आबुधाबीमा ३२औ मगर दिवश भव्य रुपमा सम्पन्न

Read Time:7 Minute, 51 Second

यु.ए.ई ,

 

आबुधावी , २२ फेब्रुरी-नेपाली मगर संघ युएईको आयोजनामा युएईको राजधानी आबुधावी स्थित केरला सोसियल सेन्टरको हलमा गत शुक्रवार ३२ औ मगर दिवश भव्य रुपमा सम्पन्न भएको छ । युएईकालागी नेपाली राजदुतवासका नवनियुक्त उपनियोग प्रमुख नेत्रबहादुर टन्डन प्रमुख अतिथि र नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष तथा नेपाली मगर संघ युएईका भू.पु.अध्यक्ष एवं संघका प्रमुख सल्लाहकार सम्रक्षक हरि बहादुर घर्तिमगर विशेष अतिथि थिए । सो कार्यक्रममा मगर वुद्दिजिवी एवं पत्रकार प्रिथिछक बुढामगर,आदिवासी जनजाति समाजसेवी एव एनआरएन अन्तराष्ट्रिय सदस्य विमल तामांग,नेपाल विश्व सहयोग संगठन युएईका उपाध्यक्ष एवं पत्रकार गोविन्द ढकाल,वांगमय साहित्यिक प्रतिष्ठान युएईका महासचिव दिपराज नेम्बाङ लिम्बु अतिथि थिए ।

 

त्यस्तै अन्य अतिथि हरूमा  गुल्मी सेवा समाज युएईका प्रतिनिधि सालिक पन्थ,गल्कोट सेवा समाजका अध्यक्ष तारा मल्ल,भेरी समाजका अध्यक्ष मोहननाथ योगी,त्रिसुली तामांग समाजका अध्यक्ष सविन लामा,जन प्रगतिशील मोर्चाका प्रतिनिधि विवश लिम्बु,जन सम्पर्क समिति युएईका प्रतिनिधि कृष्ण गौतम,नेआजप युएई थारु समुदाय प्रमुख गणेश थारु,आदिवासी जनजाति समाजसेवी सोनाम दोर्जे लामा र अर्घाखाँची सम्पर्क समिति युएईका प्रतिनिधि भिम केसी पनि अतिथि रहेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि नेत्र बहादुर टन्डनवाट दीपप्रज्वलनगरी ३२ औ मगर दिवश को उद्घाटन गरेका थिए । र अन्य अतिथिहरु बाट पनि ३२ वटा दिप प्रज्वलन गरिएको थियो । संघका अध्यक्ष चन्द्र सारुमगरको सभापतित्वमा प्रवक्ता रेशम सोमई मगरवाट स्वागत भाषण र संघकी महिला विभाग प्रमुख शुशी पुलामी घर्तिमगरले कार्यक्रम  संचालन गरेका थिए । कार्यक्रम संयोजक उपाध्यक्ष सुजन थापामगरले कार्यक्रम संयोजन वारे जानाकारी गराएका थिए ।

शुभकामनाको क्रममा प्रमुख अतिथिको मन्तव्य दिदै उपनियोग प्रमुख टन्डनले युएईमा रहेका नेपाली श्रमिकहरुको हक-हितकोलागी युएईकालागी नेपाली राजदुतावासले खेलेको भूमिकाको चर्चा गर्दै विदेशमा रहेर पनि नेपाली मगर हरुले आफ्नो कला संकृतिको सम्रक्षण र सम्बर्धन गरेको प्रसंसा व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । शुभकामना मन्तव्य दिने क्रममा विशेष अतिथि हरि बहादुर घर्तीमगरले मगर जातीय संगठनको आवस्यक र औचित्य वारे स्पष्ट पार्दै भने “शासक वर्गवाट छलछाम षड्यन्त्र मुलक किसिमवाट हाम्रो जन्मशिद्द नैसर्गिक हक-अधिकारलाई कुल्चियर,अन्तराष्ट्रिय मानव अधिकारका दस्तावेजमा भएका हाम्रा अधिकारलाई लत्यायर,राज्य पक्ष्यवाट हामि आदिवासी जनजाति संग पटक पटक गरिएका सहमतिलाई रद्दीको टोकरीमा फ्याकेर हाम्रो ऐतिहासिक पहिचानलाई ध्वस्त वनाउने दूशाहसवाट जातीय पहिचान विहिन संविधान आए हामि त्यसलाई कुनै पनि हालतमा मान्नेवाला छैनौ” भने ।

 

शासक वर्गवाट जातीय पहिचानको सवालालाई जातीय राज्य भनेर प्रोपोगान्डा मच्चायर सत्ता र शक्तिको उन्मात देखाएर हामीलाई पहिचानको अधिकार नदिदा हिन्दुधर्मको एक धार्मिक कथा “जसको टाउकोमा हात राख्यो उ तुरन्त भष्म बनाउने महादेवको वरदान पाएको भस्मासुरले शक्तिको उन्मातले खुसीमा नाच्दा र उफ्रदा आफ्नो टाउकोमा हात राखेको थाहाँनै पाएनर आफै भस्म भएको” कथा जस्तै पहिचान विरोधी एकाधिकारवादी शासकवर्ग आफै भष्म हुने अवस्था नआवस् भन्ने चेतावनी दिदै छलछाम र षड्यन्त्रले मुलुक दिगोशान्ति र सम्वृद्दीतर्फ उन्मुख नहुने दावीगरे ।

वरिष्ठ उपाध्यक्ष रामकृष्ण पुनमगरले पनि शुभकामना मन्तव्य दिएका थिए । सोहिक्रममा शुभकामना एवं धन्यवाद ज्ञापनगर्दै कार्यक्रमका सभापति एवं संघका अध्यक्ष चन्द्र सारुमगरले जातीय पहिचानको आवस्यकता र औचित्य वारे स्पष्ट पार्दै राष्ट्रिय पहिचान विना जातीय पहिचानको कुनै अर्थ नहुने हुँदा नेपाली मगर संघलाई पुनर्जीवित गर्न परेको वताउँदै कार्यक्रमा उपस्थित भएर भव्य रुपमा कार्यक्रम सफल वनाइदिनुहुने सम्पूर्ण अतिथि,कलाकार र आफुलाई सहयोग गर्ने संघका पदाधिकारी एवं सदस्यहरुलाई धन्यवाद दिदै खुसि व्यक्त गरे ।

टपन घर्तिमगर द्वारा चलाईएको सास्कृतिक कार्यक्रमको दोर्सो भागमा मगर कलाकार भुवन मगर,श्री थापा मगर,अजित सलामीमगर,चुमन काउछामगर,रुपक मगर,विमला थापामगर,सुसी पुलामी मगर,सुशिला दर्लामीमगर र माया थापामगरवाट कौडा,सालेजो जस्ता थुप्रै नृत्य प्रस्तुत गरिएको थियो । आधुनिक गित,सालेजो र झाम्रे जस्ता गीतले समारोह स्थल निक्कैतताएको थियो ।

त्यस्तै अतिथि कलाकारको रुपमा रुद्र थापाक्षेत्री,प्रकाश पौडेल,सुमन सिन्गदेन,सुन्दर परिवार,कुशल निकेशजन,भिम तामांग,सुदिप गैरे,विकल्प राई,नानुमाया सुनार,माइली स्यांगबो,अनुपमा राई,गीता ठकुरी लगायतले आफ्नो कला प्रस्तुत गरेका थिए । त्यस्तै दुबई क्षेत्रिय अध्यक्ष मनोज काउछा मगरले करातेको काता देखाए र दर्शकहरु लाइ भरपुर मनोरंजन दिलाएका थिए ।

 

अपरान्ह ३ बजे देखिनै सुरु भएको कार्यक्रम साँझको ८ वजे सम्म आबुधाबी,दुबई,सारजा र अलएन समेतवाट आएका दर्शकहरु खचाखच हलमा भरपुर मनोरंजन लिएका थिए । अन्त्यमा कार्यक्रम संचालक घर्तिमगरले सभापतिको अनुमतिले कार्यक्रम विसर्जन गरेका थिए ।

शुसी पुलामी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %