शेर्पा भाषाको पहिलो कथानक चल्चित्र’कुसुमको’प्रद्शन

Read Time:2 Minute, 33 Second

छिरिङ तेन्जिङ शेर्पा

काठमाण्डौ , फेब्रुआरी २०-शेर्पा भाषाको पहिलो कथानक चल्चित्र ‘कुसुम’ को आज बिशेस प्रद्शन भयो। राजधानीको गोपिक्रिश्ण हलमा भएको यो पर्दशनमा हजारौ शेर्पा समुदायको ब्याक्तीहरुले ‘कुसुम; चल्चित्र हेरेका छन ।

शेर्पा आदीबासी चल्चित्र प्रालीद्वारा निर्माण गरिएको करिव अढाई घन्टा लामो चल्चित्रमा शेर्पा समुदायको परम्परागत् जीवन शैली र पेशा सँग प्रत्यक्ष सम्बन्ध रहेको  कथा बस्तुहरु समाबेस गरिएको छ भने जन्म, म्रित्यु, बिबाह कूल पुजा जस्तो महत्वपुर्ण साँस्क्रितिक र धार्मिक पर्वहरुको राम्रो सँग चरित्रचित्रण गरेको छ।

शेर्पाहरुको ठुलो बस्ति रहेको दो-ल-खा जिल्लामा अधिकाँस छ्यङकन गरिएको चलचित्र निक्कै रोचक र सुचनामुलक चेतनामुलक रहेका छन। अभिनेत्री सौजन्य सुब्बाले शेर्पा युवतीको भूमिका गरेकी छन् ।  सागर सुब्बाले निर्देशन गरेको सो चलचित्र हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको परम्परागत पेसा चौरीचरनबारे आधारित रहेको देखिन्छ।

दीपेन्द्र दोङ तामाङको कथा तथा पटकथा रहेको यस चलचित्रमा छायांकन रवीन्द्र बराल र सम्पादन शिव शर्माको रहेको छ । लचित्रमा सौजन्यका अलावा कर्मा शेर्पा, डाल्मा शेर्पा, अर्चन राई, अनिता लामा, सुप्रिम कटवाल गायतको मुख्य अभिनय छ ।

 ‘कुसुम’ को संगीत फारादेन्डी शेर्पाले दिएका छन् । शेर्पा समुदायको महान पर्व नयाँ बर्ष तलो लोसार पर्वको अवसरमा यो चलचित्र रिलिज भएको हो। आफ्नो पहिचानको जगेर्न गर्नु पर्ने र गराउनु पर्ने यो चल्चित्रको प्रमुख बिसेषता हो । स्मरणिय रहोस ‘कुसुम’ को अर्थ शेर्पा भाषामा त्रिदेव अर्थत त्रिरत्न हो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %