देब पचभैया
पाल्पा ,१० फागुन- १५ बुदे घोषण पत्र जारी गर्दे नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को पश्चिमाञ्चल स्तरिय क्षेत्रिय भेला शनिबार पाल्पाको तानसेनमा सकिएको छ ।
फोनिजको क्षेत्रिय समितिले आयोजना गरेको एक दिने क्षेत्रिय भेलाले जातिय पहिचान सहित संविधान जारी गर्न, संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न, नेपाली संचारमाध्यम लाई पुर्ण समावेशी बनाउनु पर्ने, उच्च स्तरीय मिडिया आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नु पर्ने, आदिवासी जनजाती तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्नुपर्ने, संचारमाध्यममा आदिवासी जनजातिका संस्कृति, परम्परा, भाषा तथा राजनितिक मुद्दा उठाउन छुट्टै बजेट र समयको व्यबस्था गनुपर्ने, दुवै मृगौला फेल भई उपचारको क्रममा रहेका पत्रकार चुन बहादुर गुरुङ्ग लाई सरकारले निशुल्क उपचारको व्यबस्था गर्नुपर्ने र लखन थापा लाई नेपालको पहिलो शहिद घोषणा गर्नुपर्ने माग गरेको छ ।
पश्चिमाञ्चलका १६ जिल्ला शाखा बाट अध्यक्ष, सचिब र एक महिला प्रतिनिधीको सहभागीता रहको क्षेत्रिय भेलाको उद्घाटन गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्गले सवै संचारमाध्यम तथा संघ संस्थाहरुमा समावेशी निति लागु हुनुपर्नेमा जोड दिएका छन् । आफुहरुको प्रमुख एजेण्डा नै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ लाई समावेशी बनाउनु पर्ने भन्दै गुरुगले त्यसको लागी आगामी अधिवेशनमा समावेशी निति पारित गराउन लागि पर्ने बताए ।
महासंघको केन्द्रिय अधिवेशनको अवसरमा जिल्ला जिल्लामा हुन लागिरहेको अधिबेशनमा आदिवासी जनजाति पत्रकारहरु लाई स्थापित गर्दै केन्द्रिय तहमै फोनिजको पकड बनाउने उद्देश्यका साथ आयोजना गरिएको पश्चिमाञ्चल क्षेत्रिय भेलामा बोल्दै अध्यक्ष गुरुङ्गले एक जाती, एक भाषा एक संस्कृतिको कारण आदिबासी जनजाति पत्रकारहरु विस्थापित हुदै गएको बताए । एक सय भन्दा बढी जातजाति रहेको देशमा समावेशी पत्रकारिता भएमात्र, नेपालको पत्रकारीता व्यबसायिकता उन्मुख हुने अध्यक्ष गुरुङ्गको भनाई छ ।
कार्यक्रममा बरिष्ट पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारी, प्रेश चौतारी पाल्पाका अध्यक्ष कमलराज तिमिल्सीना, नेपाल प्रेश युनियन पाल्पाका उपाध्यक्ष भरत शर्मा, क्रान्तीकारी पत्रकार संघ पाल्पाका कार्यवाहक अध्यक्ष सन्तोष बस्याल, क्रान्तीकारी पत्रकार महासंघका सचिव मिलन विश्वकर्मा, थारु पत्रकार संघका अध्यक्ष लक्की चौधरी, लगायतका पत्रकारहरुले भेलाले पारित गरेका १५ बुदे पाल्पा घोषणपत्र कार्यान्वयनमा सहयोग गर्ने बताए । फोनिज पश्चिमाञ्चलका संयोजक देव पचभैयाको सभापतित्वमा भएको कार्यक्रमको संचालन केन्द्रिय सदस्य आश गुरुङ्गले गरेका थिए ।
कार्यक्रममा फोनिजका पुर्ब अध्यक्ष मोहनसिं लामा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु खिम घले र दिलिप थापा मगर, सल्लाहकार तिलक पुन मगर, थारु पत्रकार संघ का अध्यक्ष लक्की चौधरी , फोजिका संगठन सचिब मनोज घर्ती मगर लगाएतले बोलेका थिए । भेलामा केन्द्रिय समितिको तर्फबाट फोनिजका महासचिब गजुरधन राईले अबधारण पत्र पेश गरेका थिए । भेला पछि आयोजित पाल्पा घोषणा पत्र सभामा पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारी, प्रेस स्वतन्त्र सेनानी एबं बरिष्ठ पत्रकार मेघराज शर्मा, क्रान्तीकारी पत्रकार महासंघ पाल्पाका सचिब मिलन बिक, क्रान्तीकारी पत्रकार संघका कार्यबाहक जिल्ला अध्यक्ष सन्तोश बस्याल, प्रेस युनियन पाल्पाका उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारी पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना लगाएतले घोषण पत्र कार्यान्वयनको लागी आफुहरु पनि प्रतिबद्ध रहेको बताएका थिए ।
फोनिजका पश्चिमाञ्चल प्रमुख देब पचभैया मगरको अध्यक्षतामा सम्पन्न भएको भेलाको क्षेत्रिय भेलाको केन्द्रिय सदस्य आसा गुरुगले संचालन गरेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २०७० फागुन १० गते मगराँत भूमी पाल्पाको तानसेनमा सम्पन्न पश्चिमाञ्चल स्तरीय क्षेत्रीय भेलाबाट प्रस्तुत ‘पाल्पा घोषणापत्र–२०७०’
१.नेपाली सञ्चार जगतलाई पूर्ण समावेशी बनाउनका निम्ति सधैं कृयाशिल रहन यो भेला प्रतिवद्घता जाहेर गर्दछ ।
२. जातीय पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्धारित समयमै निर्माण गर्न राजनीतिक दलहरुलाई आग्रह गर्दै सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई दवावमूलक कार्यक्रम सञ्चालन गर्न आह्वान गर्दछ ।
३. संविधानको प्रस्तावना मै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दछ ।
४. सञ्चार माध्यमलाई समावेशी वनाउन गठित उच्च स्तरिय आयोगले प्रस्तुत गरेको प्रतिवेदन सार्वजनिक भईसकेको अवश्थामा यसलाई तत्काल कार्यान्वयन गर्न यो भेला जोडदार माग गर्दछ ।
५.नेपाल पत्रकार महासंघको गतवर्ष पोखरामा सम्पन्न राष्ट्रिय भेलामा प्रस्तुत समावेशी विधान पारित गरी तत्काल कार्यन्वयन गर्न जोडदार माग गर्दछ ।
६. नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनीधि, जिल्ला कार्यसमिति चयनमा पूर्ण समावेशी हुनुपर्ने माग गर्दछ ।
७. राज्यको सञ्चार नीति निर्माणमा, सञ्चार माध्यमहरु, संघ–संथा, संघ संगठनहरु पूर्ण समावेशी गर्न र गराउन माग गर्दछ ।
८. श्रमजिवी पत्रकार ऐन तत्काल लागु गर्न र सञ्चारकर्मीहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछ ।
९. आदिवासी जनजातिको मातृभाषामा प्रकाशित पत्रपत्रिका, प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन गर्ने र त्यसको प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्न यो भेला माग गर्दछ ।
१०. सरकारी तथा निजी सञ्चार माध्यमहरुमा बहुलता र समावेशी समाचार कक्ष स्थापना गर्न माग गर्दै सञ्चार माध्यमहरुमा आदिवासी जनजातिको भाषा, संस्कृति–परम्परा र राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण र प्रकाशनको निम्ति उचित वजेट व्यवस्था गर्न सरकारसंग माग गर्दछ ।
११. विभिन्न मातृभाषामा प्रकाशित पत्रपत्रिका तथा रेडियो, टेलिभिजन कार्यक्रमलाई निरन्तरता तथा दिगोपनका लागि स्थानीय निकायबाट छुट्टयाइएको बजेट, विज्ञापन तथा अनुदानलाई समावेशी सिद्धान्तमा आधारित रहेर समानुपातिक र समानताका आधारमा वितरण गर्न भेला माग गर्दछ ।
१२. आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न नेपाल सरकारसंग यो भेलाले माग गर्दछ ।
१३. आदिवासी जनजाति पत्रकार चुन वहादुर गुरुङ्ग दुवै मृगौला पिडित भई उपचारत रहनुभएकाले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सरकार र अन्य सवै निकायलाई सहयोगको लागि अपिल गर्दछ ।
१४. नेपालका प्रथम सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न तत्काल सरकारसंग माग गर्दछ ।
१५. मगरांत भूमिको पाल्पाको तानसेन वजारमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को पश्चिमञ्चल भेला सम्पन्न गर्न सयहोग गर्नुहुने विभिन्न संघ संस्था तथा महानुभावहरुलाई यो भेलाले हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
घोषणा पत्र प्रस्तुतकर्ताहरु:
संयोजक : हुम बहादुर गुरुङ्ग, कास्की
सदस्यहरु : राजकुमार आले, पाल्पा
केबी राना, नवलपरासी
मिलन गाहा, रुपन्देही
गणेश सारु, गुल्मी