रुपन्देही / देवदह
माघ १८ , पुर्वी क्षेत्र नीजि विद्यालय ईप्सा रुपन्देही द्धारा आयोजित ईप्सा खेलकुद महोत्सव सम्पन्न भएको छ । खेलकुद महोत्सव अन्तरगत एशियन लाईट बोडिङ्ग स्कुल केरवानीले ईप्सा कप चुम्न सफल भएको छ । दुई सय दश अंकका साथ एशियन लाईट बोडिङ्ग स्कुलले ईप्सा कप जित्न सफल भएको हो ।
खेलकुद महोत्सवमा १ सय ५५ अंकका साथ ग्रिन प्लान्ट आवासीय उच्च मावि देवदह र सेभेन स्टार बोडिङ्ग द्धितिय र १ सय ५० अंकका साथ नारायणी पव्लिक ईङ्गलिस बोडिङ्ग स्कुल केवारानी तृतिय भएको छ । महोत्सव अन्तरगत छात्र तर्फको भलिवल प्रतियोगितामा देवदह बुद्ध पव्लिक बोडिङ्ग स्कुल प्रथम, नारायणी पव्लिक बोडिङ्ग स्कुल द्धितिय र देवदह मदर टङ्गस एकेडेमी तृतिय भएको छ ।
बुद्धपव्लिक बोडिङ्ग स्कुलले सरस्वती बोडिङ्ग स्कुललाई र नारायणी पव्लिक स्कुलले मदर टंङ्गस एकेडेमीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । त्यसैगरी छात्रा तर्फको भलिवल प्रतियोगितामा देवदह बुद्धपव्लिक बोडिङ्ग स्कुल प्रथम, ग्रिनप्लान्ट आवासीय उच्च मावि द्धितिय र एशियन लाईट बोडिङ्ग स्कुल तृतिय भएको छ । बुद्धपव्लिक बोडिङ्ग स्कुलले एशियनलाईट बोडिङ्ग स्कुललाई र ग्रिनप्लान्ट आवासीय उच्च माविले मदर टंङ्गस एकेडेमीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
गोविन्द घर्ति / देवदह