हङकङमा पनि जन्मियो रिपोर्टस क्लव

Read Time:3 Minute, 7 Second

हङकङ ,

ङकङमा अनलाईन र पत्रिकासंग आवद्ध संचारकर्मीहरुले नेप्लिज रिपोर्टस क्लव, हङकङ गठन गरेकाछन् । संस्थाले आयोजना गर्ने कार्यक्रमको जानकारीसभा र पत्रकार सम्मेलन आयोजना गरिदिने र नेपालबाट आउने नेता, कलाकार तथा विशिष्ट ब्यक्तिहरुलाई यस मन्चबाट आमने–सामने गराईने क्लवको काम हुने जानकारी गराईएकोछ ।  

फोटो कृष्ण गुरुङ

 

स्थानीय नेपालीका सरोकारका विषयमा सरोकारवालाहरुमाझ अन्र्तक्रिया समेत गराउनेछ । यसअघि एथ्निक भ्वाईसका विनय शाह र मुलबाटो डटकमका किन्दर राई लगायतकाले गठन गरेको यो क्लव निस्क्रिय थियो । त्यतिबेलाका सदस्य मुलबाटो डटकमका अधिराज राईका अनुसार, क्लव गठन गरिएतापनि कार्यक्रम गर्न स्थान नभएकोले निष्क्रिय थियो । तर अहिले विनय शाह आफ्नै स्वामित्वमा सभाकक्ष रहेको हिन्सको नेतृत्वमा पुगेको र उनले कार्यक्रमको लागि स्थल उपलब्ध गराईदिने बाचा गरेपछि क्लव पुर्नगठन गरि सक्रिय हुने निर्णय गरिएको हो ।

हिन्सकै कार्यकक्षमा भेला भएका संचारकर्मीले बगैंचा डट कमका कृष्णराज लावतीको संयोजकत्वमा पाँच सदसीय ‘डेक्स एडिटर” बनाएकोछ, जसमा सनराईज साप्ताहिकका रविन लिङ्देन, मोज डट कमका विक्रम गुरुङ, हङकङ नेपाली डट कमका तुलसे राना, जेपिटी डटकमका कृष्ण गुरुङ र एथ्निक भ्वाईस साप्ताहिकका टोपबहादुर याक्खा छन् ।क्लवले अन्य संचारकर्मीलाई पनि यसमा आवद्ध हुन आब्हान गरेकोछ । हङकङमा यसअघि नै गठन गरिएको एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई अध्यक्ष रहेको नेपाल पत्रकार संघ हङकङ र सनराज साप्ताहिकका सम्पादक भुपेन्द्र चेम्जोङ अध्यक्ष रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ अस्तित्वमा छ ।

यी दुबै नेपालको नेपाल पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघसंग आवद्ध छ । तर  नेपालमा संचारकर्मी श्रृषि धमलाले संचालन गरिरहेको रिपोर्टस क्लवसंग नाम र काम मिल्ने यो क्लवले भने आफ्नो आवद्धताबारे केहि बताएकोछैन । ३ वटा साप्ताहिक, करिब १ दर्जन वेव पोर्टल र एउटा अनलाईन रेडीयो संचालन भैरहेको हङकङमा दुई दर्जन जति पत्रकार संख्या रहेको बताईन्छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %