हंगकंग, मगर महिला संघ हंगकंगले याउ मा तेइ कम्युनिटी हलमा च्यारीटी शो सम्पन्न गरेको छ । उक्त शोबाट आएको रकम मगर संघ हंगकंगको कार्यकक्ष खरीद गर्न सहयोग गरीने मगर महिला संघकी अध्यक्ष उमिला आले मगरले बताइन । किनकि मगर महिला संघ हंगकंगले पचास हजार सहयोग गर्ने प्रतिबद्धता पहिला नै जनाइ सकेको हुनाले पनि यो कार्यक्रम आयोजना गरीएको हो । नेपालबाट मकाउमा कार्यक्रम गर्न आएका कलाकारहरुलाई हंगकंग ल्याई च्यारीटी शो गरीएको थियो । मगर महिला संघले गरेको कार्यक्रममा प्रमुख अतिथि देखि अन्य सवै अतिथिहरु महिला थिए । प्रमुख अतिथिमा मगर महिला संघ हंगकंगकी संस्थापक अध्यक्ष हरी माया थापा मगर थिइन । औपचारीक कार्यक्रम सचिब कबिता थापा मगरले सञ्चालन गरेकी थिइन भने सांस्कृतिक कार्यक्रम प्रितिमा थापा मगरले सञ्चालन गरेकी थिइन । हंगकंगमा पहिलो पटक महिलाहरु मात्रै स्टेजमा उतारीएको महिलाहरुले गरेको पहिलो कार्यक्रम सफल भएको दर्शकहरुको भनाई थियो ।
मगर संघको कार्यकक्ष खरीदको लागि मगर महिला संघ हंगकंगको च्यारीटी कार्यक्रम फोटोहरू