सगरमाथा अन्चल सोलुखुम्बु जिल्ला , चौरिखर्क गा .बि .स. वार्ड नं ५ फाक्दिन स्थित स्टार होटलका संचालक ग्याल्जेन नुरु शेर्पा बर्ष ५३ , एक ईमान्दार ,निर्भिक, मिलनसार तथा कर्मठ ब्याक्तिलाइ मिति २०७० /१० /१९ गते सांझ ७ बजे निर्मम हत्या गरेको सर्बबिदितै छ ।
तर प्रहरि प्रशासनबाट आज सम्म हत्याराको खोजि र कार्बाहि हुन नसकेकोले त्यस क्षेत्रमा रहेको ब्यापारी ब्यबसाय,स्थानिय सर्बसादारर्ण आतकिंत भएको स्थिति छ । राज्य प्रशासनबाट दोषीलाई कडा भन्दा कडा कारबाहि गरियोस भनि पत्रकार सम्मेलन गरि (फोटो सहित) यो प्रेस बिज्ञाप्ति जारि गरिएको छ ।