मृगौला पिडित, सीता थापाले समातिन ५ लाख रुपैया

Read Time:2 Minute, 20 Second
हुम सुनारी मगर
 
 
केही दिन अगाडी पाल्पा आर्यभन्ज्याङ्ग निवासी सीता थापाको दुवै मृगौलाले काम गर्न छाडेको र उनको मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोग गरि दिन आग्रह गरिएको एक भिडियो मेरो फेसबुक इनबक्समा पाल्पा तिर कै एक जना भाइले पोस्ट गर्नु भएको भेटाएँ । लाउँ-लाउँ र खाउँ-खाउँ भन्ने कलिलो उमेरमा सीताको दुर्गति देखेर म त्यसै चुप लागेर बस्न सकिन । फेसबुक संजाल मार्फत विभिन्न मुलुकहरुमा बसोबास गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरुसँग सीतालाई सहयोग गर्न अनुरोध गरे ।
 
आर्थिक सहयोग गर्न पहल चालेको केही दिन मै विभिन्न मुलुकहरुबाट सीताको लागि ४ लाख ८६ हजार आठ सय उनान्पचास रुपैंया संकलन गर्न सफल भयो । उक्त संकलित रकम माघ १३ गते, नेपाल मगर महिला संघ, भैरहवाका निवर्तमान अध्यक्ष, श्रीमती गम थापा मगर, श्रीमती कुमारी सुनारी मगर लगायत मगर महिला संघ भैरहवाका अन्य पदाधिकारीहरुको रोहबरमा सीताको आफ्नै फुपुको घर अञ्चल्पुर, भैरहवामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरियो ।
 
 
सीतालाई अब, केहि दिन मै काठमाडौँ लगेर मृगौला प्रत्यारोपण गरिने छ । मेरो यो अभियानमा साथ दिदै सीताको नयाँ जीवन दिलाउनको लागि विभिन्न मुलुकमा रहनु हुने सहयोगी महानुभावहरुमा म हार्दिक कृतज्ञता ब्यक्त गर्दछु । रकम हस्तान्तरण कार्यक्रममा सीता कि आमा, श्रीमती चमेली थापा भावुक भैं सबै सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद ब्यक्त गरेको कुरा मेरो श्रीमती कुमारी सुनारी मगरले अवगत गराएका छिन ।
 
 
 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %