आबुधाबी
युएई , ७ फेब्रुरी – गौरवशाली राष्ट्रिय पहिचान बोकेको नेपाली मगर संघ युएईको आयोजनामा युएईको राजधानी आबुधाबीको केरला सोसियल सेन्टरमा २१ फेब्रुरी दिनको २ बजे देखि हुनगई रहेको ३२ औ मगर दिवशको तैयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सुजन थापा मगरले जानकारी गराएका छन् ।
(३२ औ मगर दिवशको तैयारीलागी कलाकार तालिममा ब्यस्त)
देश भित्र र वाहिर विभिन्न पेशा व्यवसाय एवं रोजगारीको सिलशिलामा संसारभरी छरियर रहेका नेपाली मगरहरुले प्रतेक वर्ष फाल्गुण १५ लाई आफ्नो ऐतिहासिक पर्वको रुपमा विगत ३२ वर्ष देखि हर्ष र उल्लासका साथ मनाउदै आएको उक्त मगर दिवश कार्यक्रमको तयारीको लागि यस वर्ष पनि युएईमा रहेका नेपाली मगरहरुले अत्यन्तै भब्य रुपमा मनाउन युद्द्स्तरमा लागि परेको कलाकार अजित सलामी मगरले जानकारीदिए ।
साथै उक्त मगर दिवशमा सहभागि भै दिनुहुन सगौरव राष्ट्रिय पहिचान वोकेको नेपाली मगर संघ युएईको तर्फबाट सम्पूर्ण प्रवासी नेपाली मगर,आदिवासी जनजाति युवा-युवती एवं सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विशेष निमन्त्रणा सहित अनुरोध गरिएको छ ।
मुलुक, दोर्सो संविधानसभा मार्फत संविधान निर्माणको लागि जुटी रहेको अवस्थाको प्रारम्भमा हुन थालेको ३२ औ मगर दिवशले मुलुकलाई दिगो शान्ति र सम्वृद्दी तर्फ उन्मुख गराउनको लागी मगर जातिको पुर्ख्यौली थात-थलो मगरात भूमीलाई मगर जातिको जातीय पहिचान,मगरात प्रदेशको रुपमा प्राप्त गर्न अर्थात पहिचान सहितको संविधान बनाउनको निमित्त संविधानसभाको ध्यान आकर्षित गर्ने विश्वाश लिइएको संघका प्रवक्ता रेशम सोमई मगरले दावी गरेका छन् ।
उक्त मगर दिवशमाको वारेमा थप जानाकारीकोलागी: दुबई र सारजामा
प्रिथिछक बुढामगर ०५५५१७३२६१ ,
मनोज काउछा मगर ०५५१२७८३०५,
टपन जीएम ०५५१७६९२८९,
थम बहादुर घर्तिमगर ०५५७०५५४९९ ,
अलएनमा रामकृष्ण पुनमगर गोपी सारु मगर, ०५०७५६९५०४ र
अबुधाबीमा भुवन मगर ०५०९०१३९६२ ,
शुशिला दर्लामीमगर ०५२६२८४८६६,
चुमान काउछामगर ०५०५६८८९५३,
रेशम सोमई मगर ०५२७६९८१५० र
अमर सेर्पुर्जा मगर ०५५४९७७०७२ मा सम्पर्क गर्नहुन समेत अनुरोध गरिएको छ ।
सुशी पुलामी