मनोज घर्तीमगर
स्वरुपराज आचार्यले गाएको ‘सम्झ त प्रिय…’ बोलको गीतमा मोडलिङ गरेपछि स्याङ्जाका अर्जुन थापालाई मोडलिङको नशा लाग्यो । त्यसछि उनी यसमै भविश्य बनाउन पोखरा झरेर भौतारिए । प्रमोद खरेलले गाएको ‘नियतिको फल…’ गीतमा अभियन गरेपछि उनलाई चिन्नेहरु बढे । सबैले मोडल भनेर जिस्क्याउन थालेपछि उनी झन् हौसिए ।
एक निजी कम्पनीमा अधिकृतको रुपमा कार्यरत अर्जुनले ‘साथ तिम्रो नभर..’लगाएत अन्य सात वटा गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेका छन् । ‘मोडलिङमै केही गर्ने धोको छ’ अंग्रेजिमा स्नातक २४ वर्षिय अर्जुन भन्छन्,‘नयाँमा अलि संघर्ष गर्नुपर्दो रहेछ ।’ मोडलिङले विस्तारै व्यवसायिक रुप धारण गर्दै गरेकाले मेहनत गरे यो क्षेत्रमा नाम र दाम दुवै हुने उनको अनुभव छ । मोडलिङ गर्न उनको शरिरले पनि साथ दिएको छ । पाँच फिट ६ इन्च अग्ला उनी पातलो र ह्यान्डसम छन् ।