बेलायतमा पनि फागुन १५ ,मगर पर्ब भब्य मनाइने

Read Time:2 Minute, 27 Second

बम थापा सूर्यवंशी मगर /बेलायत

ऐतिहासिक फागुन १५ गते ३२औ मगर दिवस मनाऔ, मगर हुनुमा गर्व गरौ । बेलायतमा रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढिरहेको सस्था, मगरहरुको साझा घर ११ वटा शाखाहरु मिलेर बनेको मगर संघ यु .के सेन्ट्रल कमिटिले अतिनै चर्चित कलाकारहरु र लोकल कलाकारहरुको साथमा २२ फेब्रवरी २०१४ शनिबारको दिनमा ३२औ मगर दिवस अति नै भब्यताका रुपमा मनाउदैछ ।

“मगरहरुको एकता र पहिचानको विकास, एक जुट भएर सबैले खोजौ यसको निकास” भन्ने मूल नाराका साथ मगर संघ यु केको नौलो सोच र ताजा उत्साहका साथ ३२औ मगर दिवस मनाउदैछ । नेपाल बाट आउनु भएका अति चर्चित लोक दोहारी गायक बिलन थापा , लोक दोहारी गायिकाहरु कल्पना श्रीपाल, जमुना सनम र बिष्णु गुरुङ छन् ।

त्यस्तै सालैजो भाकाबाट नाच, सोरठी नाच, कौडा तथा हुर्रा नाच जस्ता थुप्रै मगरातका प्रस्तुतिहरू पस्किने जानकारि गराउन चहान्छु ।  सास्कृतिक झल्काउने नाचहरुको लोकल कलाकारहरुले मगर दिवसको तयारीमा व्यस्त भएको संघका सास्कृतिक सचिव अनिता राना मगरले जानकारी गराएका छन् । साथै संघका सचिव विजय हितान मगरले मगरहरुको इतिहास देखि वर्तमान सम्मका बिवरण तयारी गर्दै गरेको खबर दिएका छन् ।

विश्वको जुन सुकै कुनामा मगर जातिको बसोबास छ, त्यहाँ मगरदिवसको समारोह गरिदै आएको छ । फागुन १५ गते मगर दिवसले मगरहरुमा एकता, मेलमिलाप, भाइचारा तथा एकबद्धताको संदेश संचारित गरेको पाइन्छ । यू.केमा पनि  मगरहरु एक जुट भएर अगाडी बढ्ने संदेश प्रवाहित गरेकोछ । त्यसर्थ आउनुहोस फेब्रवरी २२ तारिक शनिबारको दिनमा मगर संघ यु.केले अयोजना गरेको बृहत् रुपमा मगर दिवस समारोहमा सहभागी भएर मगर हुनुमा गर्व गरौ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %