नेपालीको लाखेँ नाँचले लोभिए बिदेशीहरू

Read Time:7 Minute, 2 Second

रामकुमार श्रेष्ठ

 

अस्ट्रेलिया, २२ फेब्रुअरी २०१४ – बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका करीब ९० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ३२ औं बार्षिकी भब्यताका साथ मनाउने क्रममा नेपाली समुदायद्धारा प्रदर्शन गरिएको नेपाली लाखे नाच बिदेशीहरुको लागि आकर्षणको केन्द्र बन्न पुग्यो । पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत चार बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ ।

 

 

परेडमा सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर  र स्टलमा पोस्टर र नेपाली सामग्रीहरु मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गरिएको थियो । परेडमा सहभागीहरुले आ-आफ्नो जातीय  पहिचान झल्काउने पहिरन मार्फत अनेकतामा एकता दर्शाउने काम समेत भएको थियो । नेपालीहरुको समूहमा बिदेशीहरुको समेत उल्लेख्य उपस्थिति थियो । परेडपछि पाँचौ लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा नेपालको सामुदायिक बिकासमा बिभिन्न किसिमबाट सकृय रहनु हुने ब्राड क्लार्क र ग्राहेम केण्टलाई भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जनले लुम्बिनी-कपिलवस्तु दिवस अभियान फेण्ड अफ नेपाल अवार्ड २०१३ द्धारा बिभूषित गरेका थिए । योन्जनले पाको फेस्टा मार्फत राष्ट्रिय पहिचानको लागि गत बर्षदेखि नेपाली सहभागिता जनाउन पहल गर्नु हुने रामकुमार श्रेष्ठ र यस्लाई साथ दिनु हुने सबै धन्यवाद दिए ।

 

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले यस किसिमका कार्यक्रममा सहभागी भएर देशप्रतिको नागरीकिय दायित्वबोध गर्नु हुने सबैलाई अभियानको तर्फबाट हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी नै नागरीकिय बोध गर्नु हुने कुरामा आशाबादी भएको बताए। नेप्लिज एशोसियसन अफ भिक्टोरियाका अध्यक्ष बम योन्जनले यति ठूलो महोत्सबमा नेपाली पहिचानको लागि हाम्रो यस किसिमको उपस्थिति गौरबको कुरा भएको बताएका थिए भने एनआरएन भिक्टोरियाका संयोजक ॠषि कंडेलले भिक्टोरिया बहु सांस्कृतिक स्थल हुनुका आधारहरुको फेहरिस्त पेश गरेका थिए । कुमारीको भेषमा रहेकी मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र बुद्धको भेषमा रहेका अनुपम ध्वज किरणमा धेरै बिदेशीको आकर्षण  देखिएको थियो भने नेपाली लाखे नाच अधिकांश बिदेशीको लागि आकर्षणको केन्द्र बनेको थियो । कार्यक्रमको अर्को चरणमा ११ बर्षीया अतिथी आचार्य र ७ बर्षीया परिभासा श्रेष्ठले माइतिघ र गीतमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रम लुम्बिनी-कपिलवस्तु दिवस अभियान र जिलोङ नेप्लिज एसोशियसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।

 

स्मरण रहोस जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई बिशेष गरेर नेपाललाई  बुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन गर्ने प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका बिभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुन लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा गरिएको आग्रह अनुरुप नेप्लिज असोसियसन भिक्टोरियाका अध्यक्ष बम योन्जन, नेपाली संचारका प्रबन्ध निर्देशक प्रमोद के सोनी, नमस्ते नेपाल न्यूजका प्रधान संपादक सविन थापा, जिलोङ नेप्लीज एसोसियसन र लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरियाको बिशेष सकृयतामा आबस्यक सामग्री तयार गर्ने र जन-परिचालन गरी गत बर्ष पहिलो पटक नेपालीले भब्यताका साथ साहभागिता जनाएका थिए । नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिब सुशिल घिमिरे, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र साउथ अस्ट्रेलियाका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमला समेटाको सहभागितामा मिस नेपाल अस्ट्रेलिया २०१२ सुश्री दीपाश्री शाहले कुमारी नृत्य प्रदर्शन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %