बिजय हितान मगर /बेलायत
द्रिस्य १:
निस्चम अँध्यारो गोर्खा, काउले भङ्गारको बातावरण । मनकामना मन्दिरमा पिलपिल दियो जलेको देखिन्छ । मधुर घन्टी बजेको सुनिन्छ । किल्ला भित्रको परिसरमा काउले वरिपरिका जनताहरू भेला भएका छन् । निरङ्कुश जहानिया राणाशासन बिरुद्दको आन्दोलनका मुख्य नायक लखन थापा मगर्, सेनापती जयसिङ चुमि मगर्, आन्दोलन सम्योजक सुकदेव गुरुङ, आन्तरिक मामिला प्रमुख ज्ञान दिलदास, जनसम्पर्क समिति प्रमुख कानु लम्साल, र ब्याबस्थापन प्रमुख सुपती गुरुङ अगाडी मन्चमा बसेका छन्। बाहिर जनबिद्रोह सैनिकहरुले पहरा दिरहेका छन् ।
(नेपथ्यमा ‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुइचार सपुत मरेर नगए’ शब्दहरू गुन्जिन्छन)
लखन- (कम्मरमा भिरेको खुकुरीको दाब मुसार्दै) जङबहादुरले नेपाल म्लेच्छलाई बेच्यो । दुनिँयालाई त्राही त्राही पारिरहेछ । जङेलाई हटाइ नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ । नेपालमा सत्ययुग फिराउँ भन्ने मनकामना माइले मलाइ बरदान दिकी छिन् । लौ भाइ हो….! तयार होउँ… ।
सुकदेव- हेर्नुस.. गाउँले दाजुभाई तथा दिदि बैनि हो ! हामिले नेपाल् सैनिकमा पुराना गोरख गणको क्याप्टेन पद पनि छोडेर आयौँ । यस निरङ्कुस राणा शासनबाट नेपालि जनतालाई मुक्ति दिलाउन सकिन्छ की भनेर । तपाईंहरूले अवस्यनै हामीलाई साथ दिनुहुन्छ !
ज्ञान- तपाईं हामीलाई अवगतै छ…, जङबहादुर सत्तामा आएपछि जहानिया र हुकुमी साशन मात्रै लादेका छैनन । हामिमाथि मुलुकी एैन थोपरेर तागाधारी र मतवालिमा बिभाजन गराई जातिपाति, छुवाछुत झन् चर्काएको छ ।
कानु- आफ्नो सत्तालाई बचाइ राख्न अङ्रेजलाई हाम्रा सन्तानको बली दिएर खुबै मोलेको छ जङेले। देख्नु भएन ? आफैले नेत्त्रुत्व गरेर भारतको सिपाही बिद्रोह दबाउन नेपाल् सैनिकका बटालियन लखनौ पठाएको !
सुपती– तपाईंहरूलाई था भएकै हो, एैले हाम्रो फौजमा २००० युवाहरू भर्तिभएका छन् । तपाईंहरूको जनश्रम्दानले यत्रो किल्ला र ब्यारेक बनाउन सफल भयौँ । उनिहरुलाई तालिम, गोलीगट्ठा, राशन सबै ब्यबस्था भैसकेको छ । अब हामिहरू छिट्टैनै जङेको सरकारमाथी धावा बोल्ने छौं ।
लखन- जङे यतिखेर चितवनको जङलमा सिकार खेल्दै गरेको समाचार छ। उनी काठमान्डु फर्कने अवसर पारी चन्द्रागिरीको भञ्ज्याङमा घात लगाएर समाप्त पार्ने हाम्रो योजना छ । X X X X X X X X
द्रिस्य २:
त्यसको केही हप्तापछी । माघ महिना । लखनको योजना सुराकिद्वारा जङेको कानमा पुगिसक्छ । धिरशम्सेरको नेत्तुत्वमा देबिदत्त गण चेपे नदी तरेर माथी काउलेतिर उकालो लाग्छन । एकैछिनमा किल्ला चारैतिरबाट घेरिन्छ । घमासान युद्द चल्छ ६ घन्टासम्म । जनबिद्रोह तर्फका सिपाहीहरूको केही लाग्दैन । धेरै घायल , कति गोलिबाट मृत्यु । लखन लगायत उनका चारजना भारदारद्वारा आत्मसमर्पण । सबैलाई पिंजडामा हालेर काठमान्डु थापाथली दरबारमा लगिन्छ । जङबहादुर केही भाइ भारदारको साथ सिँहासनमा बीराजमान ।
धिरशमशेर- सरकार ! यिनै हुन पाँचजना गोर्खामा हाम्रो बिरुद्दमा उत्पात मच्चाउने । बिद्रोही जमातलाई मारियो। यिनको सैनिक अखडा र छिमेकी गाउँ आगो लगाएर ध्वास्त पारियो ।
जङगबहादुर- खै कुन हो… त यिनीहरूको मुली, लखन भन्ने …?
धिरशमसेर– सरकार, उ त्यहि हो…., तपाईंको सबैभन्दा अगाडीको…। जुङाका रेखी, चिम्सा आँखा र अली अग्लो हट्टाकटा देखिने मान्छे ।
जङबहादुर- (कोर्राले लखनलाई बजाउँदै) हुकुमको जवाफ छैन् कालको औषधी छैन । आइगैस जङेको राजमा भाँडभैलो मचाउने… ।
मलाइ औँला देखाउनेहरू, मेरो बिरोधमा उत्रिनेहरु……?
लखन्- एैया…. एैया …..। जङे तेरो पनि खैर छैन् । पाप धुरिबाट कराउँछ भन्छन्… । याद गर.. यो हुकुमी शासन लामो टिक्ने छैन् । किनकी नेपालि जनता खुशी छैनन् । हामि त आगोको फिलिङो हौं, यसले अवस्य ज्वाला पैदा गर्नेछ…. र तेरो सर्बनाश पार्नेछ ।
जङबहादुर- बिचित्रको स्वाभाव रैछ तेरो…, हाम्रो राज्यको शान्ति सुरछ्यामा खलल पुर्याउने… । तिमीहरू राजद्रोहि हौ । ( एउटा कागज तेस्राउँदै )लौ याँहा हस्ताछर गर । धिरसमसेर…, यिनलाई गोर्खामै फर्काएर गाउँलेका अगाडी म्रित्युदन्ड दिनु । बल्की त्याँहाका मानिसहरूलाइ नी चेतना होस् यस्तो दुस्प्रयास भबिस्यमा कसैले नदोहरावोस । धिरशम्सेर- सरकारको जो आग्या…..।
जङगबहादुर- सार्बजानिक स्थलमा लखन र चुमीलाई झुन्ड्याउनु…। सुकदेव र सुपतीलाई गोलीले पड्काइदिनु । ज्ञान र कानुलाई अब यसो गरिने छैन् भनि कबुल्न लगाएर माफि दिनु ।
धिरशम्सेर- हजुरको जो मर्जि….. ।
पाँचजनालाई फेरि बाँसकै पिँजडामा हालेर दलबलका साथ गोर्खातिर हिंडाईन्छ । X X X X X X X X X
द्रिस्य ३:
जङबहादुर बेलुकाको भुजा ज्युनार गरेर बडामहारानी हिरन्यगर्भकुमारी सँग सयनकछ्यतिर लाग्छन । बडामहारानी राती भयन्कर सपना देखेर ब्युँजिन्छिन ।
बडामहारानी- स्वामी…., मैले आस्चार्यको सपना देंखे, स्वामी….!
जङबहादुर- नहुने कुरा नगर भो, यो राती राति । थपक्क सुत ।
बडामहारानी- (जङबहादुरले ध्यान न दिएपछी रानीले जबर्जस्ती गर्दै अली ठुलो स्वरमा भुन्भुनाउछिन) बिन्ती छ स्वामी…। सुन्नुहोस न…. । तपाईंको जीवन् र मृत्युको सवाल छ याहाँ… ।
जङबहादुर- ल.. ल… के त्यस्तो सपना देख्यौ, कहिल्लै नदेख्ने । भन न न त…।
बडामहारानी- एउटा सेत्तै दाह्री फुलेको ब्यक्ति आइ भन्यो मलाइ- यदि लखन थापालाई मार्ने हो भने त्यसको ठिक सातदिनमा तेरो लोग्ने पनि मर्नेछ । जङबहादुरलाई रानीको सपनाप्रती बिस्वास लागेर तुरुन्तै एक सैनिक दललाई रातरातै ‘लखनलाई न मार्नु’ भन्ने आदेसकासाथ गोर्खा पठाउँछन। X X X X X X X
द्रिस्य ४:
काउलेभङारमा कटुवालले हुकुम फुक्छ ।
कटुवाल- यस भेगका दाजुभाई दिदिबैनी हो… लौ सुन्नु हो..ला….. । बडाहाकीमबाट हुकुम बक्सेको छ की… आज दिँउस ठिक ३ बजे…. मनकामना मन्दिरको प्राङणमा सबैजना भेला हुनु….. । देसद्रोही साबित ठहरियका लखन र उनका सहयोगीहरूलाई सँजाय दीइँदै छ.. है……….।
लखन- (नजिकैको खिर्राको रुखमा झुन्डाउनु अघि) म मर्न गैरहेको छैन । यदि म मुर्दा अवस्थामा परिणत भएछु भने जङेको पनि तत्काल प्राणान्त हुनेछ । मेरा प्यारा रैति हो मलाइ झुन्ड्याइएको बेला कोहि न रुनु । पिर पनि नगर्नु । मलाइ झुन्ड्याइएको डोरी सुरछित राख्नु । अनी त लखनको घाँटिमा पासो लगाइन्छ, उनको शरीर तर्लङ झुन्डिन्छ, आत्माले सहादत प्राप्त गर्छ ।
(नेपथ्यमा ‘बिर्सने छैनौ कहिल्लै तिमिलाइ सम्झिरहने छौं, तिमी वीर योद्दालाई सलाम्, तिमी वीर सहिदलाई सालाम’ गीत गुन्जिन्छ ।)
नजिकै जयसिङ चुमीलाई पनि बेलाउतीको रुखमा त्यसरिनै झुन्ड्याइन्छ।
ड्याम्म… बन्दुकको आवाजसंगै सुपती र सुकदेव पनि भुइँमा लड्छन ।
उपस्थित जनताहरूले आसुँ झार्दै सोक मनाउँछन । X X X X X X X
द्रिश्य ५:
केहिदिन पछि स्वयम जङबहादुर काउलेभङार आउँछन ।
जङबहादुर- (त्यहि रुख अगाडी, जँहा लखनलाई झुन्ड्याइएको थियो, घुँडा टेकेर ) लखन मलाइ माफ गर…। मैले तिमिलाइ नजानेर मार्न लगाएँ ..। न मार्नु भन्ने माफिको हुकुम पनि पठाएको हो मेरो दुतलाई, तर समयमा पुगेन्छ । तिमी त सिद्द लखनको अवतार पो रहेछौ । माफ गर मलाइ… ।
गाउँलेलाई केही राहत स्वारुप पैसा दान दिएपछी उनी घोडामा काठमाण्डौ फर्कन ओरालो लाग्छन । त्यतिनै बेला सेतो बाघले जङबहादुरलाई झ्वाम्म झम्टिन्छ । घाँटिबाट भुइंभरी रगत् झर्छ ।
(तत्पस्चात जङबहादुरको मृत्यु लखनको मृत्यु को सातदिनपछी हुन्छ। )
(रङमन्चको पर्दा बिस्तारै बन्द हुन्छ ।)
(नाटककार: मगर संघ बेलायत र जनजातिमहासंघ युकेका सचिब हुन )