बेलायत ,
फेब्रुवरी ८ ,नेपालको पहिलो सहीद लखन थापा मगरको १३७ औं स्मृति दिवस मेडिष्टोन, बेलायतमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ बेलायत र मगरसंघ, युकेको समन्वयतामा सहिद दिवस समारोह सम्पन्न भएको हो ।
उक्त समारोहमा महासंघसंग आवद्ध विभिन्न जनजाती संघ–संस्थाका प्रमुखहरू र केहि राजनीतिक पार्टी प्रमुखहरूको उपस्थिति रहेको थियो । महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बु र किरात राई यायोक्खा, नेपालका पुर्व अध्यक्ष प्राध्यापक सुमाया राईद्धारा प्रथम सहिद लखन थापामगरको फोटोमा माल्यार्पन गरि संयुक्तरूपमा उद्घाटन गरिएको समारोहमा ज्ञात–अज्ञात सहिदहरू प्रति एक मिनेट मौनधारण गरेर कार्यक्रम सुरू गरिएको थियो ।
कार्यक्रममा किरात राई यायोक्खा, नेपालका पुर्व अध्यक्ष प्राध्यापक सुमाया राई, पासा पुछा बेलायतका प्रतिनिधि साहित्यकार डा. कविताराम श्रेष्ठ, नेपाल आदिवासी जनजाती महिला महासंघ तदर्थ समिति, बेलायतका अध्यक्ष कमला थापा, तमुधी युकेका अध्यक्ष कमल गुरुङ्ग, दुरा समाज बेलायतका अध्यक्ष कर्ण दुरा, शेर्पा समाज बेलायतका उपाअध्यक्ष कर्म शेर्पा, सुनुवार समाज बेलायतका अध्यक्ष मोती सुनुवार, याक्खा छुम्मा बेलायतका अध्यक्ष खगेन्द्र याख्खा, मगरसंघ युकेका अध्यक्ष दुत पुन, , थकाली समाज बेलायतका प्रतिनिधी शान्ता गौचन, मेडिस्टोन नेपाली समाजका अध्यक्ष हरि गुरुङ्ग, क्यान्टरबुरी नेपाली समाजका अध्यक्ष धन थापा, संघीय समाज, बेलायतका अध्यक्ष भगवान चाम्लिङ्ग, नेकपा माओवादि पार्टी, बेलायतका सचिव पुर्ण लक्सम, पत्रकार महासंघ, बेलायतका कोषाध्यक्ष लिलामान शेरपुञ्जा, एन.आर.एन. बेलायतका उपाध्यक्ष शान्ती थापा, महासंघका सल्लाहाकार चण्डि राज राई र मगरसंघ युकेका पुर्व अध्यक्ष रिटायर्ड मेजर कुल बहादुर थापा लगायत विभिन्न गन्यमान्य व्यक्तिहरूलाई अतिथिको आसन ग्रहण गराइएको थियो ।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको सुरूमा नेपाली राष्ट्रगान बजाईएको थियो । त्यस पछि महासंघका सचिव विजय हितान मगरले पावर पोइन्टमार्फत लखन थापा मगरको जीवनी र तत्कालीन समयमा राणा सासनको बिरूद्धमा उनले गरेका योगदानको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरूले तत्कालीन राणा सासनको अन्याय अत्याचार र सहीद लखन थापा मगरको साहासिक कार्यको चर्चा गरेका थिए ।
नेपालमा राणा सासनको अन्त्यभई पटक पटक प्रजातन्त्र आउदाँ पनि प्रजातान्त्रिक भनिएको नेपाल सरकारले लखन थापा मगरलाई राज्यले गर्नु पर्ने सम्मान नगरिएको प्रति वक्ताहरूले औल्याएका थिए । नेपाली रजनितीमा जनजातिहरूको अवस्था र उनिहरूले खेल्नु पर्ने भूमिकाको बारेमा पनि वक्ताहरूले आ–आफ्नो धारणाहरू राखेका थिए । महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बुले सहीद लखन थापा मगरलाई नेपाल सरकारले प्रथम सहीद घोषणा गर्नु पर्नेमा जोडदिदै महासंघले विगतमा गरेका पहलहरूको बारेमा प्रस्ट्याका थिए । कार्यक्रमको विचविचमा गायक चोक गुरूङ र कर्म शेर्पाले वीरताको गीत, कवि गोमा राना र विश्वकाजी राईले कविता र विजय हितानमगरद्धारा लखन थापा मगरको बारेमा लीखीत नाटक विश्वकाजी राई र देवेन्द्र खेरेसले वाचन गरेका थिए ।
महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बुको सभापतित्वमा सम्पन्न समारोहमा कोषाध्यक्ष होम सुनुवारले आपतकालीन सुरक्षा सम्बन्धी जानकारी साथै स्वागत मन्तब्य राखेका थिए । महासचिव नरेश काङमाङ राईले संचालन गरेको उक्त कार्यक्रममा अध्यक्ष श्रीप्रसाद लीम्बुले सबै जनजाति संघ–संस्थाका प्रतिनिधी, अतिथिहरू र उपस्थित जनसमुदायलाई धन्यावाद व्यक्त गरिएको थियो ।
गोर्खा जिल्लाको बुङकोट, काउलेमा सन् १८३४ सालमा जन्मिएका लखन थापामगरले राणा सासनको बिरूद्धमा हतियार उठाएका कारण तत्कालीन सासक जंगबहादुर राणाद्धारा सन् १९७७ साल १८ फेब्रुअरीमा उनलाई फाँसी दिएको थियो ।
बावु भारतीय सेनामा कार्यरत रहदाँ बावुसंगै भारतको बिभिन्न ठाउँहरूमा बाल्यकाल बिताएका लखन थापामगर उमेर नछिप्पीदै सन् १८५४ सालमा नेपाल आएर नेपाली सेनामा भर्ती भएका थिए । सैन्यकलामा काैसल भएकाले छोटो समयमानै नेपाली सेनामा क्याप्टेन हुन सफल भएका थिए । तत्कालीन बृटिश कम्पनी सरकारको अनुरोधमा नेपाली सेनामा सहभागी भएर लखन थापामगर भारतीय स्वातन्त्रता आन्दोलन दबाउन केहि समय भारत गएका थिए ।
तर बृटिश कम्पनी सरकारले भारतीय स्वातन्त्रता आन्दोलन दबाउने नाममा जनतालाई गरेको अन्याय अत्याचार उनलाई मन परेन । यसै समयमा सेनाको जागिर छाडेर उनी नेपाल फर्किए । उनि आफ्नै घर गोरखामा आएर छुट्टै फौज निर्माण गरेर नेपालको जहानीय राणा सासनको बिरूद्धमा हतीयार उठाउने काम गरेका थिए ।
देवेन्द्र खेरेस