दिलप्रशाद मगर
१३७ औं लखन स्मृति दिवस सम्पन्न ,प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहीद ससम्मान सहित राष्ट्रिय विभूति घोषणा गर्न राज्य संग माग । (फोटो फिचर सहित)
काठमान्डु ,२०७० फागुन २-नेपालका प्रथम शहीद लखन थापा मगरको १३७ औं स्मृति दिवस भव्य रुपमा काठमाडौंमा मनाइयो । राष्ट्रिय गीतका गीतकार व्याकुल माइलाको प्रमुख आतिथ्य एवं सभासद द्वय माननीय प्रा.डा. कृष्ण बहादुर थापा (छन्तेल मगर) र मा. श्री शिवलाल थापा मगरको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताहरूले निरंकुश र जहानियाँ राणाशासन विरुद्ध सशस्त्र संगठित रुपले जनआन्दोलन गरेका लखन थापा मगरलाई सरकारले बिना कज्युस्याइँ अबिलम्ब प्रथम शहीद घोषणा गर्नु पर्ने धारणा राखेका थिए ।
नेपालमा लोकतान्त्रिक परिवर्तन भए पनि राजनीतिक दलहरू र विगतका सरकारहरू लखन थापालाई प्रथम शहीद घोषणा बनाउने बिषयमा साच्चिकै लोकतान्त्रिक हुन नसकेकोले अहिलेको (सुशिल कोइराला नेतृत्वको) सरकारले भने ससम्मान घोषणा गर्नै पर्ने र लखन प्रतिष्ठानको अभियानलाई साथ आफूले दिने साथै आवश्यकता अनुसार आफ्नो तर्फबाट सबै ठाउँ र तहमा सक्दो पहल गर्ने बचनबद्धता सभाषद्हरूले जाहेर गरेका थिए ।
सभाषद्हरूले मन्तव्य कै क्रममा प्रतिष्ठानले सरकार सामु आफ्नो माग राख्नुका साथसाथै लखन थापाको बिषयमा गर्दै आएको अध्ययन अनुसन्धान, प्रकाशन, विचारविमर्श, अन्तरक्रिया जस्ता गतिविधिहरूलाई अझै निरन्तरता दिदै र समाज र राष्ट्रहितका लागि श्रृजनात्मका कार्यहरू समेत गर्दै जानु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा इतिहासकार एवं बुद्धिजीविहरूले लखन थापा मगर नेपालको प्रथम शहीद हो भन्ने पर्याप्त आधार, तथ्य–प्रमाण भएकोले उनलाई प्रथम शहीद गर्ने कुरामा सरकार कुनै पनि द्धिविधाका पर्न नहुने बिचार व्यक्त गरेका थिए । इतिहासकार तथा नेपाल इतिहास संशोधन मण्डलका अध्यक्ष प्रा. दिनेशराज पन्त तथा राष्ट्रिय विभूति अमरसिंह थापा स्मृति प्रतिष्ठानका अध्यक्ष बाबुराम थापाक्षेत्रीले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गर्ने कुरामा नेपाल सरकारमा इच्छाशक्तिको कमी भएको बताए । सल्लाहकार त्रिलोक सिंह थापा मगरले लखन थापा कुनै जाती विशेषको नभई राष्ट्र र ब्यवस्थाको विरुद्ध लडेकोले उनलाई राष्ट्रकै प्रथम शहिदका रुपमा लिनु पर्ने बताए । कार्यक्रममा दुई दर्जन आजिवन सदस्यहरुलाई ताम्रपत्रले समेत सम्मानित गरिएको थियो ।
सल्लाहकार त्रिलोक सिंह थापाले लखन थापा कुनै जाती विशेषको नभई राष्ट्र र ब्यवस्थाको विरुद्ध लागेकोले उनलाई राष्ट्रकै शहिदका रुपमा लिनु पर्ने बताए ।
कार्यक्रममा दुई दर्जन आजिवन सदस्यहरुलाई सम्मानित गरिएको थियो ।
– See more at: http://dainiknepal.com/news/12244/#sthash.9ITeGJgo.dpuf
सल्लाहकार त्रिलोक सिंह थापाले लखन थापा कुनै जाती विशेषको नभई राष्ट्र र ब्यवस्थाको विरुद्ध लागेकोले उनलाई राष्ट्रकै शहिदका रुपमा लिनु पर्ने बताए ।
कार्यक्रममा दुई दर्जन आजिवन सदस्यहरुलाई सम्मानित गरिएको थियो ।
– See more at: http://dainiknepal.com/news/12244/#sthash.9ITeGJgo.dpuf
लखन थापा मगरको जीवनी, व्यक्तित्व र योगदानको विषयमा थप अध्ययन–अनुसन्धान गर्न राज्यले नै जिम्मा लिनु पर्ने र लखन प्रतिष्ठानले अन्य शहीद तथा राष्ट्रिय विभूतिसँग सम्बन्धित संघसंस्थाहरू बीच आपसी समन्वय र सहकार्य गर्दै आफ्नो अभियानलाई अगाडि बढाउनु पर्ने बिचार व्यक्त गरेका थिए । बिचार राख्ने क्रममा वक्ताहरूले लखन थापा मगरलाई राज्यले प्रथम शहीदको घोषणा मात्र होइन कि राष्ट्रिय विभूतिको समेत सम्मान दिनु पर्ने बिषयमा जोड दिएका थिए । मन्तव्य कै क्रममा प्रमुख अतिथि व्याकुल माइलाले पनि कार्यक्रम भएकै दिन बिहान रचना गरेको लखन थापा संम्बन्धी कविता समेत बाचन गरेका थिए । कविता मार्फत गीतकार एवं कवि माइलाले नेपाली जनताहरू लखन थापा जस्तो र राज्य चलाउनेहरू जङ्ग बहादुर जस्तै भएको वर्तमान यथार्थलाई व्यंग्य गर्न समेत भ्याए ।
स्मरण रहोस्, लखन थापा मगरलाई राज्यबाट प्रथम शहीद एवं राष्ट्रिय विभूतिको सम्मान दिलाउन र उनीसँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी, शुकदेव गुरुङ लगायतलाई यथाशिघ्र शहीद घोषणा गराउँने साथै लखन थापा मगर र उनको सहयोद्धाहरू संबन्धी खोज, अध्ययन, अनुसन्धान, बौद्धिक छलफल, अन्तरक्रिया, प्रचारप्रसार र श्रृजनात्मक कार्य गरी विकासनिर्माणमा समेत टेवा पुर्याउने उद्देश्यले वि.सं. २०६५ मा स्थापित प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानको हालसम्म झण्डै ५० जति आजीवन सदस्यहरू छन् ।
यस प्रतिष्ठानले विभिन्न राजनैतिक दलको नेतृत्वमा बनेको सरकार प्रमुख र संस्कृति मन्त्रीहरूलाई समेत लखन थापा मगरलाई प्रथम शहीद एवं राष्ट्रिय विभूति घोषणा गराउने लगायतका माग सहित विभिन्न समयमा ज्ञापनपत्र र स्मरणपत्र समेत बुझाई सकेको छ । स्थापना कालदेखि हरेक बर्ष फागुन २ गते लखन स्मृति दिवस मनाउदै आएको प्रतिष्ठानले गत बर्ष विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै लखन थापा मगरको जन्मथलो तथा आन्दोलन गरेको र शहादत प्राप्त गरेको गोरखाको बुङ्कोटमा विविध कार्यक्रम सहित सप्ताहव्यापी लखन ग्रामिण पर्यटन महोत्सव र १३६ औं स्मृति दिवस भव्यतापूर्वक मनाइएको थियो ।
वि.सं. १८९१ मा गोरखाको बुङ्कोटमा जन्मिएका शहीद लखन थापा मगरले नेपालमा निरंकुश जहानियाँ शासन र सोको प्रवर्तक हुकुमी शासक जङ्गबहादुर राणा विरुद्ध संगठित रुपले सशस्त्र जनविद्रोह गरी नेपालमा राजनैतिक जनआन्दोलनको शूत्रपात समेत गरका थिए । वि.सं. १९३३ फागुनमा गोरखा बुङ्कोटको काहुलेभंगारमा आफैले बनाएको बिद्रोही किल्ला परिसरमा झुण्ड्याइएका लखन थापा मगरले जङ्गबहादुरको नेपाल र नेपालीको हित, भावना विरुद्ध उठेको क्रुर कदमका खिलापमा आफ्नो साहस मात्र नभई राजनैतिक आन्दोलनका लागि अनुकरणीय शूत्रको समेत बिजारोपण गरेका थिए ।
तत्कालिन श्री ५ को सरकारले २०५६ सालमा मात्र उनलाई शहीद घोषणा गरेको थियो , तर अझै प्रथम शहीद घोषणा गरेको छैन । तर उनको सम्मानमा देश–विदेशभर फिंजिएका नेपालीहरूले विविध गतिविधिहरू सञ्चालन गर्दै आएका छन् र लखन थापा मगरलाई ‘प्रथम शहीद घोषणा गर’ भनेर आवाज उठिरहेको छ । यो जनभावना र इतिहासको यथार्थतालाई मनन गरी सरकारले बेलैमा निर्णय लिनु बुद्धिमानी र श्रेयस्कर हुनेछ ।
कार्यक्रममा दुई दर्जन आजिवन सदश्यहरुलाई ताम्रपत्रले समेत सम्मानित गरिएको थियो । कार्यक्रम तिष्ठानका अध्यक्ष रूलबहादुर आले मगरको अध्यक्षतामा दिलप्रशाद मगरको संचालनमा सम्पन्न भएको थियो ।
(लेखक:प्रतिष्ठानका महासचिब हुन् )