सुशिलले शानदार पड्काउने भए नेपालको ३७ सौ प्रधानमन्त्री

Read Time:3 Minute, 6 Second

राज्यसत्ता ब्युरो,

 

काठमाडौ, माघ २६ – एमालेले राम्रो मन्त्रालय पाउने सर्तमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लाइ ड्रप गरि कांग्रेस संग सरकारमा जाने भएको छ । उपप्रधान मंत्रि,गृह,अर्थ लगाएतको राम्रा मन्त्रालय पाउंने सर्तमा कांग्रेस संग सहमति भएको हो । तर बाहिरि देखावटि भने एक बर्षभित्र संबिधान जारी गरेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने कांग्रेस प्रस्ताव स्विकार गरेको एमालेले भन्न थालेकोछ ।

आज बसेको एमाले स्यायी समितिको वैठकले कांग्रेसको प्रस्तावलाई स्वीकार्दै सरकारमा सामेल हुने निर्णय गरेको  जनाएको छ ।स्थायी समितिको वैठकले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । अब बामदेव गौतमले पार्टीको नेतृत्व गर्दै उपप्रधान मंत्रि र गृहको कमान्ड गर्ने छन ।

संबिधानसभा भवन नयाँ बानेश्वसरमा बसेको कांग्रेस संसदीय दलको वैठकले एक बर्ष भित्र संबिधान जारी गरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव एमालेलाई पठाएको थियो । भित्रि कुरा जे भएता पनि बाहिर एमालेले कांग्रेसको प्रस्तावलाई स्वीकारेको हो । तर एक बर्षभित्र संबिधान जारी पनि हुदैन , राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि हुदैन एक राजनितिक बिस्लेशक भन्छन ।

एमालेको निर्णयसँगै दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।नेपाली कांग्रेसले आफ्ना सभासदहरूलाइ संसदीय दलको कार्यलयमा भरे बेलुकि अनिबार्य उपस्थितिको लागी आदेस दिएको छ । साथै भोलि बिहान ११ बजे हुने प्रधानमन्त्री निर्बाचनको लागी १० बजेनै संबिधानसभा भवन नयाँ बानेश्वसरमा सबै आफ्ना सभासद हरूलाइ ढाँकेको छ ।

कांग्रेसले पार्टीको तर्फबाट सभापति सुशिल कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ । यदि एमालेले  निर्णय बद्लि गरेन भने भोलि सुसिल कोइराला शानदार नेपालको ३७ सौ नयाँ प्रधानमन्त्री  र सरकारको नेतृत्व गर्ने छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %