बि–बोइङ तन्नेरी

Read Time:10 Minute, 35 Second

मनोज घर्तीमगर

कानमा इयरफोन । मोबाइलमा अंग्रेजी गीत बजिरहेको छ । यही तालमा खुट्टा हल्लाउ“दै हि“ड्ने युवाहरु पोखरामा कति छन् कती ? एकैछिन पछि उनीहरु रंगशाला पुग्छन् । कोही हलमा छिर्छन् । कोही खुला चौरमा उफ्रिन्छन् । कोही आफ्नै घरमा चर्को स्वरले उफरमा गीत बजाउँदै अनेक लिला देखाउन थाल्छन् । कहिले टाउकोले टेकेको छ । कहिले हत्केलाको भरमा उफ्रेको छ । कहिले कम्मर नै भा“चिएला जस्तो गरि मर्काउने । ओ हो हो हो…हेर्दै डर लाग्ने डान्स हो बि–बोइङ । हेर्दै डरलाग्दो भए पनि पनि निकै रमाईलो हुन्छ । विश्वासै गर्न नसकिने मात्रै हैन अपत्यारिलो वास्तविकताको नमुना हो  बि– बोईङ डान्स । जसलाई ब्रेकिङ, अर्थात ब्रेक डान्सिङ पनि भन्ने गरिन्छ । यसैले त पोखरेली युवा आकर्षण बि–बोइङतिर बढ्दो छ ।

(पोखराका युवाहरु बि–बोइङ डान्स गर्दै) ,तस्वीर : छवि मगर

 

कतिपयले हिपहपमा आधारित ब्रेक डान्स पनि भन्ने गर्छन् । बि–बोइङ सङगीतको तालमा कम्मर मर्काउने, हात र टाउको टेकेर उभि“दै बडी रिज गर्ने, टाउकोमा अडिएर फनन घुमाउँदै डान्स गर्ने कला हो । पछिल्लो सयम मादलको ताल र सारङगीको धुनमा पनि बि–बोइङ नाच देखाउन थालिएको छ । अरु डान्सभन्दा नया“ र फरक डान्स भएकोले पछिल्लो सयम पोखराका युवाहाहरुको बि–बोईङ डान्सतिर बढ्दो आकर्षण पाईएको छ । ६० को दशकमा गुड फुटको नामले चिनिने यो डान्सले विभिन्न चरण पार गर्दै अहिले बि–बोईङको रुप लिँदा विश्वभर यसको प्रभाव र माग बढ्दै गएको छ । सायद, त्यसैले त होला आजभोली नेपाली बि–बोईज र बी गल्र्सहरु समेत निकै व्यस्त छन् । ‘पोखराका विभिन्न सांगीतक कार्यक्रम अनि मेला महोत्सवमा मलाई बि–बोइङ डान्सका लागि अफर गर्छन्, यसले मलाई नाम मात्रै हैन, हल्का दाम पनि दिएको छ’ पोखराका सबैभन्दा पहिलो बि–बोइङ डान्सर डोबिन पुन भन्छन्,‘म पोखराभन्दा पनि बाहिरी जिल्लाका कार्यक्रममा बि–बोइङ डान्स देखाउन बढी जान्छु ।’ युटुबाट बि–बोइङ डान्स हेर्दै आफै सिकेर उनी बिगत आठ वर्षदेखी यो क्षेत्रमा छन् । उनले एउटा कार्यक्रममा बि– बोइङ डान्स गरेको न्यूनतम ५ देखी १० हजारसम्म पारिश्रामिक लिन्छन् ।

