मनोज घर्तीमगर
‘मिस गण्डकी २०७०’ को उपाधी ऋतु राना मगरले जितेकी छिन् । १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जितेकी ऋतुले क्राउनसहित ५० हजार पुरस्कार पाइन् ।
पोखरा चाउथेकी २० बर्षीय ऋतुले मोस्ट कन्फिडेन्ट टाइटल समेत उनले आफ्नो पोल्टामा पारिन् । उनी नर्स हुन् । शनिवार पोखरा सभागृहमा ६ घण्टा चलेको कार्यक्रममा १९ बर्षीय दिपिका बस्ताकोटीले फस्ट रनरअप भइन् । मोस्ट ट्यालेन्टेड अर्वाडसहित उनले २५ हजार पुरस्कार पाइन् । २० बर्षिय सिपोरा थापा सेकेन्ड रनरअप भईन । बेस्ट पर्सनालिटीको टाइटलसहित उनले १५ हजार र अन्य आकर्षक गिफ्ट ह्याम्पर हात पारिन् ।
१४ प्रतिस्पर्धीबाट दश जना, पाँच जना छनौट गरेपछि फाइनल राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तीम निर्णय निकालिएको थियो । प्रतिस्पर्धीमध्ये भियूवर्स च्वाइस् आशा कुँवर, मोस्ट डिसिप्लिन देवी गुरुङ, मोस्ट चार्मिङ्ग मनिशा थापामगर, मोष्ट फ्ल्यून्ट रचना केसी, मोस्ट पङ्च्युअल सृष्टी पोखरेल, मोस्ट फ्रेन्डलीको टाइटल रोनिशा राना मगरले जितिन् ।
त्यस्तै बेस्ट वाक रोशनी छिनाल, बेस्ट हेयर अनुजा आलेमगर, बेस्ट ट्रेनी सोनम सुनार, बेस्ट फोटो जेनिक अप्सरा धिताल र बेस्ट कल्चरल ड्रेसको सब टाइटल सपना लामाले पाईन् । विजेता तथा उपविजेतालाई सभाध्यक्ष अमन सुनार, कार्यक्रम संयोजक निशा सुनार, नायिका प्रियङ्का कार्की, नायक दयाहाङ राई लगायतले प्रशंशा पत्र सहित सम्मान गरेका थिए ।
नेपाल मानव पुजारी धार्मिक संस्थामा रहेका बृद्घ–बृद्धा, असाहाय र अपाङ्गहरुको सहयोगमा पोखरा मोडल एजेन्सीको आयोजनामा मिस गण्डकी २०७० कार्यक्रम गरिएको मोडल एजेन्सीका निर्देशक राजन कार्कीले बताए ।
(फोटो: शुरज थापा,पोखरा)