइ समितिका सक्रिय महिलाहरूले एक हजार एक पाउन्डको चेक पनि हस्तान्तरण गरिएको थियो।
अनी मार्च १ मा लन्डनमा प्रदसन गर्दै गर्नुहुने एज ब्यान्डका कलाकारहरूलाई पनि खादा ओडाइ मगर संघ यु केले सम्मान गरेको थियो। अन्त्यमा भागलिएका सम्पुर्ण कलाकरहरूलाई कदर प्रमाण पत्र हस्तान्तरण गर्दै र खुशीको नाच नाच्दै रातको एघार बजे मगर दिवस अन्त्य भएको थियो।
(गोमा राना मगर ,फोटो:किष्ण दर्लामी मगर )