शुरुका दिनमा हिप हप डान्सको नामले चिनिने बि–बोइङ डान्स पोखरामा निकै लोकप्रिय छ । हरेक पश्चिमा सँस्कृतिको फ्लो गर्न बानि परेका पोखरेलीका लागि बि–बोइङ नौलो रहेन । यतिबेला पोखरामा बि–बोइङ डान्सको लहर चलेको छ । कुनै साँस्कृतिक कार्यक्रम होस् वा कन्सर्ट । मेला र महोत्सवमा त बि–बोइङ डान्स राखिएकै हुन्छ । खुट्टाको शक्तिशाली तर कलात्मक प्रस्तुतीस“गै, कम्मर, पाखुरा र टाउकोको समेत अपत्यारिला मुभमेन्टले वि–बोईङलाई सबैको लोकप्रिय नृत्य बनाएको छ । कुनै यन्त्रको प्रस्तुती जस्तो लाग्ने यो नृत्यले पोखराका हरेक कार्यक्रममा अनिवार्य भइसकेको छ । ‘पोखरामा बि– बोइङ डान्सले मार्केट लिने क्रम बढिरहेको छ, हामी पनि विभिन्न ठाउँमा नाँच्न जाने गरेका छौं’ बि– बोइङ डान्सरको समूह नटी नकर्स क्रिउ, रामबजारका सदस्य सविन गुरुङ भन्छन्,‘अहिलेसम्म पोखरामा बि–बोइङ  सिक्ने ठाउँ छैन, सबै जना सेल्फ प्रयाक्टीस् गर्ने अनि युटुब हेरेर सिक्ने गरेका छौं ।’ 

 

संस्थागत रुपमा बि–बोइङ पोखरामा सुरु भएको करिब तीन वर्ष पुग्न लागेको छ । पोखरामा सबैभन्दा पहिले तीन वर्ष अघि न्यूरोड र दिपका युवाहरु मिलेर बि–बोइङ डान्सरहको समूह इनटल साईकिक क्रिउ बनाएका थिए । यो समूहमा अहिले १२ जना सदस्य छन् । यो बाहेक पोखरामा रत्नचोकको हाईपर स्ट्रिट क्रिउ, लेकसाइडको हाईज्याकर्स क्रिउ, नयाँबजारको एवि जावा क्रिउ, रामबजारको नटी नकर्स क्रिउ,  राष्ट्र बैंक चोकको एभर हाई क्रिउ, बगरको ट्वान्टी–ट्वान्टी बेकर्स चर्चित छन् । यो बाहेक बि–बोइङ डान्सरका थुप्रै अन्डरवल्र्ड समूह पनि पोखरामा सक्रिय छन् । यसले गर्दा पनि पोखरामा बि– बोइङ डान्सतिर युवाको आकर्षण देखाउँछ । ‘हामी डान्स पार्टीमा बि–बोइङ डान्स देखाएको कम्तीमा तीन हजार पाँच सय रुपैंया लिन्छौं भने स्टेज कार्यक्रममा गएको ८ देखी १० हजार लिन्छौं’ पोखरामा बि–बोईङ डान्स गर्ने युवाहरुको पहिलो समूह इनटल साईकिक क्रिउका सदस्य दिपक गुरुङ भन्छन्,‘अहिले पोखरा र र पोखरा बाहिरका विभिन्न स्थानमा बि–बोईङ डान्स गरिदिनका लागि निमन्त्रण गर्ने क्रम बढेको छ ।’

पोखरामा बि–बोईङ हरेक उमेर समुहका लागि लोकप्रिय बन्दैछ । पोखरेली युवाहरु उसै पश्चिमा सँस्कृतिको सिको गर्न माहिर छन् ।  बि–बोइङ पनि अछुतो रहने कुरै भएन । नेपालमा ९० को दशकमा हिप हप भित्रिएपछि बि–बोईङ सुरु भएको मानिन्छ । झण्डै दुइ दशकदेखी नेपालमा बस्दै आएका थाई नागरिक मिकीले काठमाडौंको ठमेलमा अवस्थित जिएए हलमा बि–बोईङ ट्रेनिङ सुरु गरेपछि यसको आकर्शण ह्वात्तै बढेको बताईन्छ । ‘बि बोईङ पछिल्लो समय पोखरमा मात्रै हैन, हरेक ठाउँका युवाले फलो गर्न थालेका छन्’ १९ वर्षिय बि–बोइ विवेक चौधरी भन्छन्‘हामी बि–बोइङ डान्स देखाउन, बेनी, बाग्लुङ, काठमाडौं लगायतका क्षेत्रमा गइ सकेका छौ ।’ बि–बोइङमा कम्फु, उसु र मिक्स्ड मार्शल आर्टका कला पनि प्रयोग हुन्छ । त्यसैले पनि भर्खरका युवाले बि–बोईङलाई मन पराउने गरेका छन् ।

