यु.ए.ई ,
आबुधाबी , १४ फेब्रुरी २०१४- नेपाली मगर संघ युएईको आयोजनामा प्रथम शहिद लखन थापा मगरको १३७ स्मृति दिवश सम्पन्न भएको छ ।
युएईको राजधानी आबुधाबी स्थित पेप्सीकोलामा सम्पन्न भएको प्रथम शहिद लखन थापा मगरको स्मृति-सभा संघका अध्यक्ष चन्द्र सारु मगरको सभापतित्व र नेपाल आदिवासी जनजाति परिषद युएईका अध्यक्ष एवं संघका प्रमुख सल्लाहकार हरि बहादुर घर्ति मगरको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
नेपाल आदिवासी जनजाति परिषदका उपाध्यक्ष भिम घिसिंग,सेर्पा समुदाय प्रमुख सोमु शेर्पा,युवा सशक्तीकरण विभाग प्रमुख बिकल्प राई अतिथि रहेको कार्यक्रमा नेपाली मगर संघ युएईका उपाध्यक्ष् सुजन थापा मगर,महासचिव भुवन मगर,कोषाध्यक्ष चुमान काउछा मगर,प्रवक्ता रेशम सोमई मगर,संगठन विभाग प्रमुख अमर सेर्पूर्जा मगर,खेलकुद विभाग प्रमुख तिर्थ थापा मगर,केन्द्रीय सदस्य महेन्द्र पुन मगर,श्री थापा मगर,अजित सलामी मगर,माया मगर र सुसिला दर्लामी मगर लगायतको विशेष उपस्थिति रहेको थियो ।
स्मृति सभाको कार्यक्रमलाई प्रमुख अतिथि घर्ति मगर र अध्यक्ष सारु मगरले एकैसाथ दीपप्रज्वलन गरेर उद्घाटन गरेका थिए । कार्यक्रमलाई सभामा उपस्थित युएईका आदिवासी जनजाति नेता,समाजसेवी एवं बुद्दिजीवी महानुभावहरुवाट प्रथम शहिदको तस्विरमा खादा ओढाई सम्मान गरिएको थियो ।
उक्त स्मृति-सभामा आफ्नो विचार राख्दै सभाका प्रमुख अतिथि घर्ति मगरले जहाँनिया निरंङकुस राणा शासनको विरुद्द विद्रोह गरेको कसुरमा १९३३ , फागुन २ मा राणा प्रधानमन्त्री जंग बहादुरको आदेश अनुसार गोर्खा जिल्लाको बुङ्गकोटमा पक्राउगरी प्रथम शहिद लखन थापा मगरलाई बेलाउतीको रुखमा र उनका सहयोगी जयसिंग चुमी मगरलाई खिर्राको रुखमा झुण्ड्यार फाँसी दिईएका थियो ।
प्रथम शहिद भएको सम्पूर्ण तथ्य प्रमाण हुँदाहुँदै पनि राज्यले प्रथम शहिद लखन थापा मगरलाई प्रथम शहिदको मान्यता दिन कन्जुसाई गर्नु शहिदमा समेत जातीय विभेदको पराकाष्टको हद हो, भन्दै प्रथम शहिद लखन थापा मगरलाई यथाशिघ्र राज्यले प्रथम शहिदको मान्यता दिन आग्रह गरे । त्यसै गरी अध्यक्ष सारुले आफ्नो विचार राख्दै शहिद समग्र देश र जनताका प्रेरणाका श्रोत एवं मार्ग दर्शक हुन् । शहिदलाई जातीय किसिमले हेर्नु दु:खत भएको बताए ।
संघकी महिला विभाग प्रमुख शुशी पुलामी मगरले संचालन र संगठन विभाग प्रमुख अमर सेर्पुर्जा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा अतिथि भिम घिसिंग,सोमु सेर्पा लगायतले आफ्नो विचार राखेका थिए ।
शुशी पुलामी