देब पचभैया / पाल्पा
बुटवल, माघ २८ – राष्ट्रिय अदिवासी जनजाति महिला महासंघ काठमाण्डौको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति महासंघ रुपन्देहीको व्यवस्थापनमा भएको दुई दिने अन्तराष्ट्रिय मानव अधिकार संयन्त्र अन्र्तगत अदिवासी जनजाती महिलाहरुको अभिबृद्धि विषयको तलिम कार्यक्रममा बक्ताहरुले राज्यले नयाँ संविधानमा आदिवासी जनजाति महिलाको पहिचानलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।
बुटवल स्थित होटल सेन्टर प्वइन्टमा मगंलबार भएको कार्यक्रममा उक्त कुरामा बक्ताहरुले जोड दिएका थिए । उनिहरुले राष्ट्रको योजना निति रणनीति, कार्यनीति, कार्यक्रम, बजेट अनुगमन र मूल्यांकन आदि सबैमा आदिवासी जनजाति महिलाहरुको अधिकार पूर्ण समानुपतिक अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।
साथै कार्यक्रममा सल्यन माझका“डाकी ७२ बर्सिया बेलकुमारी पुनमगरलाई नगद १ लाख १६ हजार ९ सय ९६ रुपैय सहित विभिन्न जिन्सी समान प्रदान गरेर सहयोग गरिएको छ । बिभिन्न देश बाट उठाएर उक्त रकम नेपाल पठाई साउदीअरव महासंघका प्रतिनिधि कुमारी सुनारीमगरले सल्यनका आदिवासी जनजाति माहासंका अध्यक्ष दिल्लीबाहादुरको हातमा उक्त रकम प्रदान गरीएको थियो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव गंगा खासुमगरको सभापतित्व, सहायक प्रमुख जिल्ला अधिकृत कौसल शर्माको प्रमुख आतिथ्यता र महासंघका सचिव मिना बरामको संचालनमा भएको कार्यक्रममा नेपाल अदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष सन्तराम चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सल्यानका जिल्ला अध्यक्ष डिल्ली बहादुर घर्तीमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)जिल्ला अध्यक्ष मिलन गाहा, नेपाल मगर संघका जिल्ला अध्यक्ष दल बहादुर बीरकट्टा मगर, तमू ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग, काउ राष्ट्रका केन्द्रीय सदस्य नेत्र पाण्डे, क्रियाशिल महिला पत्रकार महासंघका अध्यक्ष भगवती पाण्डे, राधिका श्रेष्ठ लगाएतले महिलाहरुको हक अधिकारको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
दार्चुला, डढेलधुरा, बर्दीया, बाके, सल्यान, र रुपन्देही गरी सात जिल्लाको सहभागी ३५ जना प्रतिनिधि रहेको उक्त २ दिने तालिम कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ महासचिव गगां खासुले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए, भने नेपाल आदिवासी जनजाति महिला महासंघ जिल्ला अध्यक्ष तारा थापामगरको स्वागतमा सम्पन्न भएको थियो ।