 

बि बोईङ हेर्दा जती रमाइलो छ, त्यती नैं कठिन र जोखिमयुक्त पनि छ । बि बोईङ गर्दा आङ्खनो शरीरको सुरमा निकै ध्यान दिनुपर्दछ र पहिरन पनि सोही अनुरुपको हुनुपर्दछ । घु“डा, कुइना, पाखुरा र टाउकोमा विशेष ध्यान दिएपछि बि बोईङको लागि शारीरिक र मानसिक रुपले तयार भएको मानिन्छ । बी–बोइङ गर्दा छाडा बोल्न, प्रतिस्पर्धीलाई छुन र एक– अर्कालाई कुनै पनि किसिमको इसारा गर्न पाइ“दैन ।

के हो त बि–बोइङ ?

बि– बोइङ चारवटा इलिमेन्ट हुन्छ । टप रक / अप रक । फुट वर्क / डाउन रक । प्रिज अथवा / सुसाइड । सङगीतको तालमा कम्मर मर्काउने, हात र टाउको टेकेर उभि“दै बडी रिज गर्ने, टाउको जमिनमा अड्याएर फनन घुमाउँदै डान्स गर्ने कला हो, बि–बोइङ । बुझ्ने भाषामा टाउकोले टेकेर एउटा हत्केलाको भरमा गरिने डान्स नै बि–बोईङ हो । सन् १९६९ मा जेम्स ब्राउन न्यूयोर्कमा आफ्नो गीत गेट अन द गुड फुटमा तत्कालीन शैलीभन्दा निकै फरक डान्स देखाएपछि ब्राउनको त्यही गुड फुट शैलीको डान्सले हिप हप, बि– बोईङ र ब्रेक डान्सङको रुप लियो । गुड फुटको सफलतापछि त्यतिबेलाका चचित डिजे कुल हर्कले थोरै परिवर्तन गरेर बि– बोईङ नाम जुराएका थिए ।

कसरी नाचिन्छ बि–बोइङ ?

शरिरमा मिल्नेभन्दा निकै ठूलो पहिरन लगाएका फेसनेबल युवाहरुको दुई समूह गोलबद्ध हुन्छन् । त्यसपछि उनीहरुले एक–अर्कोलाई चुनौती दिन्छन् । संगीत बज्न थालेपछि एउटा समूहबाट एक जना नाच्दै अगाडि  बढ्छ । उसले संगीतको तालमा जिम्न्यास्टिक, ब्रेकडान्स, ज्याज गर्छ । अर्को समूहको एक जनालाई च्यालेन्ज दिएर उ आफ्नो समूहमा र्फकन्छ । त्यसपछि उसले च्यालेञ्ज गरेको  युवक अगाडि बढ्छ । उसले पनि आफ्नो शरीर रबरकै होलाजस्तो गरि लचकदार डान्स देखाउ“छ र अर्को समूहको युवकलाई च्यालेन्ज गरेर र्फकन्छ । यो क्रम धेरैसमयसम्म चल्छ । संगीत नकिएसम्म दुवै समूहका युवा नाचिरहन्छन् । जब संगीतको समय सकिन्छ त्यसपति जसको समूहले राम्रो नाच देखाउ“छ, त्यो समूहले जितेपछि बि–बोइङ डान्स सकिन्छ ।

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %