बहराईन
अस्कर , २१ फेब्रेरी- नेपालको प्रथम शहिद लखन थापाको १३७औ स्मृती दिवस को अवसरमा मगर संघ बहराइनले आयोजना गरेको आकस्मिक भै परि आउने समस्या समाधान गर्न,गराउन हामी सबै एकजुट हौ भन्ने अभियान स्वरूप ’लखन थापा स्मृती कप’ खुल्ला भलिबल प्रतियोगिता को उपाधी पूर्वाञ्चल युवा क्लबले चुम्न सफल भएकोछ ।
नेपाली दुतावास बहराईन का कार्यबहाक राजदुत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा दुतावासका त्रृतिय सचिब ओम भण्डारी ज्यू लगायत बिभिन्न संघ सस्थाका प्रतियोगिता भाग लिने सस्थाहरुका प्रतिनिधि हरु अतिथी रहेका थिय । बहराईन का बिभिन्न १५ वटा संघ-सस्था, क्लब हरु को सहभागीता रहेको भलिबल प्रतियोगिताको समापन कार्यक्रम मगर संघ का अध्यक्ष श्याम पुन मगरको सभापतित्व मा भएको थियो ।
कार्यक्रम संचालन सचिव जञ्यान मगर र सह-सचिब लिल सुत्पराई मगर , ब्यावस्थापन सचिब तिर्थ घर्ती मगरले उद्घोष्ण संयुक्त रूपमा गरेका थिए । त्यस्तै अतिथीहरूलाई ब्याज तथा खादा स्वागत साँस्कृतिक सह-सचिब सरिता दर्लामी मगर र मिना पल्ली मगरले सह्योग गरेका थिए । बहराईन को अस्कर स्थित जीसीसीसी खेल मैदान मा यहिँ फ़ेबुररि ७ मा मगर संघ का सस्थापक काजी थापा मगर ले उद्घाटन गर्दै सुरु भएर फेब्रुअरी १४ हुँदै तेस्रो स्थान र प्रमुख अतिथी कार्यबहाक राजदुत डा. दुर्गा बहादुर सुबेदी द्वारा संचालन गरिएको फाईनल खेलको २१ फेब्रुअरी मा सम्पन्न गरिएको थियो ।
प्रतियोगीता को दोस्रो उपाधी बाग्लुंग सेवा समाज बहराईनले जितेको थियो । भने आधिखोला स्याङ्जाको टिम तृतिय स्थानमा सफल भएको थियो ।
प्रतियोगिता को सर्बोकष्ठ खेलाडीको उपाधी तारा मगर {पूर्वाञ्चल युवा क्लब} उत्कृष्ठ क्रमश:- पुन: तारा मगर, प्रेम गुरुङ {मगर संघ} र यूवराज गुरुङ {आधिखोला स्याङ्जा} लाई प्रदान गरिएको थियो ।
त्यसै गरी मगर संघ बहराईन द्वारा आयोजित १३७औ लखन थापा स्मृति कप भलिबल प्रतियोगिताको सहयोगार्थ भाग्यसाली उपहार योजना को नतिजा पनि सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो।
पुरुस्कार बिजेताहरू यसप्रकार छन :-
प्रथम पुरुस्कार सपना थापा {१५७५}
दोश्रो पुरुस्कार हिरा पाईजा{००६०}
तेस्रो पुरुस्कार तारा थापा{००६६}
चौथो पुरुस्कार तिलिजा {००५५}
पांचौ पुरुस्कार शिव थापा{१०१५}
र सान्तावना पुरुस्कारहरू क्रमस:
साजन डङ्गोल{०७०५},
मोतिलाल घर्ती{०१६३},
अभिसेक यादब{१३६५},
दुर्गा गिरी{१५२६} र
प्रबिण पाईजा{००५८} नंबर टिकटले जितेका छन् ।
(लेख ,१० फोटो :कृष्ण सारू मगर, मगर संघ बहराईनका जनसंपर्क सचिब हुन्)